Posts

Showing posts with the label किराँत धर्म

२३ गते हिन्दु राष्ट्र घोषणा वा राष्ट्र बिघटनको शिलान्यास ?? निरक्षीर विश्लेषण।।

Image
सामाजिक संजाल भरि केपी ओली ले २३ गतेको कार्यक्रममा हिन्दुराष्ट्र घोषणा गर्ने छन् भन्ने समाचारहरु यत्रतत्र सर्वत्र फैलिइरहेका छन्। हिन्दु राष्ट्र समर्थकहरु खुसी छन् भने नेपाल भाँड्ने समुह पनि यहि दिनको प्रतीक्षामा छन्। यसमा नेपाललाई गृहयुद्धमा फसाउने षड्यन्त्र लुकेको छ। हामीले १० महिना अगाडी बाटै यदि एमसीसी आउन नसकेमा उनीहरुले गृहयुद्धलाई विकल्पको रुपमा राखेका छन् भन्ने कुरा उजागर गर्दै, बताउँदै आइरहेका छौं। बिभिन्न किसिमले लेख तथा भिडियो को माध्यमले सेना,प्रहरी सुरक्षा निकायहरुलाई सचेतना एवं सतर्क गराउने प्रयास गर्दै आइरहेका छौं। जे हामीले बताइरहेका थियौं सोहि अनुरुप नै देशमा घटना परिघटनाहरु बन्दै गइरहेका छन्। त्यसैले अबको विश्लेषण सचेतन, जागरुक र आग्रह-पूर्वाग्रह रहित मनस्थिति राखेर अध्ययन गरी घोत्लिएर सोच्न सबैलाई अनुरोध गर्न चाहन्छौं।  गत हप्ता मात्रै किराँत धर्मको पुर्खा रैछाकुलेको मूर्ति मा प्रहार भएको थियो, प्लाष्टर गरिएका केही भागहरू उक्किएका थिए र त्यहाँका केही स्तम्भ(नाम लेखिएका किलो)हरू उखेलिएका थिए। त्यो घटनाको एक हप्ता बित्दा नबित्दै पनौतीमा श्रिस्वस्थानि बर्तकथा को इत...

गत हप्ता किराँत धर्मको मुर्ति फोडियो, अहिले पनौतीको मन्दिरको शिवलिंग तोडियो।।

Image
गत हप्ता किराँत धर्मको प्राचिन रैछाकुलेको प्रतिमा माथि तोड फोद प्रयास भयो र केहि भाग भत्किएको अवस्थामा थियो। अहिले फेरी स्वस्थानी ब्रत चल्ने समयमा पनौतीमा दिन दहाडै ६४ मध्ये २९ शिवलिंग तोडियो। नेपाली समाजलाई जात, धर्म, भाषामा टुक्राउदै सबैलाई प्रहार गर्दै छन्। हिन्दु, बौद्ध चुप बसे, खोकना प्रकरणमा नेवार दबाइयो।। गत हप्ता किराँत ,माथिको प्रहार पनि साम्य भैसक्यो, फेरी पनौतीमा अर्को प्रकरण चल्दै छ। नेपाली समाजलाई, नेपाल देशलाई ग्रिह युद्धमा लगिदै छ।  सरकार मौन छ।  गृह मंत्रीको निकम्मा, लाचारीपूर्ण अवस्था त राष्ट्रिय झण्डा जलाइएको बेला दिएको अभिव्यक्तिले प्रष्ट बताउँछ।  मंगोल नामाकरण गराएर सबै बौद्ध, किराँत, बोन्पो मान्ने गुरुङ, राई, लिम्बू, तामाङ आदि जातिलाई विधर्मी बनाइरहेका छन्। सबै नेपाली समुदायहरु यो कुरा मनन गरेर एकजुट नभएमा सबैको हार निश्चित छ।  सारा नेपालीहरु जातीय, नश्लीय चिन्तन भन्दा माथि उठेर, राष्ट्रियताको भाव आफूभित्र सृजना गराएर, विविधताको एकतामा नै जीवनको सार्थकता छ भन्ने यथार्थ बुझेर एकजुट हुन पर्ने समय आइसकेको छ l  सबै संगठित भएर अगाडी बढ्नुको विकल्...