Posts

Showing posts with the label world affairs

नेपालमा युद्धको बिउ रोप्ने र स्रोत लुट्ने अर्को कदम । वैश्विक भूराजनीति र नेपाल।

Image
वैश्विक भूराजनीतिबारे बुझ्नको लागि केहि आधारभूत विषय बुझ्न अत्यावश्यक हुञ्छ। र ती मध्ये पहिलो हुञ्छ, वास्तवमा भूराजनीति के हो ? यसको हाल सम्म मानिएको परिभाषा अनुसार विशेषगरी राष्ट्रको परराष्ट्र नीतिमा भूगोल, अर्थत्नत्रको माध्यमले राजनीतिमा पारिने र पर्ने प्रभाव वा असर भन्ने छ।   तर, यथार्थमा भूराजनीति शब्द कमजोर, गरिब र पिछडिएका देशहरूको शब्दकोशमा प्रयोग हुँदैन । शक्तिशाली राष्ट्रहरुले भूगोलमा कसरी आफ्नो आधिपत्य जमाउने ? कसरी आफ्नो वर्चस्व कायम राख्ने? यस बारेमा चाल्ने कदमहरु नै भूराजनीति  हुन् । संक्षिप्तमा भन्नु पर्दा ठूला शक्तिशाली राष्ट्रहरुले आफ्नो प्रभाव हाबी राख्नको लागि छुट्टाईएको भूगोलको अखडालाई भूराजनीति भनेर बुझ्दा हुन्छ । पहिलो विश्वयुद्धपछि यो शब्दको प्रयोग बढ्न थालेको हो । मुख्यतयः एउटा शक्तिशाली देशले अर्को शक्तिशाली देशलाई धरासयी पार्नको लागि र आफ्नो शक्तिको प्रभाव, आफ्नो प्रतिद्वन्द्वी देशको वरिपरि कायम गर्नको लागि खेलिने चालको शब्दजाल नै भूराजनीति हो । यसमा जमिन लगायत सामुन्द्रीक क्षेत्रहरुलाई कसरी आफ्नो पकडमा लिने भन्ने दाउ पेचहरु चलिन्छ । एउटा देशले छेक्ने ...

अमेरिकी प्रायोजित आतंकवाद।

Image
अमेरिका नाम गरेको देश यथार्थमा देशै होइन। संसारका ठूलाठूला व्यापारिक घराना(एलिट)हरुले संसारमा आफ्नो आधिपत्य जमाउन, हैकम चलाउन र दादागिरी देखाउनको लागि प्रयोग गरेको देशको नाममा एउटा मुखौटा हो भनेर अमेरिकी लेखक, सामाजिक चिन्तक, आलोचक जर्ज कार्लिनले धेरै ठाउँमाबोलेका छन्। यहि कुरा हामीले वैश्विक भूराजनीतिको बारेमा तयार पारेको एक वर्ष अघिको लेख र भिडिओमा बताइसकेका छौँ।   जुन देशमा अमेरिकाले मनपरी गर्न पाउँदैन,  त्यो देशमा अमेरिकाले नै आतंकी समुहहरु खटाएर, वित्तीय सहयोग लगानी गरेर  अस्थिरता मच्चाएर, राष्ट्रसङ्घको माध्यमले त्यो देशबाट वैश्विक आतंकवादको खतरा भयो भन्ने प्रतिवेदन तयार पारेर आफ्नो अभिष्ट पूरा गर्ने गरेको इतिहास साक्षी छ।  विभिन्न मुलुकहरुमा भएका जति पनि युद्धहरू छन् चाहे आन्तरिक वा अन्तरदेशीय; ती सबैमा अमेरिकी लगानि रहेको कुरा जगजाहेर भइसकेको छ। अफगानिस्तान छिर्नको लागि अमेरिकाले आफ्नै ट्वीन टावर आफैँले खसालेको थियो भनेर अमेरिकी बुद्धिजीवीहरुले नै अनुसन्धान गरेर शोधपत्र, लेखहरु एवं डकुमेन्ट्रीहरु समेत प्रकाशन गरिसकेका छन्। इराकमाथि आफ्नो मनपरीतन्त्र च...