दोषी को ? नेता वा जनता ? भिडिओ सहित। सबैको नालीबेली ।। भिडिओ सहित।।



निद्रामै मस्त हराई रहेका जमातको लागी यो लेख होइन, सुत्न जाऊ। । जाग्न चाहनेले अवश्य पढौं। जागेको छु भन्ने अनुभूति भएकाले व्यवहारमा अवलम्बन गरौँ। 

आजको लेख आरम्भ गरौ: 

देशमा भईरहने, चलिरहने, निरन्तर चक्र जस्तै घुमिरहने राजनीति, नेतृत्वस्तर, र जनस्तरका क्रियाकलाप, चर्तिकला रमिता र नौटंकीको बारेमा छ। यस लेखको उद्देश्य सबैको अन्तरात्मा झकझकाउनु हो। सुधार गर्दै अगाडि बढ्ने वा अझै पतनको मार्गमा अग्रसर रहने निर्णय आफैं गर्नुहोला ।

अध्याय १: पार्टी, दल,दलाल 

जति गिरेको कर्तुत गर्न सक्छौं, त्यति नै ठूलो पदमा पुग्ने किसिमको माहोल छ यँहा । यहाँ दल भन्नु नै दलाल र दलाल भन्नु नै दल हुन् । यहाँको सिद्धान्त जो चोर उसको ठुलो स्वर।  अर्थात्, यदि तिमि मंत्री हौ  र तिमीले भ्रष्टाचार गरेको अडियो टेप बाहिरिएमा, तिमी आफै ठुलो स्वरले ‘हेप्ने ‘ भन्ने शब्द बोल्दिए पुग्छ, प्रधानमंत्री स्वयं तिम्रो बचावमा आउने छन् ।  तिम्रो भ्रष्टाचारको पर्दाफाश गर्नेलाई उल्टै भएको/नभएको झुटो मुद्दामा फसाएर जेल हालिन्छ । यदि तिमीले १७-१८ हजार मान्छे मारेका छौं भने सिधै देशको सबैभन्दा ठूलो पार्टीको अध्यक्ष बन्न पाउँछौ।  यदि तिमी १७-१८ हजार मान्छे मारेर, अझै पनि देश भाड्ने भडवा शैलीको अभिव्यक्ति दिँदै, जातजाति लडाउँदै हिड्छौ भने तिमी ओझेलमा पर्दैनौ।  एक्कासी रातारात अध्यादेशको नाटक मञ्चन गराएर सबै देश भाड्ने भडवाहरूको एउटा झुण्ड तयार पारी, तिमी त्यहाँको नेतृत्व गर्ने हैसियतमा पुग्छौ । आफ्नो जुनियर कर्मचारीलाई पटकपटक यौन क्रियाकलाप गर्ने, उसको घरमा हिमालयन रक्सि लिएर, बलात्कार गर्दै,  हिड्छौ भने सभामुख पदमा आशिन हुन पाइन्छ हाम्रो नेपालमा । 


अध्याय २ मंत्रालय

जिन्दगी भरि मान्छे तर्साउँदै, आतंक मच्चाउदै हिडेका छौं भने रक्षामंत्री /गृहमंत्री जस्ता पद तिम्रै लागि हो। बिरामीहरू मरेमा कात्रोमा समेत कमिसन खाने पिशाच आत्मा हौ भने स्वास्थ्यमंत्री तिम्रै पद हो ।  महामारीमा समेत भ्रष्टाचार गर्ने, सामान लुकाउने, कालोबजारी दलालहरु सँग हात मिलाएर पार्टी धनी बनाउने सेटिङको प्रधानमंत्रीले समेत बचाव गर्छन् हाम्रो नेपालमा।

ओम्नी प्रकरण : पीपीइ र अन्य स्वास्थ्य सम्बन्धि सामान किन्ने निहुमा लुट्ने कर्तुत सबैलाई स्मरण नै होला।।।

निजि अस्पतालबाट कमिसन खाने र सरकारी अस्पताल जानै घिन लाग्ने स्तरको बनाएर राख्न सके स्वास्थ्यमंत्री तिमी नै हो, कोहि माइकालालले हल्लाउन सक्दैन तिमीलाई। उद्योग-धन्दा पुरै मन्दा गराएर कर माथि कर देशभरि बेरोजगार गराउन सक्छौं भने अर्थमंत्रीको पद तिम्रै लागि हो ।  त्यहि बाजेको पाला बाट चलिआएको स्वास्थ्य, रोजगारी भन्ने मंत्र हरेक वर्ष बजेट भाषणमा सुनाइदेउ, नामको अगाडि किनेर चोरेर वा भिक मागेर डा थप्देउ। पुरानो बजेटको प्रयोगै नगर, असारमा ठग, फेरी नयाँ बजेट भाषणमा त्यहि मंत्र भट्भटाउ, देश डुबाउ, ऋण बढाउ, बेस्ट अर्थमंत्रीको अवार्ड उठाउ। नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा लुट्दै, मान्छे ठग्दै हिड्छौ भने पनि अर्थमंत्री तिम्रै पद हो। विद्यालयमा बम हानेर शिक्षाबाट सबैलाई वञ्चित बनाएका छौं भने शिक्षामंत्री तिम्रै पद हो । पानि ट्यांकीमा घुसको थुप्रो लुकाउने, सम्दिलाई जता पनि घुसाउने तल्लो स्तरको मनुवा हौ भने उप/प्रधानमंत्री तिम्रो पद हो। यदि सुत्ने ओछ्यानमा बिदेशी जासुस संग गोप्य भेट हुन्छ। र दुई कक्षा पढ्दै गरेको बबुरोले समेत नपत्याउने, सम्भवै नभएको, हैसियतमै नरहेको हावा, रेल, तेल, तुइन, ग्यास पाइप, पानीजहाज जस्ता बकम्पुसे गफ दिएर होकी झैं पार्ने खुबी छ भने सिधै प्रधानमंत्री। तर बेला बेलामा जन भावना संग खेलेर, छिमेकीसंग नाकाबन्दी गर्दे गाली गरेजस्तो गर्छु। सीमा मिच् फेरि चुरीफुरी छोड्छु र एमसीसी पास गर्छु भन्ने किसिमको बिदेशी मालिक रिझाउने एक्स्ट्रा फ्याक्टर छ भने अर्को चुनाब पनि पड्काईन्छ। किन कि जति ठूलो ठग उति ठुलो पद हाम्रो नेपालमा

अध्याय ३ विद्यार्थी/युवा संगठन

सुकुल गुन्डा हौ ?? चक्कु चलाएर खुडा नचाएर, खुकुरीको उल्टो बिटले हानेर जेल गएका छौं ?? ल ! त्यसोभए पार्टीमा इन्ट्री कन्फर्म। समाजमा (गैर) कानुनी डर पुलिस प्रयोग गरेर, अराजकताको डर गुण्डा प्रयोग गरेर। सयजना भाडाका टट्टू थुपार्न सक्छौं ? क्याम्पस भर्ना गर। विद्यार्थी नेता पक्का। प्लस टु फेल हो ? चिन्ता नालिग !! युवा संगठन पनि छ। त्यता झन् राम्रो करियर छ। यहाँ कौनसा पढे-लेखेका भनौंदा पनि चोखो छन् र ? सबैको मति देशको दुर्गति ।लाज पचाउन सक्नुपर्छ। जति लाजपचेको स्तर हुन्छ, त्यही मार्जिन अनुसार ठूलो पद पड्काउन पाइन्छ हाम्रो नेपालमा । 

अध्याय ४ कानुन, सुरक्षा र प्रशासन

एअरपोर्टबाट ३३ किलो सुन तस्करी गर्नेलाई कानुनले छुँदै छुन्न। अदालतबाट बाइज्जत रिहाई गरिन्छ । छानबिन अगाडि बढाउन पनि पाइदैन। बलत्कारी जोगाएर सुस्त मनस्थिति, लाटो-लठ्यौरो फसाउने, सबूत मेटाउने र अपराधी बचाउने किसिमको संगठन खोलिएको छ । जसको मुख्य कार्य भ्रष्टहरुलाई सेलुट हान्ने, राक्षसहरुलाई सेकुरिटी दिने र सर्वसाधारणलाई डर त्रासमा जिउन बाध्य पार्ने । फेरी चाइनिजले कानको लोती फुट्ने गरि कुट्छ, इन्डियनले सिमा लुट्छ तर नेपालीलाई लाठीचार्ज हुन्छ। भ्रष्टाचारी नरुचाए पनि आदेश शिरोधार  गर्नैपर्छ। निष्ठावान भएर कर्तव्यवहन गर्नेलाई त  टिक्नै दिइन्न, राजीनामा दिन बाध्य पारिन्छ । देशमा अरु कुनै रोजगार पनि छैन, त्यसैले बाध्य भएरै पनि भ्रष्टहरूको आदेश  शिरोधार गर्नुको विकल्प छैन । सुरक्षा निकायको प्रमुख भएर अवकाश प्राप्त गरिसकेपछि पनि अपहरण जस्तो सम्मानजनक प्रोजेक्ट पड्काउन पाइन्छ।  उस्तै परे  ठग्तियारको आयुक्त पनि बन्न बेर लाग्दैन ।  किनकि जति ठुलो ठग उति ठुलो पद हाम्रो नेपालमा ।

लोकसेवाआयोग भन्ने भ्रष्टाचारको अखडा पनि छ नेपालमा ।  जहाँ दरबन्दी प्राप्त भएको दिनदेखि लुट्ने लाइसन्स प्राप्त हुन्छ। तर जति लुट्न सक्छौं, त्यसको आधा आफ्नो जिल्ला/ नगर प्रमुख लाई बुझाउन ढिलो भएमा ठग्तियार लाग्नसक्छ ।  *ठग्तियार* भन्नाले भ्रष्टाचार निवारणको नाममा खुलेको  सानो माछा मीसै नजाने गरी मार्ने शिकारी संगठन। जसको आयुक्त बन्न, भ्रष्टको तलवा मिलाई मिलाई चाट्न सक्ने खुबी हुनपर्छ र सर्वसाधारणलाई  एक रुपैयाँ पनि नछोड्ने भनेर व्हिप जारि गर्नुपर्छ  किनकि लुट्ने जिम्मा त ठग्तियार र ठल्लु (जसले आयुक्तलाई हड्डी फाल्छ) हरुको हो। 

भागबन्डा नमिल्दा सरुवा र  दौडाहा पनि चलिरहेकै हुन्छ।  जति धेरै घूस थुपारेर मंत्रालयमा  बुझाउन सकिन्छ त्यही अनुसार बढुवा/ सरुवा पनि हुन्छ । इमान्दार नैतिकता जस्ता गुण छन् भने  समाजमा पागल भनिन्छ, किनकि ठगीलाई नै यहाँ आदर्श मानिन्छ । 

अध्याय ५ व्यापारी 

यदि देशलाई खोक्रो पार्छौ, ट्याक्स छल्छौ, नेतालाई हड्डी फाल्छौ र लेवर शोषण गर्छौ भने देशको सबै भन्दा ठुलो व्यापारी बन्छौ। चुनावमा टिकट लिन्छौ, पैसाले भोट किन्छौ र साम्सद पनि बन्छौ अनि देश मर्कामा पर्दा कालो बजारी गरि लाइसेन्स पाउँछौ।  संसारको धनाड्य सुचिमा नाम लेखाउन छ भने ट्याक्स छल्नै पर्छ, मजदूर शोषण गर्नै पर्छ। तिम्रो फ्याक्ट्रीको दुषित वेस्ट(फोहोर) सिधै नदीमा हाल, त्यो पानीले सिंचाई गर्ने सबैको अन्न बालीमा रोग फैलाउ, अनि देशको फेमस हस्पिटल चलाउ।  देशव्यापी विषले  भरिएको, किराले पनि नखाने, सडेको गलेको पत्रु खानामा भिटामिन छ भन्दै ‘रोग’ बेच, उपचार गर्न आफ्नै हस्पिटल उच्चस्तरीय भनि प्रचार गर। रोगि समाजलाई अझै लुट। अनि रोगि समाजको आइडल(प्रेरणा) बन्छौ। तिम्रो जीवनी किनी-किनी पड्छन्।  जति गिरेको कर्तुत गर्छौ,  समाजले उतिनै जय जयकार गर्छ।  किनकि सारा समाज तिमीजस्तै शोषक, ठग र देश खोक्रो पार्ने लक्षमा अग्रसर छ। 

अध्याय छ : समाज,  जनता जनार्दन। सबै बर्वादीको श्रोत। 

चोरको समाजलाई चोरले नै नेतृत्व गर्छ, भ्रष्टको समाजलाई भ्रष्ट ले नै।  नेता कँहा बाट जन्मिन्छ र ? येही समाज बाटै त हो। समाज जस्तो छ तेस्तै नेताले नै चुनाव जित्छ, ठगहरुको नेता महाठग हुन्छ।  ५ बर्ष पछि के आयो आयो ? भेडाको हुल जस्तो।  बिगत ५ बर्षमा कति दुःख पाइयो ? घोषणा पत्रबाट के के लागु भयो ? मतलबै छैन , रेट फिक्स छ।  केहि चोक्टा हड्डी सहितको मासु, केहि पोका रक्सि र एउटा हजारको नोट।  तिमीमाथि गरिने लगानीको श्रोत भ्रष्टाचार नै हो, त्यसैले खरबौं खरब रुपैयाँ स्विस बैंक, प्यासिफिक क्षेत्रका आइल्याण्डमा थुप्रिएका छन् अनि देश, कंगाल।  जन्मँदै ५० हजारको ऋण थाप्लोमा बोकेर जन्मिन्छ नेपाली।  ऋणी, दास र भेडा बन्नलाई जन्मिन्छ नेपाली।  यो हालत आजै भएको होइन, बिगत ७० बर्ष देखिको कलंक हो।  पार्टीहरु नेताहरु इनै हुन्।  अझै पनि इनकै पछि लाग्ने हो भने, देशद्रोही तिमि स्वयं हौ। आफ्नो बिगतका भोगाइहरुबाट पनि न चेत्ने कस्तो किसिमको मान्छे हौ ?? यस्तालाई सम्झाउन खोज्ने, हामी नै गलत हो।  जे हुन पर्ने हो, त्यहि नै भै रहेको छ देशमा।  जस्तो रोप्छौ, त्यस्तै फल्छ।  देशलाई यँहा सम्म ल्याई पुर्याउन मद्दत गर्ने सबै पढे-लेखेका युवाहरुलाई पनि धन्यबाद। चुनाव सिजनमा गाउँ ठाउँमा चुरी फुरी चल्छ।  बियर र हड्डी,पेट्रोल बाइकमा पेट्रोल पाइन्छ, छोरा छोरीको भविष्य त भाँड मै जाओस।  किनकि म  ठग, मेरो नेता महाठग।  जति ठुलो ठग, उति ठुलो पद।  हाम्रो नेपालमा।  

यँहा ठग भन्नाले झुटो, बोल्ने अरुलाई वेवकुफ बनाएर फाइदा उठाउने प्रबृत्ति मात्र होइन।  लुट्ने, मान्छे मार्ने सबै अमानवीय, अशोभनीय, निन्दनीय संक्षिप्तमा भन्नु पर्दा घिन लाग्दो, तल्लो स्तरको व्यवहारहरुलाई दर्शाउन खोजिएको हो। 

जन चेतना र यथार्थको माध्यमले समाज परिवर्तन गर्ने हाम्रो प्रयास। 

यो लेख शेयर गरेर जनचेतनामा सहयोग पुर्याउनु हुनेछ भन्ने आशामा छौं। 

नेपाल आमाको जय।

जागुन् राष्ट्रिय गाथा। 

अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट



Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।