तिम्रो घिनलाग्दो पढाउने शैली।
विद्यालयको हालत शिक्षा बाट नै विचार प्राप्त हुन्छ, दृष्टिकोण निर्माण हुन्छ र यसैले चेतनाको स्तर निर्धारण गर्छ। यी कुरा ख्याल नराखेमा त्यो शिक्षा हानिकारक सिद्ध हुन सक्छ। शिक्षाको बिषय वस्तु उचित वा अनुचित भनेर देशको नतिजाले दर्शाउँछ। अहिले देशको अवस्था नियाल्ले हो भने यो कुरा सत्य छ अहिलेको शिक्षा पतित अवस्थामा छ। जति पढ्यो उति तुच्छ मानव निर्मित गर्दै छ हालको शिक्षाले। पढे लेखेको मानिस थुप्रिने ठाउँ काठमाडौँ देशको सबै भन्दा दुषित ठाउँ बनेको छ। पढे लेखेकोले प्रतिस्पर्धा गरेर नाम निकालेर जागिर खाने ठाउँ लोकसेवा, निजामति र प्रशासन सबै भन्दा भ्रष्ट ठाउँ बनेको छ। हाम्रो शिक्षा सुचनामा मात्र सिमित छ, नामका विद्यालय छन् तर वास्तवमा चोर, ठग र भेडा उत्पादन गर्ने कारखाना हुन् नेपालका विद्यालय, कलेज र क्याम्पस। चिट चोरेर पास हुन त्यहि विद्यालयले सिकाउँछ। त्यत्रो पैसा तिरेर छोराछोरी लाई चोर बनाउने तालिममा पठाउने अविभावकको मति देख्दा पनि दया लाग्छ। कसले कति खर्च गरेर आफ्नो छोरा छोरीलाई ठुलो चोर बनाउने भन्ने होड चलेको छ नेपालमा। त्यो बालकको व्यवहारमा सकारात्मकता...