Posts

Showing posts with the label nepal political news

चोलेन्द्र प्रकरण। देखाउने दाँत! तर भित्रि कुरा अरु नै केहि।

Image
हरेक पटक देशमा विदेशी दलाल ग्याङ्गले मिलेर देश लुटेको वा देश विरुद्ध गतिविधि गरेको बारे देशप्रेमिले न्यायको ढोका ढक-ढक गर्छन्, त्यसलाई धाक छोप गर्न सबै दलाल दलले मिलेर ताना-बाना बुञ्छन्। अहिले बाहिर देखाउनलाई भ्रष्टाचार, अनियमितता, न्यायालय अपहरण जस्ता शब्दजाल मिडिया भरि छरिएको छ। सोझो साझो जनता जो आफ्नै दैनिकीको धपडीमा हुञ्छ उनीहरुले ए हो त। यो न्यायधिस त भ्रष्टाचारी हो। रंजन बचाउने देखि गोरे डन फसाउने यहि हो भनेर मिडियाले जे भर्दिञ्छ त्यसैमा उफ्रिने न उ फ्रिने अन्योल हुने हुञ्छ। तर यथार्थ अरु केहि हुञ्छ। भित्र केहि ठुलै कुरा मिलाउन, लुकाउन, पञ्छाउन यस्ता नाटक मञ्चन गरिञ्छ। आज त्यहि चोलेन्द्र प्रकरण पछाडी के के छ यस बारे हामीले देखेको थाहा पाएको कुरा बताउने छौँ। तर अझै धेरै कुरा हाम्रो सुचना बाहिर पनि हुन सक्छ, थाहा हुनेले कृपया कमेन्टमा राख्दिनु होला।  सुरुमा आज भन्दा साढे ४ वर्ष अघिको प्रधान न्यायाधिश प्रकरणबाट कुरा उठाएमा भित्रि कुरा बुझ्न सजिलो हुञ्छ। तत्कालिन प्रधान न्यायाधिश श्रीमान सुशिला कार्कीलाई पनि एकाएक महाभियोग देखि राजानीमा सम्मको कुरा उठ्यो। बाहिर देखाउनलाई प्रहरी ...

नागरीकता अध्यादेश खारेज हुने ! सर्त र अवस्था। भिडिओ सहित।

Image
केपी ओलीको सरकार ढल्ने, ढाल्ने वा टिक्ने एवं नेकपा नामको झुण्ड मिल्ने, फुट्ने वा जुट्ने यी वाइयात विषयमा देश रोमलिएको ३ वर्ष बिति सक्यो। देश र जनताको मुद्दा कहिल्यै पनि एजेन्डामा न पर्ने।  पार्टीको वैठक देखि मन्त्रि परिषदको छलफल सधैं जनतालाई छल गरेर फल खाने, देश खाडलमा हाल्ने, विदेशीको चाँसो नै प्राथमिकतामा पर्ने गतिविधिमा केन्द्रित रहेको कुरा गँवार देखि पढेलेखेका, सहरी बजारिया देखि गाउँ एवं देश देखि विदेशसम्म सबैले बुझी सकेको अवस्था छ। प्रकृति विनाश गरेर सिमेण्टको रुख बनाउने, मन्दिरको जमिन हडप्ने, कृषि योग्य भूमि घटाउने, सांस्कृतिक सम्पदा फुटाउने र चर्च बनाउनेमा नै इनिहरु आत्मरतिमा अल्झेको देखियो। चाहे कांग्रेस, वा राप्रपा वा एमाले वा माओवादी वा मधेशवादी सबै यी यस्ता देश मेटाउने, ऋण बढाउने काममा सहमतिमा जुट्ने गरेको कुरा पनि छर्लंग छ। एमसीसी र नागरीकता जस्तो देश पराधिन हुने वा विघटन हुने वा अस्तित्व विलिन बन्ने मुद्दामा यी हुँडारहरु विदेशीले देशको मासु लुछेपछि बच्ने हड्डी चपाउन लामवद्ध छन्। आज नागरीकता अध्यादेश बारे केहि लेख्ने छौं।  ब्रेकिंग पोइण्ट / टुक्रिने विन्दु अहिलेको ...