Posts

Showing posts with the label संसद विघटन

संसद विघटनको पर्दा पछाडीका नालीबेलीको पर्दाफास ।

Image
विगत ७० वर्षदेखिको इतिहासलाई नियालेर हेर्दा देशका राजनीतिक दल नै दलाल र दलाल भन्नु नै दल भन्ने कुरा सिद्ध भएको छ। कांग्रेस कम्युनिस्ट, माओवादी, माले, मसाल, यस्ता नामले नेपालीलाई सधै झेलाइएको छ, खेलाइएको छ, लडाईएको छ, फुटाइएको छ र राष्ट्रियता बाट छुटाइएको छ। जुन जोगी आएपनि कानै चिरेका, जुन नेता आए पनि ठग्न पल्केका, जुन दल खुले पनि बाहिर ढल्केका, यसकारणले सारा नेपाली जनमानस आजित भएको अवस्था छ। यसलाई साइकोलोजिकल अपरेसन भनेर बुझ्दा हुन्छ। नेपालीहरुको मानसिकता बाट राष्ट्रियता प्रति वितृष्णा पैदा गर्ने डिजाइन। देशमा विद्यमान अस्थिरता सदाको लागि अन्त्य हुन्छ भने चाहे इंडियाले लीगोस्, या चिनले या अमेरिकाले बस शान्तिले जिउन पाइयोस भन्ने मानसिकता बलियो बनाउने डिजाइन। साइकोलोजिकल अपरेसन बारे बिस्तृत बताई सकेका थियौं। । आज राजनीतिक खेला तिरै अघि बढौं। कसको गोटी, कसको प्यादा, कसको मतियार र कसको हतियार, कसको सुन्ने, कसको पत्त्याउने, कसको पछि लाग्ने, को देखि टाढा भाग्ने, विभिन्न प्रश्नको उत्तर खोज्दै गर्दा, यसै भएन उसै भएन फेरी प्रयोगशाला नै सहि भनेर, धर्मनिरपेक्षता, संघियता, लोकतन्त्र, गणतन्त्र र अन...