Posts

Showing posts with the label greater nepal

ग्रेटर नेपाल तुहाउन, इण्डो-पश्चिमाको नयाँ दाउपेच ।

Image
नेपालमा सुघौली सन्धि अघिको साह वंशले आर्जेको भूमि फिर्ता गर्न पर्छ भनेर अभियानहरु सक्रिय भएका दशक बिति सकेको छ। नेपालको ईतिहासका संकलक, संरक्षक, नेपालको पहिचान बचाउने युगद्रष्टा राष्ट्रगुरु योगी नरहरिनाथ ले सुघौली सन्धिमा नेपालको गुमेको भूभाग पुनः प्राप्ति गर्न वि.सं. २०५४ साल आषाढ ३१ गते सर्वोच्च अदालतमा रिट दायर गराएका थिए। योगीजिको त्यो कदम नै नेपालको लागि विशाल नेपाल दावी गर्ने प्रेरणा बन्यो। सर्वोच्च अदालतमा दर्ता गरिएको सो रिट, गायव पारि सकियो तर पनि इण्डियाले नेपालमा गर्ने ज्यादतीको कारण त्यो विषय फेरी-फेरी उठान भैरह्यो। योगीजिको प्रेरणाले धेरै देशप्रेमी नेपालीमा भूमि फिर्ता हुन पर्छ भनेर आलेख लेख्ने आँट पनि आयो। सेनाका अवकास प्राप्त व्यक्तित्व, पत्रकार, लेखक देखि आम सर्वसाधारणमा विशाल नेपाल भन्ने शब्द गुन्जायमान हुँदै गयो। वि.सं. २०६६ श्रावन ३१मा फणिन्द्र नेपाल सहितका देशप्रेमी नेपालीले इण्डियन दूतावास अघि विशाल नेपाल फिर्ता हुन पर्ने आवाज सहित धर्ना पनि दिए। हाल सम्म ग्रेटर नेपाल भन्ने अभियान फणिन्द्र नेपालको समुहले निरन्तरता दिँदै आएको छ भने हजारौँ देशप्रेमी नेपाली यसको समर...