Posts

Showing posts with the label ऋषि पराशर

नेपालीले बिर्सिएको नेपालको वैभव विरासतका गाथा। भिडिओ सहित।

Image
  नेपाली परियो, नेपालकै बारेमा लेख्नु छ केही शब्दहरु। तातो न छारो, लाजको पसारो !! ‘तिम्रो राष्ट्र कुन चाहिँ पर्यो ?’  भनेर सोध्दा सबैलाई नेपाल भनिन्छ। त्यो बाहेक अरु खासै नेपाल बुझे जस्तै लाग्दैन।  ल अब सबैले पढौं, सबैले बुझौं। नेपाल के हो ?  नेपाल कल्पौं-कल्पबाट निरन्तर, जीवन्त चलिआएको देश हो। प्राय जसो सबै प्राचिन देश र संस्कृति, संग्राहलय वा पुस्तकमा सिमित छन्।  तर नेपाल मात्र यस्तो देश हो, जो हरेक युग, हरेक लय-प्रलयको साक्षी रहँदै आफ्नो बिरासत कायम राख्दै आएको छ। यसको नाम सत्ययुगमा देवभूमि-जहाँ देवताहरु बस्ने गर्थे र सत्यवती-जँहा सत्यको साक्षात्कार हुन्छ,  त्रेतायुगमा तपोभूमि- जँहा तप गरेर सत्य बुझ्न सकिन्छ,  द्वापरयुगमा मुक्तिसोपान- जुन भूमिबाट मुक्ति प्राप्त गर्न सकिन्छ (पांच पाण्डव पनि मुक्ति प्राप्तिको लागि प्युठान जिल्लाको स्वर्गद्वारी आएका थिए) र हाल कलियुगमा नेपाल रहिआएको छ।  पुराण, कथा, इतिहास सबैको आधार लिएर भन्दा, हाल यो देश जुन दरिद्र अवस्थामा छ, यस्तो पहिले कहिल्यै नरहेको यकिन हुन आउँछ।  नेपालको सिमा फेरबदल भएको तथ्यहरु छन्।...