ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।



राष्ट्रगुरु योगी नरहरिनाथबारे लेखिएको अघिल्लो आलेख धेरैले रुचाउनु भएको र नयाँ पिडिले त्यस्तो अद्वितीय मान्छे पनि नेपालले पाएको रहेछ भनेर अरु जान्न इच्छा राखेको कुराले निकै हर्षित छौँ। आजको आलेख खोज, अनुसन्धान एवं विश्लेषण शैलीमा प्रस्तुत गरिएको छ। वरिष्ठ पत्रकार एवं लेखक प्रेम कैदी, सौरभ र वृहद आध्यात्मिक परिषद्का सचिव रहनु भएका विश्व पोखरेलको लेखको केहि अंशलाई तार्किक विश्लेषण, व्याख्या र योगीजीको जीवनका घटना संग जोडेर हजुरहरु सम्म ल्याएका छौँ। 


नेपालको ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ। 


हिन्दुत्त्वलाई माया गर्ने योगीजी, इण्डियाको स्वतन्त्रताको लागि पनि आफ्नो ज्यान दिएर लागि पर्नु भयो। इण्डियाको इसाई(ब्रिटिश) विरोधी थुप्रै आन्दोलनमा भाग लिनु भयो। कति पटक जेल पर्नु भयो, कति पटक कुटाई खाएर मरणासन्न हुने गरि थला पर्नु भयो। मर्यो भनेर लाशै लाशको थुप्रोमा फ्याकिनु भयो। त्याँहाबाट पनि उठेर आउनु भयो। (प्रेम कैदी)

किनकि नेपाल देशले रक्षक खोजेको थियो। अलिकति ८ दशक अघिको घटना तर्फ फर्कौं।  

जब इण्डिया र पाकिस्तान छुट्टिने कुरा आयो, योगीजी, पाकिस्तानबाट आउने हिन्दुको लाशको दाह संस्कार गरेर लामो समय बिताउनु भयो। तर इण्डिया ब्रिटिश साशनबाट स्वतन्त्र भए लगत्तै गान्धी, नेहरु र राहुल सांकृत्यायन मन्सुरीको होटेलमा तीन दिनसम्म गोप्यरुपमा, हिमालयदेखि समुन्द्रसम्म नै अखण्ड भारत थियो भनी आसपासका स्वतन्त्र देशहरूको इतिहास मेटाउने, षड्यन्त्र बुनेको बारेमा चाल पाए पछि योगीजी एक्लैले देश बचाउन नेपालको सक्कल इतिहासको अनुसन्धान आरम्भ गर्नु भयो। राहुल सांकृत्यायनले प्राचिन ग्रन्थमा उल्लेख भएको भारतवर्षको आडमा अखण्ड भारतको रुप रेखा तयार पारे। तर योगीजीले नेपालको आफ्नै विरासत हिमवत्खण्ड रहेको पुष्टि गर्दै हिमवत्खण्ड नामको पुस्तक तयार गर्नु भयो। तर त्यो पुस्तक इण्डियन छापाखानाले छाप्न बाट रोक्यो र नेपालका नेताहरुले पनि इण्डियन मालिकको आदेश बमोजिम प्रकाशन गर्न रोक लगाए। 

तत्कालीन इस्ट इण्डिया कम्पनी हालको पाकिस्तान, इण्डिया र बंगलादेश एवं तिब्बत र अफगानिस्तान सम्मको भूभागमा पुगेर सबै प्राचीन ईतिहास सम्बन्धि जानकारीमुलक दस्तावेज एवं घटनाहरूको बारे लेखन र संकलन गर्नुभएको थियो योगीजीले। (स्रोत: योगी नरहरिनाथ; नभएको भए अहिले नेपाल इण्डियाको प्रान्त हुन्थ्यो।)


गान्धी, नेहरु र राहुल सांकृत्यायनको षड्यन्त्रबारे थाह पाए पश्चात, तत्कालिन प्रधानमन्त्री मोहन शमशेरले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता बचाउन, संयुक्त राष्ट्र संघमा दर्ता गर्न पर्ने कुरा बुझे। उनले योगीजीको ऐतिहासिक दस्तावेज संकलन, ज्ञान, सन्धि पत्र आदिको आधारमा राष्ट्र संघमा पठाउने प्रतिवेदन, तत्कालिन परराष्ट्र मामिला महानिर्देशक विजय शमशेरलाई तयार पार्न लगाए। योगजिको त्यो ज्ञान र योगदानले उहाँ यथार्थमा नै राष्ट्रगुरु बन्नु भयो। 



नेपालको सार्वभौम अस्तित्वको बचावको लागि पद्म समशेर राणाको पालामा नै तयारी चलेको थियो। योगीजीको सल्लाह, मार्गनिर्देशन र ईतिहासका तथ्य संकलनको योगदानको लागि वि स २००४ सालमा योगीजीलाई राष्ट्रगुरुको उपाधिले तत्कालिन नेपाल सरकारले सम्मानित गरेको थियो। । 


त्यस पछि इण्डियाले योगीजीको सबै गुण बिर्सियो। इसाईको कब्जाबाट स्वतन्त्रता, हिन्दुत्त्वको रक्षा गर्न योगीजीले इण्डियालाई दिएको योगदान सबै बिर्सेर, योगीजीलाई शत्रु बनायो। बाहिर हेर्दा योगीजी महान भन्ने, तर नियत र व्यवहार निकै तुच्छ गर्न सुरु गर्यो इण्डियाले। 

त्यसको केहि महिनामा राहुल सांकृत्यायनले फर्जी इतिहास तयार गरे। त्यसैको आधारमा सन् १९५०, १७ मार्चमा नेहरुले इण्डियन संसदमा यस्तो अभिव्यक्ति दिए। “among the other country there is Nepal, almost geographically a part of India, though an independent nation”

अनुवाद: “अन्य देशहरु मध्ये एउटा छ नेपाल, जुन स्वतन्त्र भनिएता पनि, भौगोलिक रूपमा इण्डिया नै हो।” 

यो इण्डियन टिप्पणीलाई नेपालको सार्वभौम अस्तित्व स्वीकार नगरेको भनेर बुझ्दा हुन्छ। सर्दार बल्लभ भाई पटेलले इण्डियाको हैदराबाद र कश्मिर जस्तै गरी नेपाललाई अब इण्डिया अधिनस्त गर्न पर्छ भन्नुले पनि इण्डियन कुनियतको पुष्टि गर्छ। त्यो अभिव्यक्ति पछाडिको इण्डियन नियतको आँकलन गर्दै श्री ३ मोहन शम्शेर जङ्गबहादुर राणाले त्यसको ४ महिना २ हप्ता पश्चात नेपाललाई स्वतन्त्र, सार्वभौम देशको अस्मिता कायम राख्दै सन् १९५० को सन्धि गराए। नेपाली राणाको ब्रिटिश संग राम्रो सम्बन्धको कारण मोहन शम्शेरको कुटनीतिक प्रभावलाई निस्तेज पार्न इण्डियाले नेपालमा स्वतन्त्रताको नाममा इण्डियन तुरुप कोईराला कार्ड फाल्न कांग्रेस निर्माण गरायो। वि स २००७ सालमा प्रजातन्त्रको नाममा भएको क्रान्ति वास्तवमा छद्म स्वतन्त्रता रहेछ यथार्थमा त्यो इण्डियन उपनिवेशीकरण रहेछ। 


वि. स. २०१२ सालमा नेपालको संयुक्त राष्ट्र संघमा स्वतन्त्र सार्वभौम मुलुकको रूपमा दर्ता प्रक्रियाको अन्तिम चरण चल्दै थियो। नेपालका दलाल नेता र इण्डिया मिलेर नेपाललाई संयुक्त राष्ट्र संघमा इण्डियन प्रान्तको रूपमा राख्ने कुचेष्टा गर्दै थिए। इण्डियाले रुसलाई नेपाल स्वतन्त्र देश होइन भनेर भिटो प्रयोग गर्न मनायो। चार पटक सम्म रुसले नेपाल स्वतन्त्र देश होइन ,त्यसैले राष्ट्र संघको सदस्य दिनु हुँदैन पनि भन्दियो। तर राष्ट्रगुरु योगी नरहरि नाथको ऐतिहासिक ज्ञान र तथ्यपूर्ण दस्तावेज संकलनको आधारमा सबै मापदण्ड पुराउन सफल भएकाले नेपालले सार्वभौम राष्ट्रको रुपमा राष्ट्र संघमा सदस्यता पायो। 

योगीजीको संकलनले नै नेपाल इण्डिया अधिनस्त हुन पाएन। २००८ को कोशी र २०१६ को गण्डक सम्झौताको पनि योगीजीले खुलेर विरोध गर्नु भयो। त्यस पछि इण्डियनको कुदृष्टि योगीजी माथि पर्यो। त्यसैले विसं २०१५ र २०१७  सालमा मृगस्थलीको प्रांगणमा तत्कालीन इण्डियन दलालको सरकारद्वारा (पंचायत सुरु भै सकेको थिएन) प्रहरी खटाएर आगो लगाइयो। जसका कारण हप्ता दिनसम्म पनि मृगस्थली क्षेत्रमा धुवाँको राग गन्हाइरहेको थियो। त्यहि नेपालको प्राचिन ऐताहासिक दस्तावेज नष्ट पारेर इण्डियाले वैदिक तथ्यहरु तोडमोड गर्दै सबै आफ्नै पोल्टामा हाल्दै छ। विक्रम संवत, राम जन्म भूमि, विभिन्न धाम, ज्योतिर्लिङ्ग र धार्मिक, ऐताहसिक महत्त्वका ठाउँको नक्कली स्थान्तरणको कुचेष्टा इण्डियन सरकारले जोडतोडले गर्दै आएको छ।  एवं विविध विषय बारे धार्मिक डकैत भएको छ। जुन हाल सम्म पनि निरन्तर चल्दै छ। 


“धेरै हस्तलिखित पुस्तक र ऐतिहासिक अभिलेख जम्मा गरेका थिए, मृगस्थली गोरखनाथ मठमा योगी नरहरिनाथले। गोर्खाकाण्ड गराएको अभियोगमा सबै झोली तुमडी जलायो, जोगीका मृगस्थलीको प्रांगणमा तत्कालीन सरकारले। तीन दिनसम्म कुइँरीमण्डल भयो, योगीले जम्मा गरेका थोत्रा कागजको आहुति गर्दा। मानिसको रिस कागजपत्रमा पोख्यो प्रहरीले पनि। यी राष्ट्रिय निधि हुन् भन्ने ज्ञानै आएन कसैलाई। नरहरिनाथलाई हटाएर आफू भाले हुने दाउमा थिए, उनका आलाकाँचा र अनपढ कांग्रेसी चेलाहरू। वि सं २०१५ सालमा सरकारद्वारा प्रहरी खटाएर आगो लगाइयो, जसका कारण हप्ता दिनसम्म पनि मृगस्थली क्षेत्रमा धुवाँको राग गन्हाइरहेको थियो भनिन्छ ।”  असहमति ३, पृष्ठ १६५ -सौरभ


योगीजीले कर्मवीर महामण्डल संस्थाको माध्यमले देशव्यापी जागरणको काम गर्नु भएको थियो। तर इण्डियाले आफ्ना दलाल प्रयोग गराई योगीजीलाई निकै दुःख दियो। योगीजीको नाम दुरुपयोग गरेर धेरै बद्नाम गराइयो। राजसंस्थासंग दुश्मनी निम्त्याउने काम गरियो। 


योगीजीले संकलन गरेतापनि प्रकाशन गर्ने काम सरकारले गर्नुपर्छ भनेर योगीजीले सरकारलाई बुझाएका कागजातहरू पनि विसं २०३० सालको सिंहदरबार आगलागीमा खरानी भयो। त्यो आगो लाग्ने घटना नियोजित रूपमा घटाइएको भन्ने कुरामा हामी स्पष्ट हुन जरूरी छ। 

योगीजीको नेपाली समाजमा सम्मान र मानिसहरुले योगीजी पार्टी गर्ने श्रद्धा देखेर इन्दिरा गान्धीले दरबारसंग भिडाउने दाउ पनि रचेकी थिईन्। योगिजीलाई पंचायतले जेल हाल्न पाप हुञ्छ भनेर केहि महिनाको लागि देश भन्दा बाहिर बस्न पर्ने उर्दी जारि गर्यो। योबाट इन्दिरा गान्धी निकै खुशी भएकी थिईन् र योगी जीलाई इण्डियामा नै आश्रम, जमीन उपलब्ध गराउने प्रस्ताव गरेको  थिईन्। तर योगीजीले त्यो प्रस्ताव सोझै इन्कार गर्दिनु भएको थियो। 


त्यसरी नै पञ्चायत कालमा योगीजीले लर्ड मैकाले शिक्षा पद्धतिको विरोध गरेर पूर्वीय सभ्यता, भाषा र संस्कृतिको रक्षाका लागि दाङमा दानबाट १२ हजार बिघा जमीनमा संस्कृत विश्वविद्यालय खडा गर्न सफल भएपछि पश्चिमाको पनि योगीजी बिरुद्ध षड्यन्त्र सुरु भयो। पश्चिमाको हरेक आइएनजिओले के कस्तो नियत सहित नेपाल छिरेको छ, कस्तो नीतिले के कति दुर्घटना बोकेर आउँदै छ ? योगीजीले त्यस्ता कुरा केलाएर सबैलाई सचेत गराउने भएकाले पनि योगीजीमाथि पश्चिमाको कुदृष्टि पर्यो। 

काठमाडौँ कब्जा गरेर बसेका इसाई, मुसाई, कसाई र चुसाईले नयाँ शिक्षा नीतिको विरोध गरेको अभियोग लगाएर वि.सं. २०३३ साल साउनको महिनामा उहाँसहित केशवप्रसाद सापकोटालाई पञ्चायती सरकारले ६ महिना हिरासतमा  राख्दा पञ्चायतका ब्यक्तिहरूले उहाँको ज्यान नै लिने उद्देश्यले काँचको धुलो मिसाएको पानी खान दिँदा धेरै समयसम्म मुर्छित हुनुभयो। (विश्व केसी) 


यो चरम यातना नेपाललाई सदैव कुदृष्टि राख्ने इण्डियन र पश्चिमाहरुकै आदेश अनुसार, दरबारलाई घेरा हालेका काला शर्पहरुले घटित गराएकोमा कुनै दुईमत छैन। 


पञ्चायत सरकारले अर्कै प्रसंगमा भए पनि कोपदृष्टि राखेपछि उनी(योगीजी) गोरखपुरको आश्रममा पाहुना लाग्न गए। भनिन्छ,  त्यहाँ उनलाई तीन महिनासम्म बन्दीजस्तै बनाए मठाधीश अवैद्यनाथले। त्यो अवधिमा ब्लेडले छाला चिरेर नुनचुक लगाइयो। अरू केहीका भनाइमा मलद्वारमा खुर्सानीको धुलो भरियो । असहमति ३, पृष्ठ १६७ -सौरभ


यस बाटनै यो सबै इण्डियाको प्रपन्च थियो भन्ने कुरा पुष्टि हुन्छ। नाथ सम्प्रदायका एक विशिष्ठ व्यक्तित्व योगी नरहरिनाथलाई गोरखपुरकै नाथ सम्प्रदायका कथित महन्तले त्यस्तो तुच्छ यातना दिनुको कारण उनीहरुको अखण्ड भारत र नेपाल खाने उद्देश्य चकनाचुर भएर हो। 

त्यँही गोरखपुरमा ईतिहास तोड मोड गर्न, धर्म संस्कारमा कलंक घोल्न गीता प्रेस पनि छ। त्यहि गीता प्रेसमा स्कन्द पुराण अपूर्ण, अशुद्ध छ। योगीजीले संकलन गरेर तयार पारेको हिमवत खण्ड बारे त्यसमा छापिन्न। किनकि उनीहरुले त्यहि गीता प्रेसमा मुद्रण गरेको पुस्तक, पुराण र अन्य धार्मिक ग्रन्थबाट भ्रम सृजना गराएर नेपालको धार्मिक, सांस्कृतिक महत्त्वका धरोहर लुटेका छन्। नेपालको असल स्थानहरुलाई ओझेलमा राखेर भ्रम पैदा गराइएको छ। अब नेपालले आफ्नै गुरुकुलमा मिल्किएका एवं प्राचिन काल देखि पुस्तान्तरण हुँदै आएका पाण्डुलिपि खोजेर प्रकाशन सुरु गर्न आवश्यक छ। त्यसो नगरेमा अखण्ड भारतको लागि काम गर्न, दिमाग भुटिएका जमातहरुको हालीमुहाली हुनेछ। संस्कृति बचाउने निहुमा धर्मको आड लिएर राष्ट्रिय स्वयम् सेवक संघका प्राज्ञिक भनौँदा बोलाएर मौलिकताको बोक्रा लगाएर काम अघि बढ्दै छ। २०१७ साल देखि, योगीजीले, राजा महेन्द्रले नेपालको साशन, प्रशासन नेपालको आफ्नै मौलिकतामा आधारित हुन पर्छ भन्ने कथनीलाई ओझेलमा पारेर इण्डियन राष्ट्रिय स्वयम् सेवक संघका आडमा नेपाली मौलिकताको ब्राण्ड एम्बेसडर बन्ने र पश्चिमा चिन्तन अनुसार तस्विर र नामको मोहमा अल्झेका जमात छद्म पश्चिमा हुन्। 

पूर्वीय दर्शनको दार्शनिक, ऋषिआदि उत्पादन गर्ने मूल सार, “संसार, सृष्टि सबै एकदिन विलिन हुनेछ, त्यसैले काम गर फल र मोहमा न अल्झेउ, सबैलाई समान देख”। यो कुरा बुझ्न नसके सम्म नेपाली समाजमा म ठुलो, मेरो पार्टी ठुलो भन्ने त्यहि वि स २००७ साल देखि खनिएको खाडलमा देश पुरिने छ।


योगिजिको वि स २०३३ सालमा मृगस्थलीमा आयोजित कार्यक्रममा राष्ट्र र राष्ट्रियता बारे बोल्ने क्रममा अभिव्यक्ति भएको, “नयाँ शिक्षाले उत्पादन गर्ने नै छद्म पश्चिमा हुन्”, भन्ने भाव सत्य सावित गर्दै छन् केहि दुषित ब्रह्मराक्षसहरु। 

रिलिजनको सिको गरेर व्यक्ति पुजित हुने र पुजा गर्ने अनि नयाँ पन्थ बनाएर समाज विभाजन गर्ने नेपालको मौलिकता हुन सक्दैन। निर्दलीय जन प्राथमिकतावाद नै नेपाल जस्तो एकत्त्वको, समन्वयात्मक मौलिकता भएको देशमा रहन सक्छ।

जति दल जति अभियान त्यति नै समाज विभाजन भएको यथार्थ सबै नेपालीले मनन गर्न सक्न पर्छ। 


विशाल नेपाल

सुघौली सन्धि खारेज भै सकेको अवस्थामा नेपालको गुमेको भूभाग पुनः प्राप्ति गर्न पर्ने मागको साथ् योगीजी सहित प्रल्हाद हुमागाई, प्रकाशराज देवकोटा, अशोकलाल श्रेष्ठ र अधिवक्ताहरू रामजी विष्ट, श्यामप्रसाद ढुंगेल र राधेश्याम लेकालीहरूद्वारा वि.सं. २०५४ साल आषाढ ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। यस रिट उपर के कस्तो फैसला भयो भन्ने सम्बन्धमा अहिलेसम्म पनि कुनै जानकारी प्राप्त हुन सकेको छैन। (विश्व केसी) 

गोर्खा राष्ट्र र गोर्खा पहिचान सम्बन्धि योगीजीको लेख, पुस्तक र प्रवचनले दार्जिलिंग, सिक्किमका गोर्खाली(किराँत, तामांग, मगर, गुरुङ आदि)लाई गोर्खाल्याण्ड आन्दोलनमा होमिन मद्दत गरेको थियो। र त्यसको सफलता सम्म पुग्न पनि अवश्य आड र आँट प्रदान गर्ने नै छ। र यसले नै विशाल गोर्खा देश पुनः निर्माण गराउने छ। 



१६ औं शताब्दी देखि संसारभरि आफ्नो साम्राज्य फैलाउँदै र सबैको यथार्थ ईतिहास नामेट पार्दै विश्वव्यापी कब्जा र उपनिवेशीकरण गर्दै हिँडेका युरेपेली साम्राज्यवादीहरुले मेटाउन नभ्याएका ईतिहास योगीजी संग भएकाले पनि योगीजिको संकलनमा बारम्बार आगजनी गराइएको थियो। अझै पनि उनीहरु योगीजीको संकलनलाई सतहमा आउन नदिन आफ्ना गुलाम प्रयोग गर्दै छन्। इण्डियाको लगभग हरेक ठाउँका गुरुकुलबाट उनीहरुले सक्कल प्रति लुटेर, तोडमोड गरेको, दुषित गराएको र कलंक घुलाएको छन्। तर, योगीजीले गाउँ, बिकटका घर घरानमा पुगेर असल ईतिहास, ग्रन्थ संकलन गरेकाले पनि योगिजिको संग्रह अझै पनि ओझेलमै राखिएको छ। योगिजिको मृत्यु पछि पनि वृहद आध्यात्मिक परिषदमा रहेको संकलन पानीले गलाएर, धुजा धुजा पारियो। ३ दिन सम्म पानि पर्दा, पानि पस्ने अवस्थामा रहेको टहरोमा कसैलाई पनि त्यसको उद्दार गर्न पस्न दीइएन। 


नेपालको सक्कल ईतिहासको बचेको दस्तावेजहरु अझै पनि धमिराले खाएका छन्, कतिको अक्षर चिनिने अवस्था छैन, कति जमेर डल्लो परेका छन्। । हजारौं दस्तावेज पानीले गलायो, कतिलाई आगोले जलायो अहिले पनि धमिराले धुजा धुजा पार्दै छ। न सरकार, न नेता, न अभियान्ता, न नागरिक कोहि पनि यस विषयमा अग्रसर छैन। कसैलाई वास्ता नै छैन। हामीले केहि महिना अगाडी योगी नरहरिनाथ बारेको लेखमा पनि यी कुरा बतायौँ। कोहि नेपालीलाई छोएन। सबै अभियान्तालाई पैसा पठाउने र फोटो फेसबुकमा हालेर फेमस बन्ने होडमा छन्। ईतिहास बचाउन, राष्ट्रिय गाथा जगाउन सबैले बोल्न पर्यो, लेख्न पर्यो, खोज्न पर्यो।

  

युगद्रष्टा, महागुरु, राष्ट्रगुरु, राष्ट्ररक्षक, नेपाल संरक्षक योगी नरहरिनाथले संकलन गरेका पुस्तक र प्राचिन दस्तावेजहरू पुनः प्रकाशन पुनः मुद्रण एवं संरक्षण गर्न नसकेमा नेपालको नेपाल सापेक्ष सत्य इतिहास सदाको लागि हराउने दुरावस्था आउनेछ। त्यसैले कृपया हामी सबैले जे जति सहयोग गर्न सक्छौँ आफ्नो इतिहास बचाउन जति गर्न सकिन्छ सबैले मिलेर गरौँ। मृगस्थली आश्रम पुनःनिर्माण गरेर पुस्तकालय निर्माण गरि सबै पुस्तक बचाउने उद्देश्यका साथ यो सहयोगको अपिल गर्दछौँ। 

अबको चोटि पशुपतिनाथ पुग्दा  ५ मिनेट गुहेश्वरी जाने बाटोमा पाइला घिसार्ने प्रयत्न गरौँ। मृगस्थलीमा अवस्थित वृहद आध्यात्मिक परिषद, गोरख मठमा पुगेर देशको सक्कल ईतिहासको अवस्था अवलोकन गरौँ। त्यति गर्न नसके अबको केहि वर्ष कुरौँ, आफ्नो ईतिहास खाडल खनेर आफैँ पुरौँ। 


नेपाल आमाको जय। 


जागुन् राष्ट्रिय गाथा। 



अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)



Comments

Popular posts from this blog

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

कोरोना: फैलाउने योजना धेरै अघि तय भएको थियो। प्रमाण सहित।