Posts

Showing posts with the label नेपाली मूल धर्म

धर्म रहने वा छुवाछुत प्रथा ? बहस आरम्भ गरौं ।

Image
  धर्म रहने वा छुवाछुत प्रथा ? यथाशीघ्र यस बहसको थालनी नगरेमा नेपालमा हिन्दु धर्म लाेपाेन्मुख हुने दुरावस्था निम्तिने छ। अहिले एकाएक जातको मुद्दा उठान किन,  कसरी र केको लागी गरिएको छ ? रुपा सुनारलाई पश्चिमा प्रभावमा चलेका गैर सरकारी संस्थाहरुले जातीयताको मुद्दा उचाल्न प्रयोग गरे भन्ने बारेमा विभिन्न पत्रपत्रिकामा उल्लेख गरेर समाचार बनाइएको छ। नेवाः समुदायले पनि कठोर कदम चाल्ने गरि मुद्दा उठान गराइएको छ। यी सबै विषयलाई मुल्यांकन गर्दा जातीय, धार्मिक, साम्प्रादायिक दङ्गा, झडप, हिंशाको लागि रुप रेखा तयार पारिएको छ भन्ने हाम्रो निस्कर्ष छ। अहिले यो जातको मुद्दा उछाल्नुको कारण अर्कै छ। मष्ट धर्म भनेर नयाँ धर्म स्थापित गर्ने प्रपञ्च चल्दैछ। मित्र परियार पहिले हिन्दु बाट बौद्धमा जाने कुरा उठाउँथे तर अहिले आएर मष्ट धर्मलाई ठुलो बनाउने र हिन्दुलाई कम्जोर तुल्याउने उद्देश्यमा इनलाई पनि जोडिएको छ। आफ्ना करीव ५ देखि ७ लाख शुभ-चिन्तकहरुलाई मष्ट धर्ममा लिएर जाने उनको योजना छ भने कहिले ७० लाख दलितलाई नै हिन्दु छोडेर अर्को धर्ममा परिवर्तन गराउने भन्ने कुरा पनि उनले उठाउने गरेका छन्। आज भन्दा ...

धर्म परिवर्तनको टेण्डर

Image
केहि महिना अघि सम्म कहिले ७ लाख कहिले ७० लाख दलितको धर्म परिवर्तनको टेण्डर परे जसरी बोल्नु हुन्थ्यो। नेपालको एक मूल धर्म हिन्दु छोडेर नेपालको अर्को मूल धर्म बौद्धमा जाने र अरुलाई पनि लैजाने उद्देश्य बोल्नु हुन्थ्यो मित्र जी पिएचडी।अहिले एकाएक मष्ट धर्मको टेन्डर पास भए जस्तो, त्यता लालायित हुनु भएछ ! उक्त धर्मको धार्मिक ग्रन्थ लेख्ने टेन्डर फेरी, आफुलाई खुंखार नास्तिक भन्ने मदन बोकाइएका बानियाँ र नेपालका सबै भन्दा ठुला पास्चर केबि रोकायाका भाइटल पदाधिकारी, युट्युब्मा मलाई राष्ट्रपति बनाइदेउ भन्ने पिएचडी सुरेन्द्रलाई परेछ !  नेपालको मूल धर्म संस्कृति संस्कारलाई एक अर्काको विपरीत पुष्टि गर्ने र सबै पृथक धर्म हुन् भन्ने पहिचान बनाउने योजना अन्तर्गत सबैले आफ्नो जरो खोज्ने कुरा छायो। अहिले सबैले आफ्नो कुल पुजालाई एक नयाँ धर्म, आफ्नो इष्ट देवको नाममा नयाँ धर्म बनाउने र नेपाली मूल धर्म एक ढिक्का हुनुको सट्टा छिन्न भिन्न गराउने अभियानहरु मौलिकता, पहिचानको खोजि, जरोको खोजि, आदि आवरणमा दिनहुँ चल्दै छन्।  उता खुवालुङ् एता कालिगण्डकी डाइभर्सन, सबैको सांस्कृतिक, धार्मिक धरोहर माथि...