Posts

Showing posts with the label #रुस_युक्रेन_युद्ध

फिनल्याण्ड र स्विडेन नेटोमा जाने निर्णयले रुसको आगामी कदम कस्तो हुने छ ?

Image
जनवरी १५ २०२२मा न्याटो गठवन्धनका भूपू महासचिव एण्डर्स रासमुसेनले यदि रुसले युक्रेनमा केहि चलखेल गर्यो भने फिनल्याण्ड र स्विडेन पनि न्याटो सदस्य बन्ने छन् भनेर एक अन्तर्वार्तामा बोलेका थिए। त्यसको खण्डन गर्दै फिनल्याण्डका परराष्ट्र मन्त्री पेक्का हाविस्तोले फिनल्याण्डको त्यस्तो कुनै सोच नभएको बताएका थिए। तर आज ठिक ४ महिना पश्चात फिनल्याण्डका राष्ट्रपति र प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर फिनल्याण्ड नेटोमा जाने घोषणा गरेका छन्। त्यसकै भोलि पल्ट स्विडेनले पनि नेटोमा जान घोषणा गर्यो। आजको लेखमा यसले हाल चलि रहेको युद्धलाई के कस्तो मोड दिन सक्छ ? युक्रेनले नेटोमा जाने बारे चर्चा गर्दा आक्रामक भएको रुसको फिनल्याण्ड तिर कस्तो नीति बन्ने छ ? र कथंकदाचित रुसले आक्रमण गरेमा कसरी अघि बढ्ने छ ? यी र यस्तै प्रश्नको इरतगिरत रहेर वैश्विक भूराजनीतिक द्वन्द र टकराव बारे बताउने जमर्को गरेका छौँ।  दोश्रो विश्व युद्ध पश्चात हाल सम्म आफुलाई एक शान्त र असंलग्न आन्दोलनको विशिस्ट खम्बाको रूपमा स्थापित गरेको फिनल्याण्डले, आफ्नो सबै भन्दा लामो सिमा जोडिएको मुलुकको दुश्मनको रूपमा परिचित, अम...

हालको युद्ध र ग्रेट रिसेट। नयाँ व्यवस्था कस्तो र कसको पोल्टामा?

Image
गत हप्तामात्र जर्मनीको ठुलो लगानी गर्ने, संसार भरि आर्थिक गतिविधिको पकड राख्ने समुहको डोएच बैंकले आउँदो साल भित्र आर्थिक मन्दी हुने छ भनेर घोषणा गर्यो।  उता रुसलाई लगाएको प्रतिवन्धको कारण जर्मनीले रुसी तेल रुबेलमा खरिद नगर्ने भन्दै आएको छ, रुसले भने सुनमा पनि नहुने, तेल चाहिन्छ भने रुबेलमा मात्र बेच्ने अडान कसेको छ। रुसको सस्तो तेल नपाएमा पुरै युरोपमा नै महंगी बढ्ने र आर्थिक मन्दी सुरु हुने हुञ्छ। अमेरिकाले तेलको विकल्प खोजिने छ भन्दै सान्तवना दिँदै बसेको पनि लामो समय भै सकेको छ। उता डोएच बैंकले आर्थिक मन्दी छाउने प्रक्षेपण गरि सकेको अवस्थामा अमेरिकाले पक्कै पनि खाडी तिर रहेका आफ्ना तेल प्रसोधन कम्पनिबाट रुसी मुल्यमा युरोपलाई तेल उपलब्ध गराउन सक्ने अवस्था छैन।   तर एता युरोपमा ८-१० प्रतिसतले महंगी बढ्न थालि सकेको छ। यसले यो कुरा यकीन हुञ्छ कि रुसलाई आर्थिक रूपले घोडा टेकाउने हो भने आफ्नो देशमा पनि आर्थिक मन्दी निम्त्याउन आवश्यक छ। यो दुविधाले नेटो, अमेरिका र युरेपेली युनियनमा विरोदाभास सृजना भएको छ।  उता चिनले आफ्नो सबै भन्दा ठुलो पिलो ताइवानलाई निचर्ने मौका यहि हो...