नागरिकता विधयेक पछाडी डरलाग्दो चालको पर्दाफास। तथ्य सहित।
प्रसङ्ग सुरु गरौँ, हामीले केहि महिना अघि सम्प्रेषण गरेको आलेख माओवादी प्रयोजनको नालीबेली भाग २ को केहि वाक्य बाट। हातहतियार सहित धम्की डरत्रास देखाउँदै माओवादीले नेपालका कुना, काप्चा विकटका स्थानीयहरुलाई दैनिक सताउँदै ठाउँ छोडेर भाग्न पर्ने अवस्था निम्त्याए। सबै पहाड विकट कुनाकाप्चामा रहेका नेपाली शहर पसे। तर देश युद्धको चपेटामा परेको बेला शहरमा उनीहरूको लागि रोजगारी सृजना गर्न सक्ने अवस्था यथासिघ्र पूर्ति हुन नसक्नु स्वाभाविकै हो। त्यसैले नेपालीहरु बाँच्नकै लागि देश छोड्न पर्ने बाध्यता निम्तियो। युवा नेपालीहरु जसले देशलाई केही दिन सक्थे उनीहरु देश छोडेर जान पर्ने अवस्था निम्तियो। श्रमिकको नाममा नेपालीहरुलाई विदेश लाने र आफ्नो चलखेल नेपालमा लागु गराउने अन्तर्गत यो प्रपञ्च चलेको थियो। त्यहि प्रपन्च अन्तर्गत अहिलेको नागरिकता विधयेक आएको छ। संक्षिप्तमा बताउँदा जब माओवादी संग २०६२ मंसिर ७ गते१२ बुँदे समझदारी र २०६३ मंसिर ५ गते शान्ति सम्झौता गरियो। त्यसपछि माओवादी र अन्य विदेशीका पिउसा दलले नेपाल विघटन गर्ने मुद्दा नेपालमा लाद्न आरम्भ गरे। त्यसैको उपज हो गैर आवासीय न...