नेपालीलाई नेपाल चिनाउने चेष्टा (भाग २) साहस, वीरता, सैन्यबल र युद्ध कौशल
साहस वीरता र युद्ध कौशलको कुरा गर्दा बित्तिकै नेपालको सन्दर्भमा कल्पौं-कल्पबाट किराँत भन्ने नाम चलिआएको छ। त्यो विरासत हाल पनि उत्तिकै सान्दर्भिक छ। आज सबैले नेपालीको वीरता, आँट र साहस के थियो? कसरी अहिलेसम्म थुप्रै देशको सिमा एवं अस्तित्व नेपालीहरुले बचाई दिइरहेका छन्। प्राचीनमा प्राचिन देखि वर्तमानसम्मका साहस र बहादुरीका गाथाहरू बारे थाह पाउनुहुनेछ। नेपालीलाई नेपाल चिनाउने चेष्टा भाग २: साहस, वीरता, सैन्यबल र युद्ध कौशल पौराणिक काल शिवको लिला: मुन्धुम, पुराणका कथा लगायत किंवदन्तीहरूको आधार मान्दा शिव (पारुहाङ्ग) योद्धाहरूको इष्टदेव मानिन्छन्। हालसम्म पनि नेपाली सेनाको चिन्हमा त्रिशुल र डमरुले नेपाली सेनाको इष्टदेव उनि नै रहेको तथ्य झल्काउँछ। शिव(पारुहाङ्ग)लाई समेत बन्धक बनाएर राख्न सक्ने आँट सामर्थ्य र युद्ध कौशल किराँतहरुसंग मात्र भएको प्रसंग यस प्रकार छ । शिव लिलामा रहेको एउटा प्रसङ्ग अनुसार पार्वती र शिव बिच मनमुटाव हुँदा, देवीले किराँत बस्तीमा जन्म लिनु भयो। शिव करीब दुई दशकसम्म ध्यान मुद्रामा बसे र देवीको बिवाह बारे कुरा चल्नेछ भन्ने दृश्य ध्यानमा आए पछि,...