चम्कियो नेपालीको नेपालमै बसेर अमेरिकी सेना बन्ने भाग्य।।


नेपालका नेता र तिनका गिदी भर्दिने वुद्धिजीवीहरुले नागरिकता विधयेक बारे बुझाउन नजानेको वा नसकेको वा घाँटीमा हड्डी अड्किएर आवाज न निस्किएको होला ??

अब हुने नागरिकता विधयेकबाट नागरिकता वितरण गरे भोट पाइञ्छ भन्ने बाहेक अरु कुरा देख्न नसक्ने आँखा फुटेको गोरुहरुले के गर्दै छ, थाहा छ ?

ल डट जोडेर हेरौँ।।

१) मोदी हेलिकप्टरमा लुम्बिनी आउँछन्, नेपाल आफ्नै प्रान्त सरह हो भनेर अमेरिकालाई संदेश दिञ्छन्। 

२) त्यसको एक हप्तामा अमेरिकी उपमन्त्री र तिब्बती मामिला संयोजक उज्रा जेया इण्डिया आउँछिन्, धर्मशाला घुसेर तिब्बती मुभमेन्टवालालाई भेटेर इण्डियन उच्च पदस्तलाई पनि भेटेर भावी योजना बन्छ। 

३) सोहि समयमा नेपालको हायात(चाबहिल-बौद्ध) क्षेत्र तिब्बतीहरुको घुँइचो लाग्ने ठाउँमा विभिन्न मुलुकका दुतावासका निलो नम्बर प्लेटवाला गाडीहरु आवत जावत हुञ्छ। नेपाली झण्डावाहकसंगै हरियो गाडीमा कालो सिसा लागेको गाडी पनि एस्कर्टिङ्ग सहित हायातमा २ दिन सम्म चहल पहल बढ्नु।। अरु कुनै कार्यक्रम थियो भने जानकारले राख्दिनु होला।। 

४) उज्रा जेया काठमाडौँ आएर भ्रमण तालिकामा नभएको तिब्बती शरणार्थी भेट्ने कार्यक्रम मिडिया सहित गएर अमेरिकी एम्बेसीले साझा गर्छ।। 

५) मोदी अमेरिकी नेतृत्वको इण्डो-प्यासिफिक क्वाड सम्मेलनमा जापान जान्छन्। चिनमाथि क्वाड देशले निगरानी बढाउने सहमति हुञ्छ। रुस र चिनले जापानको हावाइ क्षेत्रमा फाइटर उडाएर आफ्नो संदेश दिञ्छन्। इण्डियाले आफ्नो सैन्य बलियो बनाउने भनेर जापान संग ७०० करोडको मिसाइल खरिद गर्ने सम्झौता गर्छ । रुस संग खरिद गर्ने भनेको हतियार रद्द गर्छ। 

६) अमेरिकाले र बेलायतले युक्रेनलाई लामो दुरी सम्म हान्ने क्षेप्यास्त्र प्रणाली बेच्छ। 

८) रुसले धर्तिको जुन सुकै कुनामा पनि हान्न सक्ने सरमात(सैतान-२)  क्षेप्यास्त्र  परिक्षण गर्छ। 

७) दक्षिण कोरिया र अमेरिकाले संयुक्त अभ्यास गर्ने निधो गरे पछि, उत्तर कोरियाले ७ ओटा क्षेप्यास्त्र परिक्षण गर्छ, त्यसको ३ दिनमा अमेरिका र दक्षिण कोरियाले पनि अभ्यास भन्दै ७ ओटा क्षेप्यास्त्र समुद्रमा प्रहर गर्छ। त्यसको लगत्तै उत्तर कोरियाले न्युक्लिअर सहितको परिक्षण गर्ने बारे प्रक्रिया अघि बढाएको खबर फैलाउँछ। 

८) इण्डो प्यासिफिक क्वाडमा बनेको योजनालाई सैन्य रुप दिन, इण्डो प्यासिफिक कमाण्डर चार्ल्स फ्लिन इण्डिया भ्रमणमा आउछन्। इण्डियामा तिब्बत संग सिमा जोडिने आसपासका ठाउँमा संयुक्त रूपमा हाइ एल्टिच्युड तालिम गर्ने सहमति हुञ्छ। अमेरिकाको अलस्कामा पनि अति चिसो मौसममा सैन्य तालिम गर्ने सहमति बन्यो। संगै नेपालको हिमाली भूभागमा त्यहि गर्ने सहमति बन्यो। मार्च २९मा नेपाल र जापान सहितका केहि सेनालाई अमेरिकाले अलास्कामा तालिम गरेको थियो। 

९) फ्लिन नेपाल आए पछि नेपालले अमेरिकी कम्पनि संग साढे ६ हजार थान हतियार खरिद गर्ने प्रक्रिया अगाडी बढायो। फ्लिनले सेनापतिलाई भेटेर नेपाल ल्याण्ड पावर हो भन्ने अभिव्यक्ति दिए। नेपालमा पनि इण्डो प्यासिफिक सेनाले हाइ एल्टिच्युड तालिम गर्ने सहमति भयो।। फ्लिनले सेनापति भेटे पछि इण्डियन भारतीय दूतावासकी कार्यवाहक राजदूत नामाग्या सी.खाम्पा भद्रकालीस्थित सैंनिक मुख्यालय पुगेर झण्डै आधा घण्टा सेनापति संग भेट गरिन्। त्यो भन्दा अघि, लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी लैनचौरस्थित भारतीय दूतावासमा छिरेकी थीइन्। उनले दूतावासका पोलिटिकल डिपार्टमेण्टका अधिकृत प्रियादर्शनीसंँग भेट गरेकी थीइन्। सोहि दिन दिउँसो सांसद एवं पूर्वश्रममन्त्री रामेश्वर राय यादवले, "नेपाली सेना एउटा सम्प्रदायको मात्र सेना भयो, यसै वर्षदेखि मधेसीहरुलाई खुला रुपमा सेनामा प्रवेश गराइयोस्", भनेर   उनले माग गरे।

१०) फ्लिनले रक्षा मन्त्रि तथा प्रधानमन्त्रि शेर बहादुर देउवालाई भेटेको भोलि पल्ट,देउवाले एक साताभित्र नागरिकता विधेयक पारित हुने दाबी गरे। जसपा सांसद प्रदीप यादव सहितको टोलीले यो कुरा बताएका छन्। 

नागरिकता विधयेक पारित गरिएमा तिब्बती र इण्डियनलाई नागरिकता बाडिनेमा कुनै पनि शंका छैन। भोटको लागि देशलाई खाडलमा हाल्ने प्रचलन नै बनेको छ नेपालमा। । त्यसको लागि एसपिपिको नक्कली ड्राफ्टलाई भाइरल गराएर  सबैको ध्यान भड्काउने काम अघि बढेको छ। 

एसपिपीको आधिकारिक वेबसाइटमा नेपाल सन् २०१९ देखि एसपिपिको साझेदार रहेको उल्लेख छ। अमेरिकी दुतावासले पनि यो कुराको पुष्टि गरेको छ। प्रदीप ज्ञवालीको सन् २०१८को डिसेम्बरको अमेरिकी भ्रमणमा नै नेपाललाई इण्डो-प्यासिफिकमा जोड्ने सम्झौता भै सकेको थियो। त्यसको एक वर्ष पछि इश्वर पोखरेलले एसपिपिलाई अघि बढाएको कुरा बुझ्न सकिञ्छ। 

तर संसदमा त्यहि एमालेका यी पात्रहरु कराएको देख्दा इनिहरुले या त अंग्रेजी नै बुझ्ने हैसियत नभएको या सम्झौता हस्ताक्षर गर्दा अधययन नै नगरेको वा नशा सेवन गरेर होस् चेत नरहेको अवस्थामा सम्झौता अघि बढाउने काम गरेको हो कि भन्ने आशंका गर्न सकिञ्छ। 

नेपालमा नयाँ सैन्य सम्झौता देखि हिमाली भूभागमा अमेरिकी सेनासंग संयुक्त तालिम आदिको कुरा उठे लगत्तै चिनले नयाँ कानून पारित गरेको छ। जसअनुसार चिनियाँ सेना आफ्नो देशलाई हुने खतरा रोक्नको लागि बाह्य देशमा सैन्य अपरेसन गर्न सक्ने छ। 

स्मरण रहोस्, रुसले अहिले युक्रेनलाई गरेको पनि सैन्य अपरेसन हो।। अब चिनियाँ राष्ट्रपतिले ढाई वर्ष अघि नेपालमा आएर बोलेको बारेको समाचार याद गरौँ। 

"चीनलाई विभाजित गर्न खोज्ने जोसुकैको शरीर चटनी र हड्डी धुलो बनाउने चिनिया राष्ट्रपति सी'को  दुनियाँलाई चेतावनी दिन नेपालकै मञ्च किन प्रयोग गरे ? 

यसले नेपाल युक्रेनको बाटोमा गएको गम्भीर अवस्थाको संकेत गरेको छ। इण्डिया र अमेरिकाले नेपालमा राजा महेन्द्रको पाला देखि नै चिन विरोधी गतिविधि गर्ने गरि अघि बढेका थिए। अहिले सम्म पनि त्यहि घिनलाग्दो दाउपेचमा नेपाललाई अफ्ट्यारो पारेको, विकास हुन नदिएको, स्थिर हुन नदिएको कुरा छर्लंग हुञ्छ। 

नेपालीहरुले त एमसीसी पास गरे लगत्तैको चुनाव नामको चाडमा भतेर गरेर, मासु लुछेर यस्तै हुन पर्छ भन्ने माग गरेको प्रष्ट छ। त्यसैले, यो सैन्य सम्झौता र नेपालको भुमिबाट युद्धको संकेतहरु, नेपालीको लागि ढुंगा खोज्दा देउता मिले सरह भएको भनेर बुझ्न सकिञ्छ।। 




Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

दिनहुँ बढ्दो आत्महत्या? वा हत्यारा राज्य प्रणाली? समस्या, कारण र समाधान।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।