Posts

Showing posts with the label narendramodi

मोदी कलियुगमा साधुको भेषमा लुटेरा । तथ्य सहित।

Image
  आजको आलेखमा नेपालीहरुमा परेको अर्को भ्रम चिर्ने प्रयास गरिएको छ। प्राय सबै नेपाली जनताले इण्डियालाई राम्रै चिनेको, भोगेको र चेतेको अवस्था छ। तरपनि केहि केहि तेजाबे बुद्धिजीवीहरुले इण्डियासंग हाम्रो संस्कार मिल्छ, इण्डियामा रोजगारीको लागि लाखौँ नेपाली गएका छन्, त्यसैले इण्डिया नेपालको सम्बन्ध खराब गर्न हुँदैन भनेर आफ्नो प्रभावमा रहेका भेडालाई सुम्सुमाउने प्रयास गरेको देख्न सकिञ्छ। त्यस्ता पात्रलाई, "नेपालीहरु अहिले श्रम गर्न नगएको कुनै पनि देश बाँकी छैन होला, के अब ती देशले नेपालमा ठाडो हस्तक्षेप गर्ने, सिमा लुट्ने अनि हामीले तालि बजाउने ? तपाईंहरुले कति आइसी पाउनुहुञ्छ, एस्तो कुतर्क गरेर आमाको बक्षस्थलमा इण्डियन नङ्ग्राले लुछ्ने माहोल बनाए वापत? भनेर प्रश्न राख्न चाह्यौँ।  केहि केहि ठालुहरुले त पहिलेको इण्डिया र अहिलेको इण्डिया फरक छ, इण्डियाले नेपाललाई हेर्ने आफ्नो शैली फेरेको छ भनेर बकेको पनि पाइयो। अझ मोदी र उसको टिमले नेपालमा धर्म संस्कृति बचाउने छन् भनेर नेपाल भरि भारतीय जनता पार्टीको माउ संगठन राष्ट्रिय स्वयंसेवक संघको हाँगा बिगा खोलिएको छ। स्मरण रहोस्, नेपालबाट राजदरब...