नव सेनापतिलाई चुनौती र अवसर । अघिल्लो मंत्रीहरुमाथि खतराको घण्टी।

श्रावन २६ देखि कायममुकायम सेनापतिको रूपमा नियुक्त भएका प्रभुराम शर्मालाई केहि चुनौती छन्। र यी चुनौती पार गरेर आफुलाई ईतिहासमा बिराज बखेती, कालु पाण्डे जस्ता महान सेनापतिको ठाउँमा राख्ने अवसर पनि छन् भने प्रज्वल शमसेर जबरा जस्ता देश डुबाउने खलपात्रको स्थान लिने भन्ने रोजाईको मौका पनि छ। अघिल्लो सेनापति पूर्ण थापाले देशमा एकताको प्रादुर्भाव सहित ईतिहासको सम्मानको पाठ सिकाउन सफल भएका छन्। संघियता जस्तो देशलाई ऋणको भारि बोकाउने अवयवलाई पनि चिरेर उनले सेनालाई संघियता अनुरुपको ढाँचा फेरेर देशको एकताको सूत्रलाई अंगालेर ४ कमाण्ड लागु गरे । राजनीतिक विश्लेषक भरत दाहालले केहि बर्ष अघि बाट ४ क्षेत्र जसमध्ये ३ जलाधार र एक सांस्कृतिक भनेर संघियताको विकल्प दिएका थिए। त्यसैलाई नै सेनाले रोजेर, कोशी, कर्णाली, गण्डकी एवं बागमती क्षेत्र कायम गरि सेनाको पुनर्संरचना गर्दा सेनाले देशको बारे उठेको विचार अंगाल्ने रहेछ भन्ने संदेश पनि पूर्ण चन्द्र थापाले दिएका छन्। हाम्रो देशको सामरिक र सैन्य शक्ति वैश्विक स्तरमा तुलना गर्दा निकै नै कम्जोर छ, सुन्दा नरमाइलो लागे पनि यथार्थ यहि हो। करीब २ सतक अघि संसारको...