नागरिकता विधयेक पछाडी डरलाग्दो चालको पर्दाफास। तथ्य सहित।



प्रसङ्ग सुरु गरौँ, हामीले केहि महिना अघि सम्प्रेषण गरेको आलेख माओवादी प्रयोजनको नालीबेली भाग २को केहि वाक्य बाट। 

हातहतियार सहित धम्की डरत्रास देखाउँदै माओवादीले नेपालका कुना, काप्चा विकटका स्थानीयहरुलाई दैनिक सताउँदै ठाउँ छोडेर भाग्न पर्ने अवस्था निम्त्याए। सबै पहाड विकट कुनाकाप्चामा रहेका नेपाली शहर पसे। तर देश युद्धको चपेटामा परेको बेला शहरमा उनीहरूको लागि रोजगारी सृजना गर्न सक्ने अवस्था यथासिघ्र पूर्ति हुन नसक्नु स्वाभाविकै हो। त्यसैले नेपालीहरु बाँच्नकै लागि देश छोड्न पर्ने बाध्यता निम्तियो।  युवा नेपालीहरु जसले देशलाई केही दिन सक्थे उनीहरु देश छोडेर जान पर्ने अवस्था निम्तियो। श्रमिकको नाममा नेपालीहरुलाई विदेश लाने र आफ्नो चलखेल नेपालमा लागु गराउने अन्तर्गत यो प्रपञ्च चलेको थियो। 

त्यहि प्रपन्च अन्तर्गत अहिलेको नागरिकता विधयेक आएको छ। 

संक्षिप्तमा बताउँदा जब माओवादी संग २०६२ मंसिर ७ गते१२ बुँदे समझदारी र २०६३ मंसिर ५ गते शान्ति सम्झौता गरियो। त्यसपछि माओवादी र अन्य विदेशीका पिउसा दलले नेपाल विघटन गर्ने मुद्दा नेपालमा लाद्न आरम्भ गरे। त्यसैको उपज हो गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४। नेपाली जतिलाई बाहिर लखेटेर, दोश्रो दर्जाको नागरिकमा परिणत गर्ने षड्यन्त्र सहित सो ऐन तयार गरिएको छ। विदेशमा भएका नेपाली २ वर्ष बाहिर बसे पछि नेपालमा राजनीतिक अधिकार बाट बन्चित बन्ने छ। २ वर्ष वा धेरै समय विदेशमा भएका नेपालीले, नेपालमा आएर कहिल्यै पनि नीति निर्माण गर्ने ठाउँ सम्म जान पाउने छैन। त्यो मात्र होइन उसले आफुले कमाएको पैसा नेपालमा ल्याएर कुनै पनि उद्यम, व्यवसाय वा अन्य केहि पनि आम्दानि हुने ठाउँमा लगानी गर्नको लागि गैर आवासीय नेपाली भन्ने परिचय पत्र बनाउन पर्ने प्रावधान सो ऐनको दफा २ मा रहेका परिभाषा ग र ङ ले प्रष्ट बताएको छ। रैथाने नेपालीलाई दोश्रो दर्जाको बनाएर चाराको रूपमा दफा १२ मा कर नलाग्ने भनेर चौपायालाई घाँस हालिएको छ। 


त्यस्तै नागरिकता नियमवाली २०६३का अनुसार नेपालमा अन्यत्र बाट मान्छे झिकाएर वंसजको नागरिकता दिलाउने व्यवस्था घुसाइएको छ। यस बाट यो निष्कर्षमा पुग्न सकिन्छ कि,  इण्डिया, पाकिस्तान, बंगलादेश लगायतका देशबाट आउने मानिसले सम्पूर्ण नेपालीको नेतृत्व गर्ने छ। विधान, संविधान, नीति, नियम बनाउने छ र रोजगारी वा शिक्षाको लागि विदेश विस्थापन गरिएका नेपाली आफ्नै देशमा दोश्रो दर्जाको अर्ध नागरिक सरह रहने छ। 

यी सबै ऐन, नियमावली सहित संसदमा नागरिकता विधयेक पेश गरेर, दर्ता गरेर राखी सकिएको छ। यसलाई अब पारित गर्ने वा नाई भनेर मत लिने प्रक्रियामा बढाउने र यदि दुई तिहाईले पारित गरेमा यो देशको कानून बन्ने छ। त्यस पछी यो उल्टाउन अर्को दुई तिहाईको सरकार वा मत चाहिने छ, जुन यो अहिलेका दलालहरुले कहिल्यै हुन दिने छैनन्। 

सबै देशप्रेमी नेपाली एकजुट भएर यसको प्रतिकार गर्न अत्यावश्यक छ। सबैले आवाज उठाऔँ। आफ्नो गाउँ ठाउँको प्रतिनिधिलाई माथि खबर गर भनेर फोन गरौँ। 

तिमी भित्र अलिकति पनि नेपालीपन छ भने, आफ्नो गाउँ ठाउँको प्रतिनिधिलाई गालि गर्नु, दबाव दिनु, ढुंगा हान्नु, सडकमा लछार्नु माथि संसद सम्म रोक्न खबर पुराउन भन्नु। 

एमसीसीको विरोध त भै रहेको छ। तर सबैले अब एकै स्वरमा  एमसीसी,  इण्डो-प्यासिफिक र नागरिकता विधयेक पूर्ण रूपमा खारेज गर्न आवाज उठाऔँ। 

यो संदेश सबैलाई बुझाउन शेयर गरौँ। हरेक अभियान, अभियान्ता, देशप्रेमी, सेलिब्रिटी सम्म पुगाऔँ। हरेक ग्रुपमा पोस्ट गरौँ। सबै नेपालीको एउटै स्वर बनोस्। देशद्रोहीको हार होउस्। सबै राष्ट्रघाती कदम  विफल बनाउन, प्रत्येक नेपालीमा आँट आओस्। 

नेपाल आमाको जय। 

जागुन् राष्ट्रिय गाथा।। 

नेपाल आमाको जय। 

जागुन् राष्ट्रिय गाथा।। 

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)

गहन शैलीमा पढ्न चाहनेको लागि। 

नियमावली, ऐन र संविधानका धारा, दफा र प्रावधान पढ्न चाहनेले पढ्न सक्नु हुनेछ। मुख्य मुख्य कुरा मात्र उल्लेख गरेर निम्न पाठ तयार पारिएको छ। 

गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४।

२. परिभाषा

(क) “गैर आवासीय नेपाली” भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ ।

(ख) “नेपाली मूलको विदेशी नागरिक” भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्ति सम्झनु पर्छ ।

(ग) “विदेशमा बस्ने नेपाली नागरिक” भन्नाले सार्कको सदस्य मुलुकमा बसोवास गरेको, नेपाल सरकारबाट खटीई विदेशस्थित कुटनैतिक नियोग वा महावाणिज्य दुतावासमा बहाल रहेको र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक बाहेक कुनै पेशा, व्यवसाय र रोजगारी गरी विदेशी मुलुकमा कम्तीमा दुई वर्ष बसोवास गरेको नेपाली नागरिक सम्झनु पर्छ ।

(ङ) “लगानी” भन्नाले मुनाफा आर्जन गर्ने उद्देश्यले नेपालको कुनै उद्योग वा व्यवसायमा गरेको लगानी सम्झनु पर्छ र सो शब्दले उद्योग वा व्यवसाय र गैर आवासीय नेपालीका बीच सम्झौता गरी कुनै विदेशी उत्पत्तिको प्रविधि सम्बन्धी अधिकार, विशिष्टता, फर्मुला, प्रक्रिया, पेटेण्ट, ट्रेडमार्क वा प्राविधिक सीप वा ज्ञानको हस्तान्तरण गर्ने वा प्राविधिक सल्लाहकार वा व्यवस्थापन सेवा उपलब्ध गराउने कार्य समेतलाई  जनाउँछ ।

५. गैर आवासीय नेपालीको हैसियत कायमै रहने

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम #लगानी गरेको विदेशमा बस्ने नेपाली नागरिक कुनै उद्योग वा व्यवसाय सञ्चालनको सिलसिलामा त्यस्तो उद्योग वा व्यवसायको सञ्चालक वा उच्च व्यवस्थापकीय पदाधिकारीको हैसियतले नेपालमा बसोवास गरेमा पनि निजको गैर आवासीय नेपालीको हैसियत कायमै रहनेछ ।

८. जानकारी दिनु पर्ने

कुनै गैर आवासीय नेपालीले नेपालमा लगानी गरेमा तोकिएको विवरण खुलाई तोकिएको अधिकारी समक्ष सोको जानकारी दिनु पर्नेछ ।

१०. नेपाली मूलका विदेशी नागरिकलाई सुविधा तथा सहुलियत

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली मूलका विदेशी नागरिकले नेपालभित्र बसोवास गर्नको लागि आफ्नो वा आफ्नो परिवारको निमित्त तोकिएको शर्तको अधीनमा रही तोकिएको क्षेत्रफलको जग्गा वा अन्य सम्पत्ति खरिद गर्न सक्नेछ ।


(३) नेपाली मूलको विदेशी नागरिकको मृत्यु भई अपुताली परेमा र निजको नेपालमा सम्पत्ति भएमा त्यस्तो सम्पत्ति निजको हकवाला परिचयपत्रप्राप्त नेपाली मूलको विदेशी नागरिक भए निजले पाउनेछ र त्यस्तो हकवाला नभए प्रचलित कानून बमोजिम हुनेछ ।


१२. कर नलाग्ने

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको विषयमा देहाय बमोजिम हुनेछः–


(क) गैर आवासीय नेपालीले लगानी गर्दाको पूँजी रकममा कुनै कर लाग्ने छैन,


(ख) गैर आवासीय नेपालीले निजको नजिकको नातेदार नेपाली नागरिकलाई निजी प्रयोगको लागि एक आर्थिक वर्षमा पन्ध्र लाख रुपैयाँमा नबढ्ने गरी नेपाल राष्ट्र बैङ्कबाट वित्तीय कारोवार गर्न इजाजतपत्रप्राप्त कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्था मार्फत पठाएको रकममा त्यस्तो रकम प्राप्त गर्दाको बखत कुनै कर लाग्ने छैन,


(ग) गैर आवासीय नेपालीले नाफा आर्जन नगर्ने गरी खडा भएको कुनै सामाजिक, धार्मिक, शैक्षिक, साँस्कृतिक, परोपकारी, खेलकूद वा दैवी प्रकोपको उद्धार कार्यसँग सम्बन्धित संस्थालाई नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्रप्राप्त कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्था मार्फत पठाएको रकममा त्यस्तो रकम प्राप्त गर्दाको बखत कुनै कर लाग्ने छैन ।


१६. गैर आवासीय नेपाली संघ सम्बन्धी व्यवस्था

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि गैर आवासीय नेपालीहरुबीच पारस्परिक सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गैर आवासीय नेपालीहरुले नेपालभित्र गैर आवासीय नेपाली संघ खोल्न पाउने छन् ।


कुरा बुझेको भए हरेक ग्रुपमा शेयर गर्नु। सबै जाग्न जरुरि छ। एक जुट भएर देशद्रोही विरुद्ध बोल्न आरम्भ गरौँ।


नागरिकता नियमावली, २०६३


३. वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि:

(३) नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोहू वर्ष उमेर पूरा भएको व्यक्तिले देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ :

(क) नेपाल सरकारबाट स्वीकृति प्राप्त बालमन्दिर वा अनाथ बालबालिका संरक्षण

गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा हर्के बढेको भए त्यस्तो संस्थाको सिफारिस,

नेपालको संविधान २०७२

१४. गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेः

विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी

नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।

नेपालको संविधान २०७२ अनुसार खुशी बनाउने गरि लेख्दिएको छ। तर, अरु ऐन हेरेमा सबै प्रष्ट हुन्छ। संविधान भन्दा ८ बर्ष अघि नै गैर आवासीय नेपाली भनेर ऐन बनेको छ। जसमा निकै डरलाग्दो कुरा छ। 

Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।