Posts

Showing posts with the label fame syndrome

कोरोना भन्दा डरलाग्दो रोग "फेम सिण्ड्रम(भाइरल कम्प्लेक्स)"

Image
फेम सिण्ड्रम(भाइरल कम्प्लेक्स ) यो एक मनोरोग हो। यस मनोरोगमा प्रख्यात हुने, बहुचर्चित बन्ने, परिचित हुने मनासयले जति गिरेर भए पनि सबैको ध्यान आफु तिर आकर्षण गर्ने होडबाजी र आफूलाई सबैले  चिनुन, जानुन र मानुन भन्ने विचारधारा एकदम बलियो हुन्छ। यसको लागि मान्छे जति पनि गिर्छ, झुटो बोल्ने, ठग्ने, मिडिया क्यामेराको अगाडि जे पनि गरेर आफूतिर ध्यान आकर्षित गर्ने, आफू चर्चित हुन केहि कसर नछोड्ने गर्छ, मान्छे संग बिभिन्न वहाना गरेर पैसा मागेर आफ्नो प्रचार गर्ने, आफुलाई ठुलो सावित गर्ने, सोच्न नसक्ने न्यून स्तरको भेडा खोज्ने र तिनलाई अरिंगालमा परिणत गर्ने अनि आफ्नो प्रचारवाजीमा लगाउने आदि यसका लक्षणहरु हुन्।  कुख्याति होस् या ख्याति इनिहरुलई मतलव हुँदैन। फेमस हुनको लागि पुण्य गौतम भन्ने मान्छेले २०७७ को वैशाखमा आत्महत्या गर्छु भन्यो, युट्युबको भिडियो मा आफुलाई कुट्न लगाएर हेमाको पैसा ठग्ने नाटक गरेर फेमस भएको  थियो। अहिले पुण्य जहाँ उभिन्छ, त्यहाँ युट्युबे पत्रुकारको लाइन लाग्छ। अहिले टिकटकमा त्यस्ता रोगीहरु छापछाप्ती देख्न सकिन्छ। कहिले कसो फेमस  हुने होडबाजीमा पुलबाट खसेर मरे...