Posts

Showing posts from January, 2021

गत हप्ता किराँत धर्मको मुर्ति फोडियो, अहिले पनौतीको मन्दिरको शिवलिंग तोडियो।।

Image
गत हप्ता किराँत धर्मको प्राचिन रैछाकुलेको प्रतिमा माथि तोड फोद प्रयास भयो र केहि भाग भत्किएको अवस्थामा थियो। अहिले फेरी स्वस्थानी ब्रत चल्ने समयमा पनौतीमा दिन दहाडै ६४ मध्ये २९ शिवलिंग तोडियो। नेपाली समाजलाई जात, धर्म, भाषामा टुक्राउदै सबैलाई प्रहार गर्दै छन्। हिन्दु, बौद्ध चुप बसे, खोकना प्रकरणमा नेवार दबाइयो।। गत हप्ता किराँत ,माथिको प्रहार पनि साम्य भैसक्यो, फेरी पनौतीमा अर्को प्रकरण चल्दै छ। नेपाली समाजलाई, नेपाल देशलाई ग्रिह युद्धमा लगिदै छ।  सरकार मौन छ।  गृह मंत्रीको निकम्मा, लाचारीपूर्ण अवस्था त राष्ट्रिय झण्डा जलाइएको बेला दिएको अभिव्यक्तिले प्रष्ट बताउँछ।  मंगोल नामाकरण गराएर सबै बौद्ध, किराँत, बोन्पो मान्ने गुरुङ, राई, लिम्बू, तामाङ आदि जातिलाई विधर्मी बनाइरहेका छन्। सबै नेपाली समुदायहरु यो कुरा मनन गरेर एकजुट नभएमा सबैको हार निश्चित छ।  सारा नेपालीहरु जातीय, नश्लीय चिन्तन भन्दा माथि उठेर, राष्ट्रियताको भाव आफूभित्र सृजना गराएर, विविधताको एकतामा नै जीवनको सार्थकता छ भन्ने यथार्थ बुझेर एकजुट हुन पर्ने समय आइसकेको छ l  सबै संगठित भएर अगाडी बढ्नुको विकल्प छैन।  सबै नेपाली मूल ध

भूमि-काल सापेक्ष गतिशिलता (भु-काल सापेक्ष गतिशिलता)

विकासको मार्ग चित्र भूमि-काल सापेक्ष  गतिशिलता समाज विकास, पूर्वाधार निर्माण, अर्थ नीति र मानव जीवन संग सम्बन्धित सम्पूर्ण भौतिक आयाम मात्र नभई मानसिक एवं आध्यात्मिक अवयवको निर्धारण गर्ने हेतुले यस अवधारणा प्रकटीकरण भएका हुन्। यँहा उल्लेखित प्रत्येक शब्दले सम्पूर्ण पक्षको सम्बोधन गर्दै प्रगति/ उन्नति/ गति/ स्थिरता आदिको आवश्यकता वोध गराई यथार्थ परक मार्गदर्शन प्रस्तुत गर्ने उद्देश्य राख्छ। विज्ञानको प्रत्येक अवयवको सुत्रिकरण गर्ने प्रकल्पना मा आइन्स्टाइनले स्पेस टाइम(दिक्काल) बारे उल्लेख गरेका छन्। त्यसमा स्पेसको तिन आयाम र समयको एकतर्फी गतिशीलता अर्थात् समय अगाडी मात्र बढी रहन्छ भन्ने आधार छ भने, यहाँ बताउन खोजिएको भू-काल सापेक्ष गतिशीलतामा त्रिआयामिय समय (भुत, बर्तमान र भविष्य) र 'भू' को अर्थमा जमिन, पृथ्वी, धरातलीय यथार्थको अवस्थिति लाई अङ्गालिएको छ।  शाब्दिक तात्पर्य  'भू' शब्दले भुमी, प्रकृति, धरातल, जनाउँछ भने 'काल' शब्दले त्रि-आयामीक समय (भुत, बर्तमान र भविष्य) जनाउँछ। भू र काल दुई तत्त्वको अधिनमा नै जगत चलेको छ। त्यस कारणले यी दुईको सापेक्ष रहेर हरेक

के तपाईं स्वतन्त्र हुनुहुन्छ ? भेडा कसरी बनाइन्छ ?? भिडिओ सहित।।

Image
इन्फर्मेसन कन्ट्रोल अर्थात सूचनामा नियन्त्रण; उनीहरु जे थाह दिन चाहन्छन्, त्यही अनुसार मात्रै समाचार बन्छ। अमेरिकी जासुसी संस्था सिआइएले सन् १९७०को दशकमा यो खेला आरम्भ गरेको थियो। जसको नाम अपरेसन मोकिंग बर्ड(Operation Mocking Bird)थियो। र त्यसको मूल उद्देस्य पत्रकारहरु किनेर आफुले चाहे अनुसारको समाचार सम्प्रेषण गर्ने र जनसाधारणको बिचार, धारणा एवं दृष्टिकोण आफ्नो इच्छा अनुसार बनाउनु थियो। प्रोपागांडाको खेला यसैको उपज हो। सुन्दा अचम्म लाग्ला तर संसारभरिमा जे जति पनि मुख्य मिडिया मानिन्छन्, जसलाई विश्वशनीय भनेर व्यापक प्रचार गराइएको छ, ती सबै मिडियाका मालिक उनीहरु नै हुन्। करिब १५ सय वटा मिडिया कम्पनीको मालिक ६ वटा कर्पोरेसन छन्। र ति सबै कर्पोरेसनका मालिक जिओनिस्ट(यहुदी)हरु नै हुन्। चाहे त्यो मुसलमान देशको च्यानल होस् या हिन्दु या क्रिस्चियन, सबै सुचना मालिकहरुको इच्छा अनुसार नै चल्छ। केहि महिना अगाडी इटालीमा प्रत्येक पल मान्छे मरेको भनेर जे जति पनि मिडियाहरुले देखाएका थिए, ती सबै मिडिया उनीहरुकै प्रभावमा चलेका हुन्। जबकि इटालीको सरकारले त्यसको केहि महिनापछि बल्ल आफ्नो तथ्यांक सार्वजनिक

विज्ञान वरदान वा अविसाप।। मानिस गुलाम, यंत्र मालिक हुने त होइन ? एक विश्लेषण। भिडिओ सहित।

Image
आज विज्ञान-प्रविधीलाई प्रयोग गरेर कसरी  मानिसहरुको विचारधारा नियन्त्रणमा राख्ने चल-खेलहरू चल्दैछ ? यसबारेमा प्रष्टता पाउनु हुनेछ। सन् १६००को दशकदेखि एलिटहरुले संसार कब्जा गर्ने विभिन्न माध्यमलाई आफ्नो पकडमा लिँदै आएका छन् भन्ने कुरा बताई सकेका थियौं। त्यसैअनुसार विज्ञान-प्रविधि, वैज्ञानिक, शोधकर्ता, अनुसन्धाता, विश्वविद्यालय, शिक्षा आदि सबैमा पनि उनीहरुले वित्तिय सहयोगको माध्यमबाट आफ्नो पकड जमाइसकेका छन्।  हरेक विज्ञान प्रविधिबाट उत्पन्न हुने सामान वस्तुहरु लगायत विश्वविद्यालयबाट शोध अनुसन्धान गरेर आउने विचारधाराहरु उनीहरुलाई फाइदा दिने अवस्थामा छन् भने मात्र ती कुराहरु मुलप्रवाहमा आउँछन्, हैन भने सबै ज्ञानहरुलाई दबाउने गरिएको छ।  भिडिओ यसको एउटा उदाहरण ‘निकोला टेस्ला’ हुन्।  धेरैले नाम सुन्नुभएको छैन होला तर थोमस अल्वा एडिसन भन्नेको नाम सबैले सुन्नु भएको छ होला। एडिसनलाई निकै ठूलो वैज्ञानिक भनेर धेरै पुस्तकमा पढाइएको पनि होला। तर एडिसन जाल-झेल गरेर स्थापित गरिएको एलिट वर्गको मान्छे हो। टेस्लाको बौद्धिक चोरी गरेर उसले आफुलाई ठुलो गराएको हो। रेडियोको पहिलो आविष्कार मार्कोनीले गर्यो भनेर

दोषी को ? नेता वा जनता ? भिडिओ सहित। सबैको नालीबेली ।। भिडिओ सहित।।

Image
निद्रामै मस्त हराई रहेका जमातको लागी यो लेख होइन, सुत्न जाऊ। । जाग्न चाहनेले अवश्य पढौं। जागेको छु भन्ने अनुभूति भएकाले व्यवहारमा अवलम्बन गरौँ।  आजको लेख आरम्भ गरौ:  देशमा भईरहने, चलिरहने, निरन्तर चक्र जस्तै घुमिरहने राजनीति, नेतृत्वस्तर, र जनस्तरका क्रियाकलाप, चर्तिकला रमिता र नौटंकीको बारेमा छ। यस लेखको उद्देश्य सबैको अन्तरात्मा झकझकाउनु हो। सुधार गर्दै अगाडि बढ्ने वा अझै पतनको मार्गमा अग्रसर रहने निर्णय आफैं गर्नुहोला । अध्याय १: पार्टी, दल,दलाल  जति गिरेको कर्तुत गर्न सक्छौं, त्यति नै ठूलो पदमा पुग्ने किसिमको माहोल छ यँहा । यहाँ दल भन्नु नै दलाल र दलाल भन्नु नै दल हुन् । यहाँको सिद्धान्त जो चोर उसको ठुलो स्वर।  अर्थात्, यदि तिमि मंत्री हौ  र तिमीले भ्रष्टाचार गरेको अडियो टेप बाहिरिएमा, तिमी आफै ठुलो स्वरले ‘हेप्ने ‘ भन्ने शब्द बोल्दिए पुग्छ, प्रधानमंत्री स्वयं तिम्रो बचावमा आउने छन् ।  तिम्रो भ्रष्टाचारको पर्दाफाश गर्नेलाई उल्टै भएको/नभएको झुटो मुद्दामा फसाएर जेल हालिन्छ । यदि तिमीले १७-१८ हजार मान्छे मारेका छौं भने सिधै देशको सबैभन्दा ठूलो पार्टीको अध्यक्ष बन्न पाउँछौ।  यदि तिमी १

नेपालीले बिर्सिएको नेपालको वैभव विरासतका गाथा। भिडिओ सहित।

Image
  नेपाली परियो, नेपालकै बारेमा लेख्नु छ केही शब्दहरु। तातो न छारो, लाजको पसारो !! ‘तिम्रो राष्ट्र कुन चाहिँ पर्यो ?’  भनेर सोध्दा सबैलाई नेपाल भनिन्छ। त्यो बाहेक अरु खासै नेपाल बुझे जस्तै लाग्दैन।  ल अब सबैले पढौं, सबैले बुझौं। नेपाल के हो ?  नेपाल कल्पौं-कल्पबाट निरन्तर, जीवन्त चलिआएको देश हो। प्राय जसो सबै प्राचिन देश र संस्कृति, संग्राहलय वा पुस्तकमा सिमित छन्।  तर नेपाल मात्र यस्तो देश हो, जो हरेक युग, हरेक लय-प्रलयको साक्षी रहँदै आफ्नो बिरासत कायम राख्दै आएको छ। यसको नाम सत्ययुगमा देवभूमि-जहाँ देवताहरु बस्ने गर्थे र सत्यवती-जँहा सत्यको साक्षात्कार हुन्छ,  त्रेतायुगमा तपोभूमि- जँहा तप गरेर सत्य बुझ्न सकिन्छ,  द्वापरयुगमा मुक्तिसोपान- जुन भूमिबाट मुक्ति प्राप्त गर्न सकिन्छ (पांच पाण्डव पनि मुक्ति प्राप्तिको लागि प्युठान जिल्लाको स्वर्गद्वारी आएका थिए) र हाल कलियुगमा नेपाल रहिआएको छ।  पुराण, कथा, इतिहास सबैको आधार लिएर भन्दा, हाल यो देश जुन दरिद्र अवस्थामा छ, यस्तो पहिले कहिल्यै नरहेको यकिन हुन आउँछ।  नेपालको सिमा फेरबदल भएको तथ्यहरु छन्।  तर यसको संस्कृति, जीवनशैली र सार्वभौमसत्ता स

इसाई पोप नै शैतानको पुजारी रहेको खुलासा।। भिडिओ सहित।

Image
आजको लेखमा उनीहरुले के कसरी आफ्ना अनुष्ठानहरू गर्छन् ? सारा मानव समाजलाई कसरी शैतानी प्रवृत्ति हावी गराइएको छ ? युद्ध वास्तवमा युद्ध हो या शैतान रिझाउन मानव बलि चढाइएको हो? उनीहरूको चलनचल्ती के कस्ता हुन्छन्? यसबारेमा प्रष्टता पाउनु हुनेछ । लेखको अन्त्यमा गोप्य खुलासा पनि राखिएको छ।  कल्पना गर्न सकिने भन्दा भयावह उनीहरूको चलनचल्ति छ। बालबालिकाहरु माथि गरिने ज्यादती निकै घिन लाग्दो,डर लाग्दो र राक्षशी शैलीको हुन्छ। एडेर्नोक्रोम उनीहरुको अनुष्ठानको पन्चामृत सरह हो। एडेर्नोक्रोम भन्नाले जब मान्छे निकै उत्साहित हुन्छ अथवा डरमा हुन्छ, मान्छेको मृगौला माथि रहेको एड्रिनल ग्रंथिले एक किसिमको एड्रिनेलिन भन्ने हर्मोन प्रवाह गर्छ। त्यो हर्मोनको चरम मिश्रण रहेको रगत शरीरभरी वहदा फोक्सो बाट अक्सिजन पनि मिश्रित भएको अवस्थामा एडेर्नोक्रोम बन्छ। त्यो रगत उनीहरुको अनुष्ठानमा पन्चामृत सरह पीइञ्छ। कहिल्यै पनि कुनै नशा नपिएका एवं यौन क्रियाकलाप सम्बन्धिको हर्मोन रहित रगतलाई एडेर्नोक्रोम बनाउन सबै भन्दा उत्तम मानिन्छ। त्यसैले साना साना बालबालिकालाई यसको लागि प्रयोग गरिन्छ। एडेर्नोक्रोम निकाल्न पुर्व बालबाल