Posts

Showing posts with the label world war

हालको युद्ध र ग्रेट रिसेट। नयाँ व्यवस्था कस्तो र कसको पोल्टामा?

Image
गत हप्तामात्र जर्मनीको ठुलो लगानी गर्ने, संसार भरि आर्थिक गतिविधिको पकड राख्ने समुहको डोएच बैंकले आउँदो साल भित्र आर्थिक मन्दी हुने छ भनेर घोषणा गर्यो।  उता रुसलाई लगाएको प्रतिवन्धको कारण जर्मनीले रुसी तेल रुबेलमा खरिद नगर्ने भन्दै आएको छ, रुसले भने सुनमा पनि नहुने, तेल चाहिन्छ भने रुबेलमा मात्र बेच्ने अडान कसेको छ। रुसको सस्तो तेल नपाएमा पुरै युरोपमा नै महंगी बढ्ने र आर्थिक मन्दी सुरु हुने हुञ्छ। अमेरिकाले तेलको विकल्प खोजिने छ भन्दै सान्तवना दिँदै बसेको पनि लामो समय भै सकेको छ। उता डोएच बैंकले आर्थिक मन्दी छाउने प्रक्षेपण गरि सकेको अवस्थामा अमेरिकाले पक्कै पनि खाडी तिर रहेका आफ्ना तेल प्रसोधन कम्पनिबाट रुसी मुल्यमा युरोपलाई तेल उपलब्ध गराउन सक्ने अवस्था छैन।   तर एता युरोपमा ८-१० प्रतिसतले महंगी बढ्न थालि सकेको छ। यसले यो कुरा यकीन हुञ्छ कि रुसलाई आर्थिक रूपले घोडा टेकाउने हो भने आफ्नो देशमा पनि आर्थिक मन्दी निम्त्याउन आवश्यक छ। यो दुविधाले नेटो, अमेरिका र युरेपेली युनियनमा विरोदाभास सृजना भएको छ।  उता चिनले आफ्नो सबै भन्दा ठुलो पिलो ताइवानलाई निचर्ने मौका यहि हो...

नेपालमाथि कसको गिद्धे दृष्टि ? निर-क्षिर यथार्थ।

Image
नेपाल ऋणमा चलेको देश हो। रेमिट्यान्स भनेर सुनाएको मात्र हो। जति रेमिट्यान्स आउँछ त्यो पैसा त नेपालमा दैनिक जीवन चलाउनको लागि चाहिने सामान किन्नमा फेरी बाहिरिञ्छ, किनकि नेपालमा उत्पादन छैन, ९६% हामी आयातमा निर्भर छौँ, ४% निर्यात गर्छौं । यो हिसाबले हाम्रो व्यापार घाटा  ९२ % छ। गणतन्त्रले हामी नेपालीलाई ऋणमा डुबाएको छ। ३७ हजार प्रति व्यक्ति ऋण भएका नेपालीको ५ वर्षमा ५६ हजार पुग्यो। सरकारले ऋण उठाउने अध्यादेश/विधयेक ल्याएर मनपरी ऋण लिने  र  त्यो तिर्नको लागि आम्दानि नै नउठ्ने भ्युटावर, गेट र चोक चोकमा कंक्रिटको थुप्रो जस्ता अनुत्पादक क्षेत्र मा  खनाउने गरेको छ।  एस्तो किन गर्दै छ ?  नेपाललाई ऋण दिने मुद्रा कोष, एसिया बैंक, विश्व बैंकआदि (छोटकरीमा पश्चिमा)हरुले पहिले यो ठाउँमा हामीले दिएको पैसा लगाउन पाउन्नौ, हामीले जेमा भन्यो त्यसमा मात्र पाउँछौ भनेर कबुल गराएर मात्र दिञ्छ। अनि उत्पादनको क्षेत्रमा लगानी गरेमा इण्डिया रिसाउँछ संगै पश्चिमा दाताले त्यसमा अंकुश लगाउँछ।  किन इण्डो पश्चिमाले त्यस्तो गर्छन् त ? उनीहरुको नियत, स्वार्थ भनेको नेपाललाई अस्थिर, ...