दरबार हत्याकाण्डमा संलग्न बाह्य शक्ति। भिडिओ सहित।

दरबार हत्याकाण्डको २ दशक बिति सकेको छ। यस बिचमा धेरै कुराहरु सुनिए, धेरै कुराहरु पढिए र भिडिओहरु पनि हेरिए। त्यसैको आधारमा विभिन्न जानकारी संकलन गरेर केहि वैश्विक चलखेलको मध्येनजर गरेर अनुमान,सत्य, तथ्य सबैको मिश्रण गरेर यस कार्यक्रम तयार पारिएको छ। 

दरबार हत्याकाण्डको चुरो कुरो बुझ्न दरबार र विदेशी टकराव बुझ्न जरूरी हुन्छ। त्यसैले, आजको एपिसोडमा थोरै भूमिका सहित राजा महेन्द्र प्रति विदेशी मनमुटाव बारे उजागर गर्ने छौं। केहि हप्तामा राजा विरेन्द्रको वंश देखि नेपाल बाट राज संस्था नामेट पार्न चालिएका प्रपन्च लिएर आउने छौं।



नेपालमा राजसंस्था सबै भन्दा शक्तिशाली संस्थाको रूपमा रहेको थियो भन्ने कुरा सबैलाई अवगत नै छ। नेपाल भित्र बाट मात्रै त्यसलाई कमजोर पार्न र विस्थापन गर्न असम्भव थियो। त्यसैले विदेशी चलखेलमा नेपालीको सहयोगबाट त्यो घटना(राजाहरुको हत्या) घटाइएको थियो। प्रसंग सुरु गरौँ, राजसंस्था र विदेशी शक्ति विच उत्पन्न मनमुटाव र टकराव बाट। 


तत्कालिन इस्ट् इंडिया कम्पनिको नजर नेपाल माथि थियो। अंग्रेजको पञ्जा बाट नेपाली मूल धर्म बचाउन एक जना रक्षक(बडा महाराज पृथ्वी नारायण शाह) जाग्यो। गुरु गोरखनाथको आशिर्वाद, गोरखकालीको कृपा शक्तिले गोर्खा एकीकरणको अभियान फैलिँदै थियो। त्यसै क्रममा गोर्खाली र अंग्रेज विच टकराव सुरु भयो। सिन्धुलिगडीबाट त्यो युद्ध, घृणा प्रतिसोधको सिलसिला आरम्भ भयो। त्यस बेलाको हारको बदला करी ५ दशक पछि सुघौली सन्धि बाट अंग्रेजले पुरा गरे। तै पनि आफ्नो पूर्ण उपनिवेश बनाउन न पाएको इख र चर्चको माताहतमा लिन न पाएको रीस भने चलि नै रह्यो, जुन अझै पनि चलेकै छ। २५० वर्ष अघिको सबै भन्दा शक्तिशाली अंग्रेज फौजलाई रोक्ने सामर्थ्य भएको नेपाली सेना अहिले कसरी भ्रष्टको जुत्ता बोक्ने, छाता ओढाउने र कार्पेट ओच्छ्याउनेमा सिमित भयो ? यस बारे पछि कुनै दिन नेपालको सतहमा नल्याइएका इतिहास लिएर आउने छौं। आज राजा महेन्द्र बारे चर्चा गर्नेछौं ।


राजा महेन्द्रको राज्याभिषेक पश्चात महेन्द्र इंडिया भ्रमणमा जाँदा, नेहरुले नेपाल र इंडियाको संस्कार एकै छन् त्यसैले एकै देश बनाउन पर्छ भनेर राजा सामु प्रस्ताव राखे। राजा महेन्द्रले पनि हुन्छ त्यसो भए, लाल किल्लामा आजै त्रिकोणात्मक चन्द्र सुर्य झण्डा फहराईदिउँ भन्दिए। नेहरु केहि बोल्न सकेनन्। २०१ सालमा नेपालको संयुक्त राष्ट्र संघमा स्वतन्त्र सार्वभौम मुलुकको रूपमा दर्ता प्रक्रियाको अन्तिम चरण चल्दै थियो। नेपालका दलाल नेता र इंडिया मिलेर नेपाललाई संयुक्त राष्ट्र संघमा इंडियन प्रान्तको रूपमा राख्ने कुचेष्टा गर्दै थिए । इन्डियाले रुसलाई नेपाल स्वतन्त्र देश होइन भनेर भिटो प्रयोग गर्न मनायो। चार पटक सम्म रुसले नेपाल स्वतन्त्र देश होइन ,त्यसैले राष्ट्र संघको सदस्य दिनु हुँदैन पनि भन्दियो।(स्रोत:इंडियाले नेपाल माथी गरेको ज्यादतीको नालीबेली) तर राष्ट्र गुरु योगी नरहरि नाथको ऐतिहासिक ज्ञान र तथ्य पूर्ण दस्तावेज संकलनको आधारमा सबै मापदण्ड पुराउन सफल भएकाले नेपालले सार्वभौम राष्ट्रको रुपमा राष्ट्र संघमा सदस्यता पायो। (स्रोत:योगी नरहरिनाथ नभएको भए अहिले नेपाल इंडियाको प्रान्त हुन्थ्यो।) 



राष्ट्रसंघमा प्रमाण स्वरुप पेश गरेको  स्वर्ण प्रज्ञापारमीताको प्रति।  

राजा महेन्द्रले त्यस लगत्तै चिन संग सन्धि गरे एवं चिनले नेपाललाई सहयोग स्वरूप १ करोड पच्चीस लाख डलरको परियोजना एवं पैसा उपलब्ध गरायो। त्यसको २ वर्ष पछि सन् १९५८मा राजा महेन्द्रले इन्डियन सेखी झार्न रुस भ्रमण गरे।  रुसले नेपाललाई ५० शैया अस्पताल, चुरोट कारखाना, चिनि मिल, जलबिद्युत परियोजना र पूर्वपश्चिम राजमार्गको सर्भे गरिदिने सहमति भयो। (स्रोत:सिआइएको दस्तावेज) पूर्वपश्चिम राजमार्ग असफल पार्न इन्डियाले त्यो बेला नेपालका भुमिगत दल जो अहिले सत्ता र प्रतिपक्षमा छन्, उनिहरुलाइ हात लिएको थियो। राजमार्ग नबनाए आफ्नै भुमीमा आवातजावत गर्न पनि इन्डियाको भुमी प्रयोग गर्नु पर्थ्यो। 




इन्दिरा गान्धीले आफ्नो स्वीकृति बिना किन महेन्द्र राजमार्ग निर्माण गरेको भन्दै नेपाल इंडियाको सुरक्षा छातामा छ भनिन्। नेपाल हिमाली देश भनेर चिनिन्छ र समथल भूभाग भनेको इंडियाको चिन्ह हो त्यसैले पुर्व पश्चिम राजमार्ग बनाउन अघि इंडियाको अनुमति किन न मागेको भनिन् ?  राजा महेन्द्रले खुकुरी भनेको नेपालको चिन्ह हो, को कसको सुरक्षा छातामा ? भन्दिए । गान्धी अक्क न बक्क भईन्। आफ्नो अंग रक्षकलाई हेर्दा उसको शैन्य पोशाकमा रहेको खुकुरीको क्रस देखे पछि उनले बल्ल राजा महेन्द्रको कुरा बुझिन्। आफ्नो अंगरक्षकबाट गोर्खा रेजिमेन्ट हटाएर शिख समुदाय बाट अंगरक्षक राखिने प्रावधान मिलाईन्। तर उनि आफ्नै शिख अंगरक्षकबाट मारीईन्। राजा महेन्द्रले इंडियाको पकडबाट नेपालको नोकरशाहीतन्त्र(ब्युरोक्रेसी)लाई मुक्त गराए, मातृकाको नेपाली कांग्रेस सरकारको अनुमतिमा नेपालमा राखिएको १८ इन्डियन सेनाको चेकपोष्ट हटाए। (स्रोत:इंडियाले नेपाल माथी गरेको ज्यादतीको नालीबेली)


ले ती चेकपोष्ट बारे निम्न विवरण उल्लेख गरेका छन्। 
बि.स. २०२६ बैशाख १७ गते राजा महेन्द्रको आदेशमा तत्कालिन प्रधान मन्त्रि किर्तिनिधि विष्टले हटाएका इन्डियन सेनाको चेकपोष्ट निम्न स्थानमा रहेका थिए। 
१) टिङ्कर, दार्चुला
२) धुली, बझाङ
३) मुचु, हुम्ला
४) मुगुगाउँ, मुगु
५) छार्का, डोल्पा
६) थोराङ, मनाङ
७) कैशाङ–छुसाङ, मुस्ताङ
८) अठार सयखोला, गोरखा
९) लार्के, गोरखा
१०) रसुवागढी, रसुवा
११) सोम्दाङ, रसुवा
१२) तातोपानी–कोदारी, सिन्धुपाल्चोक
१३) लामाबगर, दोलखा
१४) चेपुवाघाँटी, सङ्खुवासभा
१५) नाम्चे–च्याल्सा, सोलुखुम्बु
१६) ओलाङ्चुङ्गोला, ताप्लेजुङ
१७) थेचम्मु, ताप्लेजुङ।
१८) च्याङथापु,पाँचथर।
(स्रोत:अतिक्रमणको चपेटामा लिम्पियाधुरा लिपुलेक , रतन भण्डारी)
तर दार्चुलाको त्यो चेकपोष्ट अलि तल सारेर, इन्डियन सेना कालापानीमा बसेको रहेछ। त्यो ठाउँ कब्जा गर्नको लागि पनि राजा महेन्द्र पाखा लगाउन पर्ने मान्यता इंडियाको थियो।

परस्परमा महेन्द्रको अमेरिकी टकराव पनि बढ्दो थियो। सीआइएले चिन-तिब्बतमा विद्रोह गराउने योजना राखेको थियो। त्यसको लागी अमेरिकाको कोलोराडोमा तालिम दिलाएर, हवाईजहाज बाट रेडियो सहित खम्पाहरुलाई नेपालको मुस्ताङ्गमा प्यारासुटको माध्यमले अवतरण गराउने र उनीहरुको सबै गतिविधि एवं सुचना आदान प्रदान गर्ने योजना थियो। त्यसै अनुसार सन् १९६०मा ९ जनालाई कोलोराडोमा तालिम पूर्ण गराए पश्चात प्यारासुटबाट नेपालको हिमाली क्षेत्रमा अवतरण गराइयो तर रेडियोले काम गर्न सकेन। इंडियाको तिब्बती सिमावर्ती क्षेत्र भन्दा नेपालको हिमाली क्षेत्र बाट गतिविधि गर्न निकै पायक पर्ने भएकाले नेपालको मुस्ताङ्गमा सीआइएको रेडियो स्टेसन राख्ने योजना बन्यो। (स्रोत: सिआइएको दस्तावेज) तर मुस्ताङ्गमा रेडियो स्टेसन खोल्ने बारे प्रस्तावलाई राजा महेन्द्रले अस्विकार गरे। नेपालमा चिन बिरुद्ध केहि न गर्न भने। पछि रेडक्रसको राहत, सहयोगको नाममा थुप्रै हतियार पनि नेपालको हिमाली भूभागमा पुराइएको रहेछ। राजा महेन्द्रले त्यसमा पनि रोक लगाए।(माइकेल पिसेल, मुस्ताङ्ग, पृ २३१) महेन्द्रले खम्पा बिद्रोह रोक्ने योजना राखेका थिए। नेपालबाट चिन विरोधी गतिविधि गर्न, साथै बढ्दै गरेको रूसी सम्बन्ध निस्तेज गर्न महेन्द्रलाई पाखा नलगाई हुँदैन भन्ने निष्कर्ष सिआइएले निकाल्यो। त्यसको लागी महेन्द्रको आखेट प्रतिको रुचि बाट उनलाई हात लिने प्रपन्च बन्यो। जसको लागी १९६४ मा सीआइएका एजेन्ट क्लेइन र एक जना अमेरिकी ब्यापारी, टोडी ले वायनद्वारा चितवन सौराहमा जग्गा खरीद गरेर टाइगरटप संचालन गरियो ।

उनि २०२८को माघमा शिकार खेल्न चितवन गएका थिए। टाइगर टप होटलका क्लेइन संग, राजा महेन्द्रले खानपिन गरेको भोलि पल्ट शिकार खेल्दा एक्कासी मुटु दुख्यो भनेर थला परेका थिए। 

चितवन जान अगाडी राजा महेन्द्रले पंचायतको संविधान संसोदन गरेर दल माथिको प्रतिवन्ध फुकुवा गराउन तत्कालिन कानुन मन्त्रि शम्भु प्रसाद ज्ञवालीलाई मस्यौदा तयार पार्न लगाएका थिए। र त्यो संबिधान घोषणा गराउने योजना भन्दा ठिक एक दिन अघि,  दियालो बङ्गलामा राजा महेन्द्रले प्राण त्यागे। नयाँ संविधान वारे राजा र शम्भु प्रसाद ज्ञवाली विच नारायणहिटी दरबारमा महेन्द्रको कक्षमा भेट भएको थियो। तर जुन दिन घोषणा गर्ने योजना थियो सोहि दिन उनको हत्या हुनुले, यो कुरा सहजै अनुमान लगाउन सकिन्छ कि त्यो सुचना राजा चितवन जान अगाडी नै विदेशी सम्म पुगी सकेको थियो। यदि राजाले दललाई रिझाउन सकेमा नेपालमा बाह्य शक्ति खेल्ने आधार बन्द हुने भएकाले नै उनको हत्या गरिएको थियो। तर डाक्टरले उनलाई हृदय घात भएको रिपोर्ट निकाल्यो। राजालाई मर्करी खुलाइएको थियो भन्ने कुरा पनि सुन्नमा आएको थियो। महेन्द्रको हत्या पछि, टाइगरटप वेलायती नागरिकलाई बेचेर अमेरिकीहरु नेपाल छोडेर गए। तर साइअपमा माहिर अमेरिकीहरुले क्लेइनको नाम गोप्य राख्न र ईतिहास गन्जागोल पार्न जोन कोपमानको कथा अगाडी सारे। टाइगरटपको वेबसाइटमा १९७१ लेखिनुले पनि भ्रम पैदा गर्न सक्छ। १९७१मा बेच्ने कुरा टुंगिए पनि, १९७२ को जनवरीमा सीआइएको मिसन सकिए पछि अमेरिकीले त्यो स्थान बेलायतिलाई हस्तान्तरण गरेका थिए।

तर मान्छे भ्रमित पार्न विभिन्न विदेशीका दलालले, राजाले आत्मा हत्या गरेको भन्ने दुस्प्रचार लेखेर गलत ईतिहास स्थापित गर्ने प्रपन्च चालेका छन्। 

इंडियाले आफ्नो पकडमा रहेको नेपाली दलाल दल प्रयोग गरि, सोझो साझो नेपालीको दिमाग भुट्दिएर राजा महेन्द्रलाई सन् १९६२मा जनकपुर भ्रमणमा जाँदा बम हानेर मार्ने प्रयास पनि गराएको थियो। २१ बर्षिय दुर्गानन्द झाले यहि कसूरमा मृत्यु दण्ड भोग्नु पर्यो।

राजा महेन्द्र रसिया र चिन संग नजिकिन थालेकाले अमेरिकी डाहमा इन्डियन मिलेमातोमा सीआइए एजेन्ट र इन्डियन डाक्टरको माध्यम बाट मारिए भन्न सकिने धेरै आधार छन्।


आगामी एपिसोडमा विरेन्द्र तिरको संकट देखि हत्याकाण्ड सम्मको सबै कुरा लिएर आउने छौं।


नेपाल आमाको जय ।

जागुन् राष्ट्रिय गाथा ।।


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।