Posts

Showing posts from April, 2022

युद्धले घेरिएको संसारमा पिल्सिएको नेपालको अबको बाटो।

Image
रुसलाई व्यस्त राख्नको लागि युक्रेनलाई प्यादा बनाएर प्रयोग गरिएको २ महिना भै सकेको छ। रुसले आफ्नो हतियार सकेसम्म बचाएर सानो-तिमो हतियार मात्र प्रयोग गरि रहेको छ। यो उसको युद्ध रणनीति हो। युक्रेनमा नै यदि सबै शक्तिशाली, महंगा र गोप्य अस्त्रहरुको प्रयोग गरेमा रुसको सबै शक्तिको हैसियत मापन हुने र उसको ती हतियार भावी दिनमा हुन सक्ने समस्त पश्चिमासंगको युद्धमा कमि हुने आँकलन रुसको रहेको छ।  तर युक्रेनलाई मात्र फसाएर पश्चिमाको न्यु वर्ल्ड अर्डर(नयाँ विश्व व्यवस्था/ द ग्रेट रिसेट) लागु गर्ने अभिष्ट पुरा नहुने यकीन भै सकेको छ। त्यसैले केहि समय देखि रुसलाई आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्न पर्ने अवस्थामा लैजानको निम्ति रुसका उत्तरी छिमेकी स्विडेन र फिनल्याण्डलाई न्याटोमा मिसाउने चर्चा चल्न थालेको छ।  १५ जनवरीमा न्याटो गठवन्धनका भूपू महासचिव एण्डर्स रासमुसेनले यदि रुसले युक्रेनमा केहि चलखेल गर्यो भने फिनल्याण्ड र स्विडेन पनि न्याटो सदस्य बन्ने छन् भनेर एक अन्तर्वार्तामा बोलेका थिए। तर फिनल्याण्डका परराष्ट्र मन्त्रि पेक्का हाविस्तोले फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठवन्धनमा सामेल नहुने कुरा बो