मोदी किन हेलिकप्टरमा लुम्बिनी आउँदै छन् ?
सबैलाई थाहा भएकै कुरा हो; एमसीसी भनेकै इण्डो प्यासिफिक रणनीतिको अङ्ग हो। इण्डो प्यासिफिक रणनीति भनेको हिन्द महासागर र प्रशान्त महासागर क्षेत्रमा चिनको उपस्थिति कमजोर बनाउने, चीनलाई घेर्ने र विस्तारै चीनलाई अस्थिर बनाऊनेमा केन्द्रित छ। यो हाम्रो दावी होइन, डोनाल्ड ट्रंपको पालामा व्हाइट हाउसले जारि गरेको दस्तावेजमा उल्लेख छ। सो दस्तावेजमा इण्डियालाई दक्षिण-पूर्वी एसियामा प्रवल बनाउने कुरा पनि उल्लेख छ। यसले इण्डियालाई दक्षिण एसियाका देश लुछ्ने, सताउने लाइसेन्स दिएको छ। केहि हप्ता अघि दक्षिण-पूर्वी एसियालाई १५ वर्ष भित्र अखण्ड भारत बनाउने भनेर भाजपाको माउ संगठन आरएसएसको सरसंगचालक मोहन भागवत बोलेको सबैलाई याद नै होला। एमसीसीको कम्प्याक्ट दस्तावेजको अनुसूची ५को 'क' मा पनि इण्डियन सहमतिमा मात्र नेपालमा परियोजना अघि बढ्ने भनेर उल्लेख गरिएको खासमा इण्डो प्यासिफिक रणनीति अनुसार इण्डियालाई स्थान दिईएको हो। इण्डिया इण्डो प्यासिफिकको सैन्य गठवन्धन क्वाडमा पनि छ। अर्को विशेष घटना: एमसीसी पास गराउनको लागि नै असार २८ २०७८मा अदालतको परामदेशले हालको सरकार बनाइदिएको थियो। ...