Posts

Showing posts with the label #योगी_नरहरिनाथ

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

Image
राष्ट्रगुरु योगी नरहरिनाथबारे लेखिएको अघिल्लो आलेख धेरैले रुचाउनु भएको र नयाँ पिडिले त्यस्तो अद्वितीय मान्छे पनि नेपालले पाएको रहेछ भनेर अरु जान्न इच्छा राखेको कुराले निकै हर्षित छौँ। आजको आलेख खोज, अनुसन्धान एवं विश्लेषण शैलीमा प्रस्तुत गरिएको छ। वरिष्ठ पत्रकार एवं लेखक प्रेम कैदी, सौरभ र वृहद आध्यात्मिक परिषद्का सचिव रहनु भएका विश्व पोखरेलको लेखको केहि अंशलाई तार्किक विश्लेषण, व्याख्या र योगीजीको जीवनका घटना संग जोडेर हजुरहरु सम्म ल्याएका छौँ।  नेपालको ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।  हिन्दुत्त्वलाई माया गर्ने योगीजी, इण्डियाको स्वतन्त्रताको लागि पनि आफ्नो ज्यान दिएर लागि पर्नु भयो। इण्डियाको इसाई(ब्रिटिश) विरोधी थुप्रै आन्दोलनमा भाग लिनु भयो। कति पटक जेल पर्नु भयो, कति पटक कुटाई खाएर मरणासन्न हुने गरि थला पर्नु भयो। मर्यो भनेर लाशै लाशको थुप्रोमा फ्याकिनु भयो। त्याँहाबाट पनि उठेर आउनु भयो। (प्रेम कैदी) किनकि नेपाल देशले रक्षक खोजेको थियो। अलिकति ८ दशक अघिको घटना तर्फ फर्कौं।   जब इण्डिया र पाकिस्तान छुट्टिने कुरा आयो, योगीजी, पाकिस्तानबाट आउने हिन्द...