Posts

Showing posts with the label dhurmus suntali

कृषि विश्व बिद्यालय मास्ने षडयन्त्रको नाली बेली । ।

Image
  २०२८ सालमा स्थापना भएको चितवनको रामपूर स्थित नेपालको एक मात्र कृषि तथा बनविज्ञान अध्ययन संस्थानले  अन्नवाली उत्पादन, पशुपालन, फलफुल उत्पादन,विभिन्न पंक्षीहरु पालन तथा मत्स्य पालनको लागि  कृषि वैज्ञानिक,  भेटनरी(पशुपंक्षीको उपचार गर्ने) डाक्टर तथा विभिन्न विशेषज्ञ प्राविधिकहरु उत्पादन गरी आधुनिक कृषि उत्पादनको आधारस्तम्भको रुपमा काम गरी कृषि प्रणालीमा ठुलो भूमिका निभाउँदै आएको थियो। यो प्राविधिक शिक्षालय अर्थात कृषि क्याम्पस २०६८ भन्दा अगाडी त्रिभुवन विश्व विद्यालयको आंगिक रुपमा रहेको थियो र २०६८ सालबाट यस संस्थानलाई छुट्टै एउटा प्राज्ञिक कृषि विश्व विद्यालयको रुपमा परिणत गराईएको थियो। तर उक्त स्थानमा रहेको जम्मा ५०० विगाहा जग्गा त्रिभुवन विश्व विद्यालयकै नाममा रहेको छ र हालसम्म कृषि विश्व विद्यालयको नाममा जग्गाको स्वामित्व हस्तान्तरण समेत भएको छैन।  यसै जग्गा मध्ये १७२ विगाहा जग्गामा पशु विज्ञान तथा मत्स्य विकास संकायको अध्यापन अनुसन्धान तथा प्राक्टीकल(प्रयोगात्मक अभ्यास) भईरहेको थियो। यस्तो संकायको लागि आफैमा जग्गा अप्रयाप्त छ। यसको लागि मात्र १००० विगाहा भन्...