धर्म रहने वा छुवाछुत प्रथा ? बहस आरम्भ गरौं ।

 



धर्म रहने वा छुवाछुत प्रथा ?

यथाशीघ्र यस बहसको थालनी नगरेमा नेपालमा हिन्दु धर्म लाेपाेन्मुख हुने दुरावस्था निम्तिने छ। अहिले एकाएक जातको मुद्दा उठान किन,  कसरी र केको लागी गरिएको छ ? रुपा सुनारलाई पश्चिमा प्रभावमा चलेका गैर सरकारी संस्थाहरुले जातीयताको मुद्दा उचाल्न प्रयोग गरे भन्ने बारेमा विभिन्न पत्रपत्रिकामा उल्लेख गरेर समाचार बनाइएको छ। नेवाः समुदायले पनि कठोर कदम चाल्ने गरि मुद्दा उठान गराइएको छ। यी सबै विषयलाई मुल्यांकन गर्दा जातीय, धार्मिक, साम्प्रादायिक दङ्गा, झडप, हिंशाको लागि रुप रेखा तयार पारिएको छ भन्ने हाम्रो निस्कर्ष छ।


अहिले यो जातको मुद्दा उछाल्नुको कारण अर्कै छ। मष्ट धर्म भनेर नयाँ धर्म स्थापित गर्ने प्रपञ्च चल्दैछ। मित्र परियार पहिले हिन्दु बाट बौद्धमा जाने कुरा उठाउँथे तर अहिले आएर मष्ट धर्मलाई ठुलो बनाउने र हिन्दुलाई कम्जोर तुल्याउने उद्देश्यमा इनलाई पनि जोडिएको छ। आफ्ना करीव ५ देखि ७ लाख शुभ-चिन्तकहरुलाई मष्ट धर्ममा लिएर जाने उनको योजना छ भने कहिले ७० लाख दलितलाई नै हिन्दु छोडेर अर्को धर्ममा परिवर्तन गराउने भन्ने कुरा पनि उनले उठाउने गरेका छन्। आज भन्दा ८ महिना अघि एक भिडियोमा हामीले देशमा सल्बलाई रहेका ग्राण्ड डिजाइन उजागर गरेन क्रममा मित्र परियार र बाबुराम एकजुट हुने छन् भनेर उल्लेख गरेका थियौं। नभन्दै, असार १६ २०७८मा बाबुराम र मित्र परियार जातको मुद्दा सहित बाबुरामको घरमा केहि घण्टा संगै बसेछन्। मष्ट धर्म निर्माण गरेर नेपालबाट क्षेत्री समुदायलाई हिन्दु धर्म बाट अलग गर्ने र नेपालको हिन्दु जनसंख्या घटाउने उद्देश्य सहित भ्याटिक्यान बाट र युनाइटेड मिसन नेपालबाट बाबुराम र उनका टोलीले करोडौं रकम पेश्की लिगेको कुरा धेरै जनाले मिडियामा, लेखमा बताउँदै आएका छन्। 

करिब १२ प्रतिशत जनसंख्या शिल्पी समुदायको छ। एवं १७ प्रतिशत जनसंख्या क्षेत्री समुदायको छ। केही प्रतिशत क्षेत्रीहरु मष्ट धर्मको प्रचार प्रसारमा दिनहुँ पूर्णकालीन खटिएका छन्। अरुलाई पनि तान्ने प्रयास निरन्तर चल्दै छ। रुपा सुनार काण्ड जस्ता मुद्दाहरु उचाल्दै, हिन्दु धर्म बदनाम गर्दै बाँकी रहेका क्षेत्री समुदायलाई पनि सस्तोमा आकर्षित गर्न छुवाछुत दलन दमनमा परेका समुदायको लागि आफ्नो कुल धर्म पनि निरन्तरता हुने र छुवाछुतमा पनि नपर्ने भन्ने प्रचारको साथमा मष्ट धर्ममा तान्ने काम अघि बढ्दै छ। सुरेन्द्र केसी, मदन विजेता बानियाँ जस्ता आफुलाई नास्तिक भन्ने क्रिप्टोहरु मष्ट धर्मको ग्रन्थ लेखनको लागी खटाइएका छन्। 

नेपालमा हिन्दु राष्ट्रको मुद्दा तुहाउन जनसंख्या कम देखाउन यो खेला चल्दै छ। नेपाली समाजमा भ्रष्टहरूको कमी छैन। बिकाउहरुको पनि कमि छैन। हिन्दुको संख्या कम गर्ने र अन्य सबै नेपाली मूल धर्मको संख्याले पनि कुनै पनि धर्मसापेक्ष देश नभन्ने माहोल राख्नको लागि धेरैलाई नयाँ धर्ममा तान्नको लागी छुवाछुतको मुद्दाहरुको उठाएर हिन्दु धर्म प्रति वितृष्णा पैदा गराइदिने सोँच अन्तर्गतको मनोवैज्ञानिक चलखेल(साइकोलोजिकल अपेररेसन)को लागी नै रुपा सुनार  काण्ड आएको हो। 

अब छिट्टै जनगणना हुने बाला छ र जनगणना नहुने बेरसम्म यस्ता मुद्दा चर्किदै जाने, नयाँ नयाँ जातीय काण्ड उछालिँदै जाने र जन-मानसको  मस्तिष्कमा माथि उल्लेखित प्रभावलाई बलियो बनाएर राख्ने र हिन्दुत्व कम्जोर बनाउने नियत प्रष्ट देखिन्छ। 


उनीहरूको भावी योजना मष्ट धर्मका १२ मष्ट र नौं भवानी गर्दा २१ टुक्रामा बाँड्दिने हो। यसको सुरुवात दाडे (दाह्रे/दाढे) मष्ट बाट हुने छ। दाडे मष्टलाई बलि दिँदा मूल धामीले दाँतले पाठोको घाँटी टोकेर दिने चलन छ। दृश्य अलि रक्ताम्मे र कम्जोर मुटु भएकाले सहन न सक्ने पनि हुन्छ।  जसरी हरेक साल गढीमाईको मेला लाग्दा, दशैंका कोटहरुमा बलि चढाउने समय आउँदा शाकाहारी, पशु अधिकारकर्मी आदि आवरणमा दुधे मष्ट बाहेक अन्य सबै मष्टको बलि विरुद्ध डलरे परिचालित गरिने छन्। अहिलेका हिन्दु बाट अलग भएको आवेशमा हिन्दुले पनि त्यस्तो विरोधमा समर्थन जनाउने छन् भने दशैं र अन्य माईको मेलाको विरोधमा मष्ट वाला पनि हिन्दु विरोधीको साथ् दिने छन्। 


यसरी यँहाको मूल धर्म जति फुट्ने, जुध्ने र बाँकीलाई लोभ र भोगको माध्यमले क्रिश्चियन धर्ममा परिणत गर्दै अर्को जनगणनामा (२०३०) सम्म सबै नेपाली मूल धर्महरू फुटेका र इसाई धर्म कम्तिमा ५१% पुराएर, नेपाललाई इसाइ धर्मसापेक्ष देश बनाउने योजना सफल बनाउँदै छ तपाईंहरूको छुवाछुत प्रथाले। 



नेपालबाट पूर्वीय संस्कार(किराँत, हिन्दु, बौद्ध, बोन आदि) नामेट गर्ने उद्देश्यले पश्चिमाले धेरै तप्का पालेर राखेको छ। नेपालको मूल धर्म बीच, सर्वैकत्त्व फुटाउन त्यस्ता परिचालित जमातहरु एकाएक सक्रिय भइरहेका छन्। संगसंगै अहिलेको व्यवस्था उल्टिने र राजतन्त्र आउने सम्भावना पनि बढ्दो छ। राजतन्त्रसँग हिन्दुराष्ट्र कायम हुने वा नहुने मुद्दा अझ आक्रमक रुपमा अगाडि बढाइनेछ वा बढ्नेछ। राजनीतिक अवस्था, व्यवस्था र प्रणालीबारे धेरै अघि बाट बताउँदै आएका छौं। आज धर्म रहने वा छुवाछुत प्रथाको बहस आरम्भ गर्दै छौं। 


यस विषयमा बहस, छलफल, सल्लाह, विचार, विमर्श, चिन्तन, मनन, गन्थन-मन्थन गर्न ढिलो गरेमा, अब आउने दिन हिन्दु धर्मावलम्बीलाई निकै कठिन हुनेछ। जसले छुवाछुत गर्छ उसलाई पाखण्डी भन्ने शब्दले सम्बोधन गर्ने गरौं। समाज बिथोल्ने अराजक तत्वलाई पोषण गर्ने जमातको रूपमा चिन्ने गरौँ र सामाजिक वहिष्कार गर्ने गरौँ। हुन त भ्रष्टलाई पनि गर्न पर्ने यहि हो, तर उसैलाई चाकरी गर्ने, तलवा चाट्ने समाजले एस्तो निर्णय कसरी लिन सक्ला ?  तर पनि, धर्म रहने वा अस्तित्व नामेट हुने, निर्णय नै यहि व्यवहारले गर्ने छ भन्ने कुराको उठान भएमा चेत अवश्य नै खुल्ने छ। 


पण्डित पुरोहित, धर्मगुरुहरु खुट्टा ढोगाउने र दक्षिणा बटुल्नेमा मात्रै विचलित नभइकन धर्म बचाउने वा छुवाछुत प्रथा भन्ने प्रश्न उठाउँदै आफ्ना फेसबुकमा लाइभ आउनु, स्टाटसमा लेख्ने गर्नु, धार्मिक कार्यक्रममा यस विषयको उठान गर्नु। हिन्दूधर्मलाई माया गर्ने जो जति पनि हिन्दुधर्मावलम्बीहरु हुनुहुन्छ छुवाछुतलाई रुचाउनुहुन्न र गर्नुहुन्न भन्ने विश्वास राख्नुहुन्छ भने आफ्नो व्यवहारमा नियाल्ने गर्नु। र त्यो धर्मको अस्तित्व विरोधी प्रथाको अन्त्यको लागि पहलकदमी बन्नु। 


म त गर्दिन तर मेरो आमाबाबाले गर्नुहुन्छ।  हजुरबा हजुरआमाले गर्नुहुन्छ भन्ने जमातले पनि आफ्ना आमाबुवा, हजुरबुवा-मुवा संग प्रश्न गर्नुहोस्।  धर्म रहेको हेर्न चाहनुहुन्छ वा छुवाछुत प्रथा ?  यी दुइटा संगै जान नमिल्ने, नसक्ने अवस्था आइसक्यो। त्यही अनुसार व्यवहार अवलम्वन गरौं भनेर बुझाउने, रिझाउने कोशिस गर्नु। धर्म प्यारो वा छुवाछुत प्रथा ? यो कुरा सोध्नु।  

धर्म बचेको हेर्न चाहनु हुन्छ वा नेपाल इसाई देश बनेको हेर्न चाहनु हुन्छ ? यो प्रश्न सोध्नुस्। मन्दिरको गजुर देखि मुर्ति, पुजाको थालि देखि घण्टी बनाइदिने समुदायलाई सम्मान गर्ने कि आफ्नो धर्म बाट लखेट्ने ? यो प्रश्न सोध्नुस्। नत्र हिन्दु धर्मको शत्रु को हो ? भनेर चिन्न ऐना हेर्नु त्यो न भए सेल्फी क्यामेरा खोलेर हेर्नु त्यो न भए ढलको कालो पानीमा प्रतिम्बिवित भएको थोपडा हेर्नु। त्यहि,हो धर्मको दुश्मन।


पण्डित पुरोहितहरुले आफूलाई कतै बोलाउँछन् भने छुवाछुत गर्नुहुन्छ भने म त्यहाँ आउँदिन, छुवाछुत नगर्ने घरमा मात्रै जाने गरेका छौं भनेर भन्न सक्नु, भन्न सुरु गर्नु। प्रसाद वितरण खानेपानी वितरण गर्नको लागि छुवाछुत दलन दमनमा परेका समुदायका व्यक्तिहरुलाई नै राख्ने गरौं। गाउँमा सामुदायिक मन्दिरहरू छन् भने त्यही समुदायका व्यक्तिहरुलाई  दीक्षा-शिक्षा दिलाएर पण्डित, पुरेत बनाएर मन्दिरमा मूल पुरेतको रूपमा नियुक्त गर्ने प्रचलन बनाऔं। मन्दिर समिति चयन गर्दा, सोही समुदायका व्यक्तिलाई कार्य समितिको निर्णायक वा उच्च पदमा रोज्ने गरौँ।  यस्ता नियमहरु ल्याउन नसकेमा हिन्दुको संख्या घटेर जानेछ र  ती मन्दिरहरू जीर्ण बन्ने छन्। यो सत्य जति छिटो बुझ्यो त्यति आफ्नो धर्मलाई राम्रो। 


धर्म बचाउने वा छुवाछुत प्रथा यसबारे बहस आरम्भ गरौं। 


नेपाली मूल धर्म

उता खुवालुङ् एता कालिगण्डकी डाइभर्सन ! फुट्दै बस ! सबैको सांस्कृतिक, धार्मिक धरोहर माथि यसरी नै धावा बोल्दै जानेछन्,  तिम्रा बोल्ने अधिकार दिलाएका गणतन्त्रे र नयाँ संविधानका भरियाहरुले ! 

नेपाली मूलधर्म जति नामेट गर्ने, एक अर्कालाई पृथक देखाउने सबैलाई मेटाउने खेल बुझ! 

समयमै मूलधर्म वाला एकजुट हुने वा एक अर्कालाई गालि गर्दै आफ्नै संस्कृतिको चिहान खन्ने ? बेलैमा दिमागको ढक्कन खुलोस् !


नेपालको मूल धर्म संस्कृति सभ्यता कुल पुजा, इष्ट देव जे जे भने पनि एउटै महल नेपाली मूल धर्म भन्ने र अन्य लाई आयातित भनेर नेपालको संविधानमा नेपाली मूल धर्म सापेक्ष राष्ट्र बनाउन तर्फ न सोँचे यँहाको विविधतामा एकता भन्ने बरदानलाई, पृथकतायुक्त पहिचानको भिन्नताको अभिसाप निम्तिने अवस्था छ। 

यस बारे हामीले जनगणना २०७८मा निहित षड्यन्त्र भनेर केहि महिना अगाडी पनि उल्लेख गरेका थियौं। देश पहिचानको टकरावको दुर्घटनाबाट बचाउन नेपाली मूल धर्म भन्ने एउटै पहिचान निर्विकल्प बनेको छ। यसमा किराँत सभ्यता, मैथिल सभ्यता,बोन, बौद्ध, हिन्दु, ओमकार, सनातन, प्रकृति पुजन, मष्ट, अरु जे जे पनि नेपालको भूमिमा सनातन देखि अभ्यासमा रहेका छन्,  नेपाल भूमि बाट सुरु भएका ​छन्, ती सबै पर्छन्। यी सबैको एउटै पहिचान हो नेपाली मूल धर्म। यो जति छिटो बुझ्यो, देशलाई राम्रो हुन्छ। नत्र अर्को जनगणना सम्म मासु खाने, बलि चड्ने, शाकाहारी, फलाहारी, ठाडो टिके, तेर्शो टिके, सेतो वस्त्र, गेरु वस्त्र, सुर्य पुजक, चन्द्र पुजक, भूमि पुजक, बन पुजक, शैव, वैष्णव, शक्ता, सत्यधर्म, मैत्रेय धर्म, ययाख्य, मूल किराँत, एस्ता नामले मेरो जरो त यो हो। त्यसैले मेरो धर्म यो हो।  भन्ने निरन्तरको फ़ुटान मुद्दाको उठान चलि रहने छ। 

टकराव अन्त्य गर्न, सर्वैकत्त्व दर्शन बुझ्नु। नेपाली मूल धर्म भन्ने एउटै महल राख्नु। नेपालमा मूल भएको र अन्यत्र मूल भएको भन्ने मात्र सापेक्षताको आधार बनाउनु। देशको पहिचान त्यहि स्थापित गर्नु। 

यसको अर्थ अन्यलाई काट्ने, मार्ने होइन तर यँहाको मूल धर्म, संस्कृतिलाई खलल गरेमा कारबाही अवश्य गर्नु। बाँकी भित्रै बाट जे हुन मन लाग्छ त्यो हुने अधिकार उसको निजि नै रहला तर अरुको अस्तित्व मेटाउने गरेमा सजाय दिनु। 

यहि हो अबको धर्म भने पनि, समाधान भने पनि, शान्तिको मार्ग भने पनि वा आफ्नै अर्को शब्दले सम्वोधन गरे पनि।

समयमै नेपाली मूल धर्महरु एकजुट हुने वा एक अर्कालाई गालि गर्दै आफ्नै संस्कृतिको चिहान खन्ने ? निर्णय गर्न न सके सबैको अस्तित्व खतरामा पर्ने छ। 

सर्वैकत्त्व भवतु:

समाजिक सद्भाव कायम गरौं।

नेपाल आमाको जय,

जागुन राष्ट्रिय गाथा।।


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. देशको जम्मा गरीव कुल जनसंख्या मा 100% मा 45 % दलितको वा सिल्पि समुदायको छ महाशय नेपालमा यदि अर्कोलोजिस्ट एविडेन्सको कुरा गर्ने हो भने प्राचिन धर्म बुद्ध नै हो

    ReplyDelete

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।