Posts

चम्कियो नेपालीको नेपालमै बसेर अमेरिकी सेना बन्ने भाग्य।।

Image
नेपालका नेता र तिनका गिदी भर्दिने वुद्धिजीवीहरुले नागरिकता विधयेक बारे बुझाउन नजानेको वा नसकेको वा घाँटीमा हड्डी अड्किएर आवाज न निस्किएको होला ?? अब हुने नागरिकता विधयेकबाट नागरिकता वितरण गरे भोट पाइञ्छ भन्ने बाहेक अरु कुरा देख्न नसक्ने आँखा फुटेको गोरुहरुले के गर्दै छ, थाहा छ ? ल डट जोडेर हेरौँ।। १) मोदी हेलिकप्टरमा लुम्बिनी आउँछन्, नेपाल आफ्नै प्रान्त सरह हो भनेर अमेरिकालाई संदेश दिञ्छन्।  २) त्यसको एक हप्तामा अमेरिकी उपमन्त्री र तिब्बती मामिला संयोजक उज्रा जेया इण्डिया आउँछिन्, धर्मशाला घुसेर तिब्बती मुभमेन्टवालालाई भेटेर इण्डियन उच्च पदस्तलाई पनि भेटेर भावी योजना बन्छ।  ३) सोहि समयमा नेपालको हायात(चाबहिल-बौद्ध) क्षेत्र तिब्बतीहरुको घुँइचो लाग्ने ठाउँमा विभिन्न मुलुकका दुतावासका निलो नम्बर प्लेटवाला गाडीहरु आवत जावत हुञ्छ। नेपाली झण्डावाहकसंगै हरियो गाडीमा कालो सिसा लागेको गाडी पनि एस्कर्टिङ्ग सहित हायातमा २ दिन सम्म चहल पहल बढ्नु।। अरु कुनै कार्यक्रम थियो भने जानकारले राख्दिनु होला।।  ४) उज्रा जेया काठमाडौँ आएर भ्रमण तालिकामा नभएको तिब्बती शरणार्थी भेट्ने कार्यक्रम मि...

स्टेट पार्टनरसिप र इकोनोमिक हीटम्यान।

Image
इण्डो प्यासिफिक सैन्य प्रमुख फ्लिनले नेपालका प्रधान सेनापतिसंग भेटे पछि, "नेपाल ल्याण्ड पावर हो", भन्ने अभिव्यक्ति दिएका थिए। इण्डो प्यासिफिक क्षेत्रको समुन्द्र नजोडिएको र हवाई सैन्य पनि नरहेको नेपाललाई खासमा थल शक्तिको संज्ञा दिनुको कारण कतै नेपालको थल(जमीन) अमेरिकी धृष्टताको निम्ति प्रयोग गर्ने नियत त होइन?  तर नेपाललाई इण्डो प्यासिफिक क्षेत्रको ल्याण्ड पावरको रूपमा संज्ञा दिएको यो पहिलो घटना होइन। जेष्ठ ६ र ७, २०७७मा आयोजना गरिएको पहिलो इण्डो प्यासिफिक ल्याण्ड पावर सम्मेलनमा नेपाली सेनाका तर्फबाट तत्कालिन बलाध्यक्षरथी प्रभुराम शर्मा(हाल सेनापति)ले सहभागिता जनाएका थिए । अमेरिकी सेनाका चीफ अफ जनरल स्टाफ जनरल जेम्स सी म्याककनमिलले पनि सम्वाेधन गरेको सो सम्मेलनमा इण्डो प्यासिफिक क्षेत्रको क्षेत्रीय सुरक्षा चासोको प्रतिष्पर्धासँगै सन्तुलन, आगामी दशकका लागि स्वतन्त्र र खुला इण्डो प्यासिफिक विषयमा चर्चा भएको थियो। अर्थात इण्डो प्यासिफिकको ल्याण्ड पावरको संज्ञा नेपालले पाएको २ वर्ष अघि देखि हो।  यस पटक इण्डो प्यासिफिक सैन्य प्रमुख नेपाल आए लगत्तै नेपालले अमेरिकी कम्पनिसंग हतियार ख...

गोर्खा र भाइब्रेसनल इनर्जी अनि साइन्स अफ फ्रीकुएन्सि।

Image
टर्की भन्ने देशले आफ्नो नाम फेरेर तुर्किय राखेको छ । संयुक्त राष्ट्रसंघमा नयाँ पहिचान सहित टर्कीले आफ्नो भाषामा उच्चारण हुने गरि आफ्नो देशको पुनः नामकरण गरेको छ। यो पहिलो घटना भने होइन यस अघि बर्मा भनिने देशले म्यान्मार भनेर नामाकरण गरेको थियो। आफ्नो देशमा पुरानो भूभाग जोड्न लागि यो नामकरण गरिएको थियो।  सन् २०११ देखि श्रीलंकाले पनि व्रिटिशहरुले राख्दिएको सिलोन(शिलोङ्ग संग नझुक्किनु होला) भन्ने नाम फेरेको थियो। चेक गणराज्यले आफ्नो नाम सन् सन् २०१६मा चेजिया राख्यो।  सन् २०१८मा स्वाजील्याण्डले आफ्नो नाम एस्वातिनी राख्यो। अंग्रेजीमा स्वातिहरुको भुमि भनेर दीइएको विदेशी नाम भन्दा आफ्नै भाषामा स्वाज़ीहरुको देश भन्ने अर्थ लाग्ने एस्वातिनी शब्दले नामाकरण गर्यो।   नेदरल्याण्डले पनि अब आफ्नो पुरानो नाम होल्याण्डको पहिचान कायम गर्ने बहस अघि बढाएको छ। अब कुन दिन थाइल्याण्डले पनि आफ्नो नाम फेरेर स्याम(सियाम) नाम राख्ने पहल गर्न सक्छ। इन्डोनेसियाले नुसान्त्रा(नुसान्तरा) नामकरणको लागि कुरा उठान गर्न सक्छ।   यो आलेखको आसय के भने नि, एक ताका अंग्रेज लगायत स्पानिस, पोर्चुगुइज, डच आ...

शिकारी नै शिकार भएको अवस्था।।

Image
अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लिन नेपाल भ्रमणमा आउने भएका छन्। नेपाली सेनाका सेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। जर्नेल फ्लिन चार दिने भ्रमणका लागि जुनको तेस्रो साता/नेपाल भ्रमणमा आउने नेपाली सेनाको उच्च स्रोतले जनाएको छ। जनरल फ्लिन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एक वर्षपछि नेपाल भ्रमणमा आउने भएका हुन्। माउण्टेन वार र हाइ एल्टिच्युड ट्रेनिंगको लागि नेपालको मुस्ताङ्गमा धेरै नै गतिविधि बढ्न थालेको छ।  एक त नेपाल असंलग्न राष्ट्र थियो, तर केपी ओलीको प्रदीप ज्ञवाली र इश्वर पोखरेलले यसलाई इण्डो प्यासिफिक सैन्य गुटमा हाली सकेका हुन्।  अर्को कुरा, नेपाल सदैव शान्त देशको रूपमा रहेको छ, नेपालले संयुक्त राष्ट्र संघमा दर्ता लिए देखि नै नेपाल असंलग्न राष्ट्रको रूपमा रही आएको छ। दक्षिणको छिमेकीले नेपाललाई सदैव दुश्मनको नजरले हेर्ने गरेतापनि नेपालले अहिले सम्म कुनै पनि युद्धात्मक कदम अपनाएको छैन।  फेरी अर्को तर्फ उत्तरको छिमेकीको दुश्मन बनाउन दक्षिण लगायत पश्चिमाहरुले आफ्नो भरपुर प्रयास गर्दै आएका छ...

फिनल्याण्ड र स्विडेन नेटोमा जाने निर्णयले रुसको आगामी कदम कस्तो हुने छ ?

Image
जनवरी १५ २०२२मा न्याटो गठवन्धनका भूपू महासचिव एण्डर्स रासमुसेनले यदि रुसले युक्रेनमा केहि चलखेल गर्यो भने फिनल्याण्ड र स्विडेन पनि न्याटो सदस्य बन्ने छन् भनेर एक अन्तर्वार्तामा बोलेका थिए। त्यसको खण्डन गर्दै फिनल्याण्डका परराष्ट्र मन्त्री पेक्का हाविस्तोले फिनल्याण्डको त्यस्तो कुनै सोच नभएको बताएका थिए। तर आज ठिक ४ महिना पश्चात फिनल्याण्डका राष्ट्रपति र प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर फिनल्याण्ड नेटोमा जाने घोषणा गरेका छन्। त्यसकै भोलि पल्ट स्विडेनले पनि नेटोमा जान घोषणा गर्यो। आजको लेखमा यसले हाल चलि रहेको युद्धलाई के कस्तो मोड दिन सक्छ ? युक्रेनले नेटोमा जाने बारे चर्चा गर्दा आक्रामक भएको रुसको फिनल्याण्ड तिर कस्तो नीति बन्ने छ ? र कथंकदाचित रुसले आक्रमण गरेमा कसरी अघि बढ्ने छ ? यी र यस्तै प्रश्नको इरतगिरत रहेर वैश्विक भूराजनीतिक द्वन्द र टकराव बारे बताउने जमर्को गरेका छौँ।  दोश्रो विश्व युद्ध पश्चात हाल सम्म आफुलाई एक शान्त र असंलग्न आन्दोलनको विशिस्ट खम्बाको रूपमा स्थापित गरेको फिनल्याण्डले, आफ्नो सबै भन्दा लामो सिमा जोडिएको मुलुकको दुश्मनको रूपमा परिचित, अम...

Everything you need to know about Finland's NATO move.

Image
On January 15, 2022, NATO Secretary General Anders Fogh Rasmussen said an attack on Ukraine "would provoke a discussion in Finland and Sweden about Nato membership". Contradicting this, Finnish Foreign Minister Pekka Havisto said that there was no such plans at that point . However today, exactly four months later, the President and Prime Minister of Finland have announced at a joint press conference that Finland will join NATO. In today's article, we are in an attempt to explain the global geopolitical conflict and possible confrontation between Russia and its neighboring states along with NATO. Finland, which has so far established itself as a distinctive pillar of a peaceful and non-aligned movement since World War II, has decided to join the US-led military bloc, known as the enemy of its longest-bordering country. This policy shift illustrates the current world situation. In the current situation, the geo-political pressure has increased so much that no country can ...

युक्रेन पछि फिनल्याण्ड? वा नेपाल ? कसको पालो ?

Image
युक्रेनलाई न्याटो सदस्य बन्नको लागि उल्काउदै आएको अमेरिका लगायतका पश्चिमा मुलुकले युक्रेनलाई न घर न घाटको कुकुर जस्तो बनाएको सबैलाई अवगत नै छ। अहिले त्यस्तै घटना अरु देशमा पनि सर्ने सम्भावना छ।  करीब २ महिना अघि देखि विभिन्न न्याटो समर्थक वुद्धिजीवी र प्रवुद्ध मानिनेहरुले फिनल्याण्ड र स्विडेनका प्रधानमन्त्रीहरुलाई भेट्दै न्याटो सदस्य बन्न पर्छ नत्र रुसले अफ्ट्यारो पारेमा एक्लै पर्छौ भन्दै न्याटो सदस्य बन्नको लागि उत्प्रेरकको भूमिका निभाउँदै आएको कुरा फिनल्याण्डको परराष्ट्र वौद्धिक मञ्च(फिन्निस फरेन स्कोलर फोरम)का सचिव आह्को तोल्वानेनले बताउँदै आएका छन्।  ३ हप्ता अघि स्विडेन र फिनल्याण्डले १३ मे भित्र न्याटो छिर्ने आवेदन दिने कुरा सो देशका प्रधानमन्त्रीहरुले बताएका थिए। उता, यदि रुसको सिमाना छोइएका देशलाई न्याटोको सदस्य बनाएर रुसलाई घेराबन्दीमा पार्दै  गएमा रुसले आणविक आक्रमण सुरु गर्नमा पनि पछि नपर्ने चेतावनी दिँदै आएको छ। फिनल्याण्डको र रुसको  सिमाना करीब १३०० किमीको छ। यसले रुसलाई आफु घेराबन्दीमा परेको महसुस अवश्य गराउने नै छ।  बोरिस जोन्सनले आफ्नो गतिविधि रुस...

मोदी किन हेलिकप्टरमा लुम्बिनी आउँदै छन् ?

Image
सबैलाई थाहा भएकै कुरा हो;  एमसीसी भनेकै इण्डो प्यासिफिक रणनीतिको अङ्ग हो। इण्डो प्यासिफिक रणनीति भनेको हिन्द महासागर र प्रशान्त महासागर क्षेत्रमा चिनको उपस्थिति कमजोर बनाउने, चीनलाई घेर्ने र विस्तारै चीनलाई अस्थिर बनाऊनेमा केन्द्रित छ। यो हाम्रो दावी होइन, डोनाल्ड ट्रंपको पालामा व्हाइट हाउसले जारि गरेको दस्तावेजमा उल्लेख छ।  सो दस्तावेजमा इण्डियालाई दक्षिण-पूर्वी एसियामा प्रवल बनाउने कुरा पनि उल्लेख छ। यसले इण्डियालाई दक्षिण एसियाका देश लुछ्ने, सताउने लाइसेन्स दिएको छ। केहि हप्ता अघि दक्षिण-पूर्वी एसियालाई १५ वर्ष भित्र अखण्ड भारत बनाउने भनेर भाजपाको माउ संगठन आरएसएसको सरसंगचालक मोहन भागवत बोलेको सबैलाई याद नै होला।  एमसीसीको कम्प्याक्ट दस्तावेजको अनुसूची ५को 'क' मा  पनि इण्डियन सहमतिमा मात्र नेपालमा परियोजना अघि बढ्ने भनेर उल्लेख गरिएको खासमा इण्डो प्यासिफिक रणनीति अनुसार इण्डियालाई स्थान दिईएको हो। इण्डिया इण्डो प्यासिफिकको सैन्य गठवन्धन क्वाडमा पनि छ।  अर्को विशेष घटना: एमसीसी पास गराउनको लागि नै असार २८ २०७८मा अदालतको परामदेशले हालको सरकार बनाइदिएको थियो। ...

एस्तो छन्, नेपालमा गृहयुद्ध र अस्थिरताको लागि काम गर्ने समुह।

Image
नेपालमा एउटा निकै गम्भीर किसिमको बहुआयमिक खेलामा एक समुह सक्रिय छ। सो समुहले बन्दकोठामा अर्कै शैलीको गतिविधिको लागि योजना बुञ्छ, बाहिर अर्कै शैलीमा। २/३ शैली त पहिल्यै बाट लेख्दै आएको हो। आज नयाँ शैली पनि खुल्नमा आयो। सबै शैलीलाई प्रष्ट, सटिक र छोटोमा बताउने प्रयास छ।  १) चीन र इन्डिया मिलेर नेपाललाई भुटान बनाउँदैछन् भन्ने हौवा चलाउने समुह।  यसले कुन शक्तिलाई नेपालमा घुसाउने नियत पालेको होला?  ती दुईलाई सन्तुलन गर्न/ ब्यालेन्स गर्न पश्चिमा घुसाउन पर्छ भनेर आम नेपालीले स्वीकार गरोस् भनेर नै यस्तो हौवामा कौवा उडाउने प्रयास गरेका हुन् भनि राख्न नपर्ला। एस्तो प्रचार गर्दिनेहरुले कसको लागि नेपालमा स्पेस बनाउन प्रयोग भैएछ भनेर सोच्ने त पक्कै होइनन्, किनकि सोच्न सक्ने तार काटेर नै एस्तो हौवा फैलाउने कौवा तयार भएका हुञ्छन्।  २) चिन र अमेरिका मिलेर नै एमसीसी ल्याउँदै छन् भनेर पनि त्यहि समुहले, नेपाली माझ अर्को हौवा फैलाउने प्रयास गरेको थियो। तर एस्तो कुरा त कसैले पत्याउने कुरै भएन, तर सोच्न सक्ने तार काटेर तयार पारिएका केहि केहि  कौवा ले भने यो सत्य नै मा ने का थिए।...