Posts

Showing posts from June, 2022

चम्कियो नेपालीको नेपालमै बसेर अमेरिकी सेना बन्ने भाग्य।।

Image
नेपालका नेता र तिनका गिदी भर्दिने वुद्धिजीवीहरुले नागरिकता विधयेक बारे बुझाउन नजानेको वा नसकेको वा घाँटीमा हड्डी अड्किएर आवाज न निस्किएको होला ?? अब हुने नागरिकता विधयेकबाट नागरिकता वितरण गरे भोट पाइञ्छ भन्ने बाहेक अरु कुरा देख्न नसक्ने आँखा फुटेको गोरुहरुले के गर्दै छ, थाहा छ ? ल डट जोडेर हेरौँ।। १) मोदी हेलिकप्टरमा लुम्बिनी आउँछन्, नेपाल आफ्नै प्रान्त सरह हो भनेर अमेरिकालाई संदेश दिञ्छन्।  २) त्यसको एक हप्तामा अमेरिकी उपमन्त्री र तिब्बती मामिला संयोजक उज्रा जेया इण्डिया आउँछिन्, धर्मशाला घुसेर तिब्बती मुभमेन्टवालालाई भेटेर इण्डियन उच्च पदस्तलाई पनि भेटेर भावी योजना बन्छ।  ३) सोहि समयमा नेपालको हायात(चाबहिल-बौद्ध) क्षेत्र तिब्बतीहरुको घुँइचो लाग्ने ठाउँमा विभिन्न मुलुकका दुतावासका निलो नम्बर प्लेटवाला गाडीहरु आवत जावत हुञ्छ। नेपाली झण्डावाहकसंगै हरियो गाडीमा कालो सिसा लागेको गाडी पनि एस्कर्टिङ्ग सहित हायातमा २ दिन सम्म चहल पहल बढ्नु।। अरु कुनै कार्यक्रम थियो भने जानकारले राख्दिनु होला।।  ४) उज्रा जेया काठमाडौँ आएर भ्रमण तालिकामा नभएको तिब्बती शरणार्थी भेट्ने कार्यक्रम मिडिया सहित गएर

स्टेट पार्टनरसिप र इकोनोमिक हीटम्यान।

Image
इण्डो प्यासिफिक सैन्य प्रमुख फ्लिनले नेपालका प्रधान सेनापतिसंग भेटे पछि, "नेपाल ल्याण्ड पावर हो", भन्ने अभिव्यक्ति दिएका थिए। इण्डो प्यासिफिक क्षेत्रको समुन्द्र नजोडिएको र हवाई सैन्य पनि नरहेको नेपाललाई खासमा थल शक्तिको संज्ञा दिनुको कारण कतै नेपालको थल(जमीन) अमेरिकी धृष्टताको निम्ति प्रयोग गर्ने नियत त होइन?  तर नेपाललाई इण्डो प्यासिफिक क्षेत्रको ल्याण्ड पावरको रूपमा संज्ञा दिएको यो पहिलो घटना होइन। जेष्ठ ६ र ७, २०७७मा आयोजना गरिएको पहिलो इण्डो प्यासिफिक ल्याण्ड पावर सम्मेलनमा नेपाली सेनाका तर्फबाट तत्कालिन बलाध्यक्षरथी प्रभुराम शर्मा(हाल सेनापति)ले सहभागिता जनाएका थिए । अमेरिकी सेनाका चीफ अफ जनरल स्टाफ जनरल जेम्स सी म्याककनमिलले पनि सम्वाेधन गरेको सो सम्मेलनमा इण्डो प्यासिफिक क्षेत्रको क्षेत्रीय सुरक्षा चासोको प्रतिष्पर्धासँगै सन्तुलन, आगामी दशकका लागि स्वतन्त्र र खुला इण्डो प्यासिफिक विषयमा चर्चा भएको थियो। अर्थात इण्डो प्यासिफिकको ल्याण्ड पावरको संज्ञा नेपालले पाएको २ वर्ष अघि देखि हो।  यस पटक इण्डो प्यासिफिक सैन्य प्रमुख नेपाल आए लगत्तै नेपालले अमेरिकी कम्पनिसंग हतियार ख

गोर्खा र भाइब्रेसनल इनर्जी अनि साइन्स अफ फ्रीकुएन्सि।

Image
टर्की भन्ने देशले आफ्नो नाम फेरेर तुर्किय राखेको छ । संयुक्त राष्ट्रसंघमा नयाँ पहिचान सहित टर्कीले आफ्नो भाषामा उच्चारण हुने गरि आफ्नो देशको पुनः नामकरण गरेको छ। यो पहिलो घटना भने होइन यस अघि बर्मा भनिने देशले म्यान्मार भनेर नामाकरण गरेको थियो। आफ्नो देशमा पुरानो भूभाग जोड्न लागि यो नामकरण गरिएको थियो।  सन् २०११ देखि श्रीलंकाले पनि व्रिटिशहरुले राख्दिएको सिलोन(शिलोङ्ग संग नझुक्किनु होला) भन्ने नाम फेरेको थियो। चेक गणराज्यले आफ्नो नाम सन् सन् २०१६मा चेजिया राख्यो।  सन् २०१८मा स्वाजील्याण्डले आफ्नो नाम एस्वातिनी राख्यो। अंग्रेजीमा स्वातिहरुको भुमि भनेर दीइएको विदेशी नाम भन्दा आफ्नै भाषामा स्वाज़ीहरुको देश भन्ने अर्थ लाग्ने एस्वातिनी शब्दले नामाकरण गर्यो।   नेदरल्याण्डले पनि अब आफ्नो पुरानो नाम होल्याण्डको पहिचान कायम गर्ने बहस अघि बढाएको छ। अब कुन दिन थाइल्याण्डले पनि आफ्नो नाम फेरेर स्याम(सियाम) नाम राख्ने पहल गर्न सक्छ। इन्डोनेसियाले नुसान्त्रा(नुसान्तरा) नामकरणको लागि कुरा उठान गर्न सक्छ।   यो आलेखको आसय के भने नि, एक ताका अंग्रेज लगायत स्पानिस, पोर्चुगुइज, डच आदि युरेपेलीहरुले उपनिवेश