Posts

Showing posts with the label #spp

चम्कियो नेपालीको नेपालमै बसेर अमेरिकी सेना बन्ने भाग्य।।

Image
नेपालका नेता र तिनका गिदी भर्दिने वुद्धिजीवीहरुले नागरिकता विधयेक बारे बुझाउन नजानेको वा नसकेको वा घाँटीमा हड्डी अड्किएर आवाज न निस्किएको होला ?? अब हुने नागरिकता विधयेकबाट नागरिकता वितरण गरे भोट पाइञ्छ भन्ने बाहेक अरु कुरा देख्न नसक्ने आँखा फुटेको गोरुहरुले के गर्दै छ, थाहा छ ? ल डट जोडेर हेरौँ।। १) मोदी हेलिकप्टरमा लुम्बिनी आउँछन्, नेपाल आफ्नै प्रान्त सरह हो भनेर अमेरिकालाई संदेश दिञ्छन्।  २) त्यसको एक हप्तामा अमेरिकी उपमन्त्री र तिब्बती मामिला संयोजक उज्रा जेया इण्डिया आउँछिन्, धर्मशाला घुसेर तिब्बती मुभमेन्टवालालाई भेटेर इण्डियन उच्च पदस्तलाई पनि भेटेर भावी योजना बन्छ।  ३) सोहि समयमा नेपालको हायात(चाबहिल-बौद्ध) क्षेत्र तिब्बतीहरुको घुँइचो लाग्ने ठाउँमा विभिन्न मुलुकका दुतावासका निलो नम्बर प्लेटवाला गाडीहरु आवत जावत हुञ्छ। नेपाली झण्डावाहकसंगै हरियो गाडीमा कालो सिसा लागेको गाडी पनि एस्कर्टिङ्ग सहित हायातमा २ दिन सम्म चहल पहल बढ्नु।। अरु कुनै कार्यक्रम थियो भने जानकारले राख्दिनु होला।।  ४) उज्रा जेया काठमाडौँ आएर भ्रमण तालिकामा नभएको तिब्बती शरणार्थी भेट्ने कार्यक्रम मि...

स्टेट पार्टनरसिप र इकोनोमिक हीटम्यान।

Image
इण्डो प्यासिफिक सैन्य प्रमुख फ्लिनले नेपालका प्रधान सेनापतिसंग भेटे पछि, "नेपाल ल्याण्ड पावर हो", भन्ने अभिव्यक्ति दिएका थिए। इण्डो प्यासिफिक क्षेत्रको समुन्द्र नजोडिएको र हवाई सैन्य पनि नरहेको नेपाललाई खासमा थल शक्तिको संज्ञा दिनुको कारण कतै नेपालको थल(जमीन) अमेरिकी धृष्टताको निम्ति प्रयोग गर्ने नियत त होइन?  तर नेपाललाई इण्डो प्यासिफिक क्षेत्रको ल्याण्ड पावरको रूपमा संज्ञा दिएको यो पहिलो घटना होइन। जेष्ठ ६ र ७, २०७७मा आयोजना गरिएको पहिलो इण्डो प्यासिफिक ल्याण्ड पावर सम्मेलनमा नेपाली सेनाका तर्फबाट तत्कालिन बलाध्यक्षरथी प्रभुराम शर्मा(हाल सेनापति)ले सहभागिता जनाएका थिए । अमेरिकी सेनाका चीफ अफ जनरल स्टाफ जनरल जेम्स सी म्याककनमिलले पनि सम्वाेधन गरेको सो सम्मेलनमा इण्डो प्यासिफिक क्षेत्रको क्षेत्रीय सुरक्षा चासोको प्रतिष्पर्धासँगै सन्तुलन, आगामी दशकका लागि स्वतन्त्र र खुला इण्डो प्यासिफिक विषयमा चर्चा भएको थियो। अर्थात इण्डो प्यासिफिकको ल्याण्ड पावरको संज्ञा नेपालले पाएको २ वर्ष अघि देखि हो।  यस पटक इण्डो प्यासिफिक सैन्य प्रमुख नेपाल आए लगत्तै नेपालले अमेरिकी कम्पनिसंग हतियार ख...