Posts

Showing posts with the label खुवालुङ

खुवालुङ फोड्ने नियतको नालीबेली । मिसिनरि योजना! विकास वा मूल धर्म बिनास?

Image
खुवालुङ फोड्ने नियतको नालीबेली  संसद बिघटन पश्चात २०७७को माघ र फाल्गुन महिनामा नेपाल कम्युनिष्ट पार्टीको आमसभा, शक्ति प्रदर्शन अथवा हड्डी, झोल र नोट फालेर बेरोजगार थुपार्ने प्रतिस्पर्धाको निकै ठुलो होड चलेको थियो। कुन गुटले धेरै मान्छे थुपार्न सक्छ भनेर, "मेरो गुटमा धेरै झोले छन्, मलाई आशिर्वाद दिनु, मलाई कुर्सीमा चडाइदिनु" भन्ने बिदेशी मालिक रिझाउने नाटक र नौटंकी मात्र थिए, ती सबै तथाकथित आमसभा। देशमा स्वतः स्फ्रुत रूपमा युवापिडि अहिलेको तन्त्र, व्यवस्था, सरकार,  संविधानले देश झन् ठुलो खाडलमा खस्ने अवस्था देखेर यसको बिकल्पमा राजतन्त्र चाहियो भन्दै सडकमा निस्की रहेका थिए। त्यो भीडमा कसैको लगानी छ कि भनेर खोजि पनि भए। तर त्यो भीड यथार्थमा स्वतः स्फ्रुत रहेछ भन्ने चाल पाए पछि, डा बाबुरामले युवापिडिलाई, “गणतन्त्रको भात पाक्न ढिला भयो भनेर राजतन्त्रको गोबर नखाऔं” भन्ने अभिव्यक्ति सामाजिक संजालबाट व्यक्त गरेका थिए। कमल थापाले यहि दाउमा आफ्नो रोटि सेक्न निकै कसरत पनि गरेका थिए। तर उनको दोगला चरित्र बुझिसकेका युवा जमातले, "उनको पार्टीको झण्डा सहित त्यस प्रदर्शनमा घुसपैठ भयो, रा...

हिजो ' चिहानडाँडा ' आज 'खुवालुङ '

Image
केही समय अगाडि पाँचथरको रानिगाउँ, यासोक र स्याबरुम्बाको त्रिवेणीमा रहेको बनक्षेत्रमा रहेको लिम्बू जातिको एतिहासिक समाधिस्थल भत्काएर मदन भण्डारी पार्क बनाउने निर्णय गरिएको थियो। त्यसरी नै आज फेरि 'खुवालुङ ', किराँतहरुको आस्था केन्द्र लाई फुटाउने खेलमा सिंगो सरकार नै लागेको छ। जुन अति नै निन्दनीय छ। श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले "सबैले आफ्नो आफ्नो कुल धर्म थपिखानु" भन्दै दिव्योपदेश मा भन्नु मात्र भएन, इन्द्रजात्राको दिन कीर्तिपुर माथि विजय प्राप्त गरेपछि बौद्ध परम्परामा आधारित बज्रयानी देवी कुमारीको पाउ समाउँदै आशीर्वाद लिएर सामाजिक र धार्मिक सहिष्णुताको उदाहरण पनि दिनुभएको थियो। यसरी आजसम्म देशका मौलिक सभ्यता र परम्पराहरू एक आपसमा विभिन्न हिसाबले सामञ्जस्य रूपमा रहिरहे।  तर, इण्डो - पश्चिमाले भिराएको पासो अर्थात् यो अपराधतन्त्र मा देशको मौलिक सभ्यता, संस्कृति माथि धावा बोल्ने काम पटक पटक भइरहेको छ।  मदन भण्डारी पार्कको नाममा कहिले चिहानडाँडा, कहिले सडक विस्तारको नाममा स्वयम्भूनाथ परिसरको मूर्ति, कहिले फास्टट्य्राकको नाममा खोकना। अब हुँदाहुँदै एउटा ' ऐतिह...

तपाईं भित्रको नेपाली जीवित छ भने एक पटक पढ्नु होला।।

Image
ढुंगामा इश्वर देख्न सक्ने आँखा भएकाको संस्कृति हो नेपाली संस्कृति। "जँहा ढुंगा ढुंगामा देवताको बास छ त्यो देश मेरो हो" भन्दै, गाउँदै, रमाउँदै पाखा पहरामा स्वर्गको आभास लिने जाति हो नेपाली। नेपालको हरेक धर्म संस्कार,संस्कृति, रिति रिवाज, चाल चलन परम्परामा यो लागु हुन्छ। बिचमा कम्युनिष्ट आन्दोलनको नाममा माओवादी प्रयोग गरेर नेपालको सबै धर्म संस्कार दुषित पार्ने, मेटाउने, हटाउने, नेपालीलाई नेपालीपनबाट छुटाउने काम भयो। येति मात्र होइन, नेपालीको एकता, सहिष्णुता टुटाउने काम पनि भयो। कहिले जातिय राज्य, त कहिले पहिचान आदिको नारा उछालियो तर पहिचान भनेको केहि विदेशीको एजेन्डामा काम गर्ने नयाँ झुण्डको कुर्सी प्राप्ति हो रहेछ। माओवादी प्रयोजनको नालीबेली नामको शृंखलामा अन्य बताउने छौं। आजको लेखको मूल विषय तर्फ प्रस्थान गरौँ।  ढुंगा कहीं देवताको स्वरूप सहितको ढुंगा पुजिन्छ त कहीं प्राकृतिक अवस्थामा रहेको ढुंगा। कहीं कल्पनामा बसेको आकार कुँदिएको ढुंगा त, कहीं कुनै पनि मानविय कल्पनाले आकार दिन नसक्ने विश्वास एवं आस्था बोकेको ढुंगा। कहीं बेनी, कहीं शिला, कहीं शालिग्राम त कहीं खुवालुङ्ग। भाषा...