Posts

Showing posts with the label why business fails in nepal?

दिनहुँ बढ्दो आत्महत्या? वा हत्यारा राज्य प्रणाली? समस्या, कारण र समाधान।

Image
  देशको अबको बाटो  केहि वर्ष अघि देखि हामीले नेपालको हरेक अवयवसंग सम्वन्धित नीतिहरुमा पूर्ण रूपमा परिवर्तन, सुधार वा परिमार्जन गर्न पर्ने विषयहरु उठान गर्दै आएका छौँ। त्यसैको शृंखला अनुरुप आजको आलेख कृषि, उद्यम, रोजगार सम्बन्धि रहेको छ।  केहि दिन एता नेपालीहरु ऋणको चेपुवामा परेर मर्ने, बहुलाउने वा देश छोडेर विदेशमा गई कुल्ली काम भए पनि गरेर आफ्नो जोहो गर्ने वाध्यात्मक अवस्था बारे चर्चा चल्न थालेको छ। नेपालमा इमान्दार भएर बाँच्न कति कठिन बनाइएको छ भन्ने बारे पनि नेपालीले सजग हुने अवसर प्राप्त गरेका छन्। केहि नेपालीले ऋण तिर्न चाहेर पनि नसकेको, आफ्नो स्वाभिमान बेच्न नसकेको, गुण्डागर्दी गर्न पनि नजानेको, सोजो-साझो जीवन जिएकाले उनलाई सबैले ठाग्दिने, उधारो गर्दिने र  राजनीतिक पहुँच नहुनाले बैंकले पनि सकेको पेल्ने कारणले गर्दा देह त्याग गरेका घटना बाहिर आउन थालेका छन्। किसानहरुलाई राज्यले नै लुट्ने, ठग्ने, दुःख दिने घटनाहरु पहिला पनि हुने गर्थे, निमुखा किसानहरुले विष पिउने, रुखमा झुण्डिने, नदीमा फाल हाल्ने आदि आदि विधिबाट देह त्याग पनि गर्दै नै आएका थिए। तर यस पटक आफ्नै शर...