दोषी को ? नेता वा जनता ? भिडिओ सहित। सबैको नालीबेली ।। भिडिओ सहित।।
निद्रामै मस्त हराई रहेका जमातको लागी यो लेख होइन, सुत्न जाऊ। । जाग्न चाहनेले अवश्य पढौं। जागेको छु भन्ने अनुभूति भएकाले व्यवहारमा अवलम्बन गरौँ। आजको लेख आरम्भ गरौ: देशमा भईरहने, चलिरहने, निरन्तर चक्र जस्तै घुमिरहने राजनीति, नेतृत्वस्तर, र जनस्तरका क्रियाकलाप, चर्तिकला रमिता र नौटंकीको बारेमा छ। यस लेखको उद्देश्य सबैको अन्तरात्मा झकझकाउनु हो। सुधार गर्दै अगाडि बढ्ने वा अझै पतनको मार्गमा अग्रसर रहने निर्णय आफैं गर्नुहोला । अध्याय १: पार्टी, दल,दलाल जति गिरेको कर्तुत गर्न सक्छौं, त्यति नै ठूलो पदमा पुग्ने किसिमको माहोल छ यँहा । यहाँ दल भन्नु नै दलाल र दलाल भन्नु नै दल हुन् । यहाँको सिद्धान्त जो चोर उसको ठुलो स्वर। अर्थात्, यदि तिमि मंत्री हौ र तिमीले भ्रष्टाचार गरेको अडियो टेप बाहिरिएमा, तिमी आफै ठुलो स्वरले ‘हेप्ने ‘ भन्ने शब्द बोल्दिए पुग्छ, प्रधानमंत्री स्वयं तिम्रो बचावमा आउने छन् । तिम्रो भ्रष्टाचारको पर्दाफाश गर्नेलाई उल्टै भएको/नभएको झुटो मुद्दामा फसाएर जेल हालिन्छ । यदि तिमीले १७-१८ हजार मान्छे मारेका छौं भने सिधै देशको सबैभन्दा ठूलो पा...