नेपालको अर्थतन्त्र ध्वस्त गर्न इकोनोमिक हिट्म्यानहरु परिचालित।
सरकारले चालू आर्थिक वर्षको ९ महिनामा आधा बजेट पनि खर्च गर्न सकेको छैन। तर, २०७९/८० का लागि ५ खर्ब (अनुदान र ऋण) समेटेर घाटाको बजेट तयार गर्दै छ। राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्बको बजेट बनाउन अर्थ मन्त्रालयलाई सिलिङ तोकेको छ। अर्थविद् केशव आचार्य खर्च गर्ने क्षमता नबढाएर सरकारले १७ खर्ब ४५ अर्बको महत्वकांक्षी बजेट ल्याउन लागेको बताउँछन्। ‘अहिलेको बजेट सरकारले रोगी मान्छेलाई डोजभन्दा बढी औषधि दिएजस्तै हो,’ आचार्य भन्छन्। माथिका वाक्यहरु समाचारबाट उद्घृत गरिएको हो । अब यो विषय किन गम्भीर छ भन्ने कुरामा टेकौँ। याँहाहरु मध्ये कतिले इकोनोमिक हिटम्यान भन्ने शब्द सुन्नु र बुझ्नु भएको छ ? सबै कुरा यसमै जोडिएको छ। साधारणतय हिट्म्यान भन्ने शब्दको अर्थ कुनै व्यक्तिलाई मार्नको निम्ति प्रयोग गरिने व्यवसायिक हत्यारा भन्ने हुञ्छ। हिन्दि फिलिमहरुमा सुपारी किलर भन्ने शब्द पक्कै सुन्नु भएकै होला। हिट्म्यान भनेको त्यहि हो, जसले आधुनिक हतियार र प्रविधि प्रयोग गरेर स्नाइपर गनले केहि किलोमीटर पर बसेर आफ्नो काम फत्ते गर्छ र त्यो कसैले समात्न न क्ने गरि भेष बदल्ने वा त्यस्तै गरेर काम गर्न बोलाउने ह...