Posts

Showing posts with the label raw in nepal

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।

Image
अगिल्लो भागमा दरबार र विदेशी टकरावको संक्षिप्त भूमिका सहित राजा महेन्द्रको हत्या बारे उजागर गरेका थियौं। त्यहि प्रसंग बाट जोडेर आजको भाग आरम्भ गर्दै छौं। सिआइए र इंडिया मिलेर राजा महेन्द्रलाई पाखा लगाए पनि, राजा विरेन्द्र उनीहरुले सोंचे सरह सजिलो पाएनन्। त्यस पछि, राजा विरेन्द्र तिर संकट सर्यो। संकट टार्ने प्रयास स्वरूप उनले धेरै प्रयत्न गरे। खम्पा बिद्रोह निस्तेज पारे। नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गरे। इंडियाको राजीव गान्धी हत्यामा उनको पनि लगानी रहेको बेतुकको कुरा उछालियो। सार्कको गठन गरे। अमेरिकाको अमेरिकी सैन्य बेस नेपाल ल्याउने प्रस्ताव सोझै नकार्दिए। अमेरिकी सैन्य गुटमा रहने कुरा अस्विकार गरिदिए र नेपाल शान्ति क्षेत्र हो भन्दिए। क्रिस्टियन धर्म परिवर्तनकारीलाई जेल चलान गरे। त्यस पछि सी आइ ए, भ्याटिक्यान र इंडिया मिलेर वंश नाश गर्ने राज दरबार हत्याकाण्डको डिजाइन भयो। प्रत्येक इतिहास जोड्दा निकै लामो हुने भएकाले सिधै दरबार हत्याकाण्ड बाट बताउने छौं। २०५७ जेठमा शेर बहादुर देउवा नेतृत्वको राज्य व्यवस्था समितिबाट नागरिकता विधेयकलाई अर्थ विधेयकमा घुसाएर पारित गर्ने प्रपन्च चल्यो। ...

दरबार हत्याकाण्डमा संलग्न बाह्य शक्ति। भिडिओ सहित।

Image
दरबार हत्याकाण्डको २ दशक बिति सकेको छ। यस बिचमा धेरै कुराहरु सुनिए, धेरै कुराहरु पढिए र भिडिओहरु पनि हेरिए। त्यसैको आधारमा विभिन्न जानकारी संकलन गरेर केहि वैश्विक चलखेलको मध्येनजर गरेर अनुमान,सत्य, तथ्य सबैको मिश्रण गरेर यस कार्यक्रम तयार पारिएको छ।  दरबार हत्याकाण्डको चुरो कुरो बुझ्न दरबार र विदेशी टकराव बुझ्न जरूरी हुन्छ। त्यसैले, आजको एपिसोडमा थोरै भूमिका सहित राजा महेन्द्र प्रति विदेशी मनमुटाव बारे उजागर गर्ने छौं। केहि हप्तामा राजा विरेन्द्रको वंश देखि नेपाल बाट राज संस्था नामेट पार्न चालिएका प्रपन्च लिएर आउने छौं। नेपालमा राजसंस्था सबै भन्दा शक्तिशाली संस्थाको रूपमा रहेको थियो भन्ने कुरा सबैलाई अवगत नै छ। नेपाल भित्र बाट मात्रै त्यसलाई कमजोर पार्न र विस्थापन गर्न असम्भव थियो। त्यसैले विदेशी चलखेलमा नेपालीको सहयोगबाट त्यो घटना( राजाहरुको हत्या ) घटाइएको थियो। प्रसंग सुरु गरौँ, राजसंस्था र विदेशी शक्ति विच उत्पन्न मनमुटाव र टकराव बाट।  तत्कालिन इस्ट् इंडिया कम्पनिको नजर नेपाल माथि थियो। अंग्रेजको पञ्जा बाट नेपाली मूल धर्म बचाउन एक जना रक्षक(बडा महाराज पृथ्वी नारायण शाह) जा...

इंडियाले नेपाल माथी गरेको ज्यादतीको नालीबेली।।

Image
  गजिनी राष्ट्रियता   short term memory loss लेकको खेतमा काँडेतारले घेर्दियो ! डोजर दौडाएर बाटो संगै  महल ठडायो ! फेदीको खेतमा कब्जा जमायो, अनिकाल जस्तै माहोलमा बाटो छेक्दियो ! हजुरबुवालाई बोलाएर दौसल्ला ओढाइदियो, नाति मन्दविष वाला ललिपपमा रमायो ! बुझ्नेलाई ठिकै छ, न बुझ्नेलाई आजको यस लेख छ। हामी देश देख्छौं अनि देश लेख्छौं। कसैको चित्त बुझे सहि हो नत्र गणतन्त्रवादी, राजावादी, बाहुनवादी, जनजातिवादी आदि ठप्पा न लगाउनु। हाम्रो कुराले अहंकार घोंचेमा देशको पक्षमा उभिनु हामीलाई आफ्नो छेवैमा पाउनु हुनेछ।  सुरु गरौँ।।  इन्डियन ललिपप इन्डियाले अहिले देखाएको ललीपपमा रमाउने गजनी जस्तो १५ १५ मिनेटमा स्मृति गुमाउने बालकहरुलाई केहि स्मरण गराउन चाहन्छौं। लिपुलेक लिम्पियाधुराको नक्सा, संविधानमा उसको धारा चाहियो भनेर लगाएको नाकाबन्दी कसलाई याद छ ? नागरिकता विधेयकमा विरोध जनाएको कसैलाई याद छ ?  किन याद गर्ने ? गजिनी पो हो त। ललिपप देखायो गमक्क पर्दिने। क्षणिक, लहरे, बर्षे भेल जस्तो गजिनी राष्ट्रियता। नक्शा प्रकरणमा भाजपाका युपी मुख्य मन्त्रि आदित्यनाथले थर्काएको याद छ? हामी...