अमेरिकी प्रायोजित आतंकवाद।
अमेरिका नाम गरेको देश यथार्थमा देशै होइन। संसारका ठूलाठूला व्यापारिक घराना(एलिट)हरुले संसारमा आफ्नो आधिपत्य जमाउन, हैकम चलाउन र दादागिरी देखाउनको लागि प्रयोग गरेको देशको नाममा एउटा मुखौटा हो भनेर अमेरिकी लेखक, सामाजिक चिन्तक, आलोचक जर्ज कार्लिनले धेरै ठाउँमाबोलेका छन्। यहि कुरा हामीले वैश्विक भूराजनीतिको बारेमा तयार पारेको एक वर्ष अघिको लेख र भिडिओमा बताइसकेका छौँ। जुन देशमा अमेरिकाले मनपरी गर्न पाउँदैन, त्यो देशमा अमेरिकाले नै आतंकी समुहहरु खटाएर, वित्तीय सहयोग लगानी गरेर अस्थिरता मच्चाएर, राष्ट्रसङ्घको माध्यमले त्यो देशबाट वैश्विक आतंकवादको खतरा भयो भन्ने प्रतिवेदन तयार पारेर आफ्नो अभिष्ट पूरा गर्ने गरेको इतिहास साक्षी छ। विभिन्न मुलुकहरुमा भएका जति पनि युद्धहरू छन् चाहे आन्तरिक वा अन्तरदेशीय; ती सबैमा अमेरिकी लगानि रहेको कुरा जगजाहेर भइसकेको छ। अफगानिस्तान छिर्नको लागि अमेरिकाले आफ्नै ट्वीन टावर आफैँले खसालेको थियो भनेर अमेरिकी बुद्धिजीवीहरुले नै अनुसन्धान गरेर शोधपत्र, लेखहरु एवं डकुमेन्ट्रीहरु समेत प्रकाशन गरिसकेका छन्। इराकमाथि आफ्नो मनपरीतन्त्र च...