Posts

Showing posts from July, 2021

षडयंत्रका सिद्धान्त ? कन्स्पिरेसी थिओरि। भ्रम र यथार्थ।

Image
नेपालमा कोरोनाको नाममा गरिएको विश्व कब्जाको डिजाइन बारे चाँसो बढ्दो छ । संसार चलाइ रहेका गोप्य समुहले आफ्नो कुरा पर्दा भित्रै राख्न खटाइएको धेरै संस्था मध्ये एक, सीआईएले वैश्विक नीति, चलखेल र एलिटहरुबारे कुरा बाहिर जान थाले पछि स्थापना गरेको शब्द हो कन्स्पिरेसी थिओरि । यसलाई नेपालका मगजहिन जमातले पनि षड्यन्त्रका सिद्धान्त भन्ने गर्छन् । तर जे कुरा ती कन्स्पिरेसी थिओरिमा बताइए, लेखिए त्यहि अनुसार नै संसार अघि बढ्दै गरेको कुरा मगज चल्ने मानिसले प्रष्ट देख्न सक्छ ।  तर कन्स्पिरेसी थिओरिले धेरै मानिसको रुचि, जिज्ञासा र चाँसोको साँचो खुल्न थाले पछि, उनीहरुले लिखित उद्दरण(रिफरेन्स) भन्ने अर्को जालो तयार गरे । अहिले त्यो जालोमा परेको मानिस एति भुटिएका छन्, कागती अमिलो, चिनि गुलियो जस्ता आँखा अगाडीको प्रमाण समेत बताउनलाई पहिले किताबको पेज नम्बर खोज्न पर्ने नत्र हावा भन्ने पिढी तयार गरिएको छ ।  साथै कस्न्पिरेसी थिओरि भनिने कुरा बाहेक अन्य कुरा सबै झुठो अथवा केहि कुरा आएमा कन्स्पिरेसी थिओरि संग मिलाएर हेर्ने अनि मात्र हो होइन यकीन गर्ने जमात पनि बन्दै गएका छन् । एस्तो अवस्थाको सुरुवाती समयमा नै

नागरिकता विधयेक पछाडी डरलाग्दो चालको पर्दाफास। तथ्य सहित।

Image
प्रसङ्ग सुरु गरौँ, हामीले केहि महिना अघि सम्प्रेषण गरेको आलेख माओवादी प्रयोजनको नालीबेली भाग २ को केहि वाक्य बाट।  हातहतियार सहित धम्की डरत्रास देखाउँदै माओवादीले नेपालका कुना, काप्चा विकटका स्थानीयहरुलाई दैनिक सताउँदै ठाउँ छोडेर भाग्न पर्ने अवस्था निम्त्याए। सबै पहाड विकट कुनाकाप्चामा रहेका नेपाली शहर पसे। तर देश युद्धको चपेटामा परेको बेला शहरमा उनीहरूको लागि रोजगारी सृजना गर्न सक्ने अवस्था यथासिघ्र पूर्ति हुन नसक्नु स्वाभाविकै हो। त्यसैले नेपालीहरु बाँच्नकै लागि देश छोड्न पर्ने बाध्यता निम्तियो।  युवा नेपालीहरु जसले देशलाई केही दिन सक्थे उनीहरु देश छोडेर जान पर्ने अवस्था निम्तियो। श्रमिकको नाममा नेपालीहरुलाई विदेश लाने र आफ्नो चलखेल नेपालमा लागु गराउने अन्तर्गत यो प्रपञ्च चलेको थियो।  त्यहि प्रपन्च अन्तर्गत अहिलेको नागरिकता विधयेक आएको छ।  संक्षिप्तमा बताउँदा जब माओवादी संग २०६२ मंसिर ७ गते१२ बुँदे समझदारी र २०६३ मंसिर ५ गते शान्ति सम्झौता गरियो। त्यसपछि माओवादी र अन्य विदेशीका पिउसा दलले नेपाल विघटन गर्ने मुद्दा नेपालमा लाद्न आरम्भ गरे। त्यसैको उपज हो गैर आवासीय नेपाली सम्बन्धी ऐन,

को को बने, नेपालमा इसाई साम्राज्यको शिकार ? सुची सहित।

Image
तस्वीर:डीजीएस मिडिया नेपालमा इसाईको आगमन,  'प्रोपागाण्डा फाईद ' अर्थात आस्थाको प्रसार भन्ने मिसिनरि परियोजनाको तिब्बती मिसनको लागि पारगमन(ट्रान्जिट) बिन्दुको रूपमा वि.स. १७७१मा भयो। राजा महेन्द्र नरसिंह मल्लले उनीहरुलाई खुशीको साथ् स्वागत गरेका थिए। तर स्थानीय नेपाली मूल धर्मावलम्वीहरुले इसाई गतिविधि नकारात्मक रहेको जस बाट देशको धर्म, संस्कृति र परम्परा नास हुन सक्ने र कालान्तरमा राजालाई समेत असर पर्ने कुरा उठे पछि पास्चर फ्रान्सिस होरेसलाई ४ -५ महिना जेलमा रखियो।  यस बारे रोममा ब्राह्मणहरुको कारण धर्म फैलाउन गाह्रो हुने गुनासो सहित खबर पठाइयो। मुख्यतः ब्राह्मणहरुले त्यो अवस्था सृजना गराइदिएकाले त्यो समुदायको पतनको लागी उनीहरुले  संस्थागत स्मृति((इन्स्टिच्युसिनल मेमोरी) दर्ता गरे, जुन एक पोप देखि अर्को पोपमा दुश्मनको सुचीको रूपमा हस्तान्तरण गरिन्छ। राजाले स्वागत गरे तापनि समाजले त्यो कदम खासै न रुचाएकोले केपुचिन पादरीहरु वि स १७९१मा नेपाल छोडेर गए। आर्थिक जोहो मिलाए पछि वि स १७९४ मंसिर ६मा, फेरी केपुचिन पादरीहरु नेपाल फर्किए। यस पाली उनीहरु उपहारको प्रलोभन सहित आएकाले काठमाड

धर्म रहने वा छुवाछुत प्रथा ? बहस आरम्भ गरौं ।

Image
  धर्म रहने वा छुवाछुत प्रथा ? यथाशीघ्र यस बहसको थालनी नगरेमा नेपालमा हिन्दु धर्म लाेपाेन्मुख हुने दुरावस्था निम्तिने छ। अहिले एकाएक जातको मुद्दा उठान किन,  कसरी र केको लागी गरिएको छ ? रुपा सुनारलाई पश्चिमा प्रभावमा चलेका गैर सरकारी संस्थाहरुले जातीयताको मुद्दा उचाल्न प्रयोग गरे भन्ने बारेमा विभिन्न पत्रपत्रिकामा उल्लेख गरेर समाचार बनाइएको छ। नेवाः समुदायले पनि कठोर कदम चाल्ने गरि मुद्दा उठान गराइएको छ। यी सबै विषयलाई मुल्यांकन गर्दा जातीय, धार्मिक, साम्प्रादायिक दङ्गा, झडप, हिंशाको लागि रुप रेखा तयार पारिएको छ भन्ने हाम्रो निस्कर्ष छ। अहिले यो जातको मुद्दा उछाल्नुको कारण अर्कै छ। मष्ट धर्म भनेर नयाँ धर्म स्थापित गर्ने प्रपञ्च चल्दैछ। मित्र परियार पहिले हिन्दु बाट बौद्धमा जाने कुरा उठाउँथे तर अहिले आएर मष्ट धर्मलाई ठुलो बनाउने र हिन्दुलाई कम्जोर तुल्याउने उद्देश्यमा इनलाई पनि जोडिएको छ। आफ्ना करीव ५ देखि ७ लाख शुभ-चिन्तकहरुलाई मष्ट धर्ममा लिएर जाने उनको योजना छ भने कहिले ७० लाख दलितलाई नै हिन्दु छोडेर अर्को धर्ममा परिवर्तन गराउने भन्ने कुरा पनि उनले उठाउने गरेका छन्। आज भन्दा ८ महिना अ