Posts

Showing posts with the label coup in nepal

राजसंस्था: सत्ताविहिन तर पनि शक्तिशाली !!

Image
हामी देश देख्छौं अनि देश लेख्छौं। कसैको चित्त बुझे सहि हो नत्र गणतन्त्रवादी, राजावादी, बाहुनवादी, जनजातिवादी आदि ठप्पा न लगाउनु। हाम्रो कुराले अहंकार घोंचेमा देशको पक्षमा उभिनु हामीलाई आफ्नो छेवैमा पाउनु हुनेछ।  नोट : भाग १ नपढी यो बुझ्न गाह्रो पर्न सक्छ। भाग १ को लिंक लेखको अन्त्यमा दिइएको छ। सुरु गरौँ।।  कुम्भ मेला आज महाकुम्भ मेलामा नेपाली राजालाई गरिएको सम्मान र त्यस पछाडीको इन्डियन बाध्यता एवं नेपालले लिन सक्ने फाइदा बारे चर्चा गरौँ।  इन्डियाले विगतमा भएका सबै गल्तीहरुको लागि क्षमा माग्न सक्छ? त्यो मोदीले भुकम्पले थला परेको बेला लगाएको नाकाबन्दी सम्झेर आफ्नो गल्ति नस्वीकार्दा सम्म उसले देखाएको हिन्दु सम्राटको सम्मान “ललीपप”मा भुल्नु भनेको देश दुखाउनु हो। आफूलाई कथित बौद्धिक भन्ने स्वघोषितहरु मोदीको पक्ष पोषणमा लागेको देख्दा देशले, “कस्ता कपुत मेरो नागरिक बनेर जन्मिन्छ “ भन्दै बिरहमा डाको छाड्छिन्। एक बर्ष पनि बितेको छैन, लिपुलेकमा सडक उद्घाटन गरेको। देशको छातीमा कोपरेको सजिलै बिर्सिने अथवा बिर्सन लगाउने कथित बौद्धिकहरु इन्डियन ललिपपको स्वादमा अलमलिनु। हामीलाई त्यो ति...