इसाई पोप नै शैतानको पुजारी रहेको खुलासा।। भिडिओ सहित।


आजको लेखमा उनीहरुले के कसरी आफ्ना अनुष्ठानहरू गर्छन् ? सारा मानव समाजलाई कसरी शैतानी प्रवृत्ति हावी गराइएको छ ? युद्ध वास्तवमा युद्ध हो या शैतान रिझाउन मानव बलि चढाइएको हो? उनीहरूको चलनचल्ती के कस्ता हुन्छन्? यसबारेमा प्रष्टता पाउनु हुनेछ । लेखको अन्त्यमा गोप्य खुलासा पनि राखिएको छ। 

कल्पना गर्न सकिने भन्दा भयावह उनीहरूको चलनचल्ति छ। बालबालिकाहरु माथि गरिने ज्यादती निकै घिन लाग्दो,डर लाग्दो र राक्षशी शैलीको हुन्छ। एडेर्नोक्रोम उनीहरुको अनुष्ठानको पन्चामृत सरह हो। एडेर्नोक्रोम भन्नाले जब मान्छे निकै उत्साहित हुन्छ अथवा डरमा हुन्छ, मान्छेको मृगौला माथि रहेको एड्रिनल ग्रंथिले एक किसिमको एड्रिनेलिन भन्ने हर्मोन प्रवाह गर्छ। त्यो हर्मोनको चरम मिश्रण रहेको रगत शरीरभरी वहदा फोक्सो बाट अक्सिजन पनि मिश्रित भएको अवस्थामा एडेर्नोक्रोम बन्छ। त्यो रगत उनीहरुको अनुष्ठानमा पन्चामृत सरह पीइञ्छ। कहिल्यै पनि कुनै नशा नपिएका एवं यौन क्रियाकलाप सम्बन्धिको हर्मोन रहित रगतलाई एडेर्नोक्रोम बनाउन सबै भन्दा उत्तम मानिन्छ। त्यसैले साना साना बालबालिकालाई यसको लागि प्रयोग गरिन्छ। एडेर्नोक्रोम निकाल्न पुर्व बालबालिकालाई डराउन दिईन्छ, कुटिन्छ, पिटिन्छ र चिच्याउन हालिन्छ त्यस पछि उनीहरूको मुटु बाट रगत निकालिन्छ र त्यो रगत पेय पदार्थको रुपमा उनीहरुको अनुष्ठान सकिए लगत्तै पीइञ्छ।

भिडिओ

एडेर्नोक्रोमले वृद्ध हुने प्रक्रियालाई निस्तेज गर्छ, जवान भै राख्न मद्दत गर्छ र त्यो रगतमा ठूलो शक्ति हुने विश्वास पनि गरिन्छ। मेडिकल दुनियाँमा बच्चाको रगत बृद्ध अवस्थामा रोक लगाउन पनि प्रयोग गरिन्छ। एडेर्नोक्रोमको निर्माण ल्याबमा पनि गरिन्छ र यसको निर्माण सम्बन्धि प्याटेन्टको स्वामित्व एलिटहरुकै 3M नामको कम्पनिमा निहित छ।   बेलायती राजकुमारी त्यति लामो समयसम्म बाँच्नुको रहस्य एवं अन्य एलिटहरु लामो समयसम्म बाँच्नुको कारण विश्लेषकहरुले एडेर्नोक्रोमको शेवन हो भन्ने कुरा बताएका छन्। महंगा-महंगा कस्मेटिक सामानहरुमा पनी यी कुराहरु प्रयोग हुन्छन्। छाला चाउरी नपरोस् भन्ने क्रिमहरुमा सानासाना बालबालिकाका यौनाङ्गका छालाको कोशिका मिसाइएको हुन्छ। एबोर्सन अर्थात भ्रुण हत्यामा प्राथमिकता दिलाउन एलिटहरुले बिभिन्न संस्था खटाएका छन्। उनीहरुको भ्रुण सेवन गर्ने अनुष्ठान पनि हुन्छ। संसारभरिको निगरानी गर्ने अमेरिकामा बर्षैपिच्छे लाखौँ बालबालिका हराउँछन् तथ्यांक अनुसार दैनिक कम्तिमा १००० बच्चा हराउँछन्। तर उनीहरु बारे केही कुरा पनि पत्ता नलागेको प्रतिवेदन अमेरिकी न्याय विभाग dept of justice को वेबसाइटमा छ्यापछ्याप्ती देख्न सकिन्छ। हामीले अगाडि बताइसकेका छौं, अमेरिका भन्ने देश एलिटहरुको संसारमा आधिपत्य जमाउने, दादागिरी देखाउने र आफ्नो क्रियाकलाप गर्ने अड्डा जस्तै हो। त्यसैले उनीहरु बारे खोजी अनुसन्धान गर्ने आँट,सामर्थ्य र पहुँच कसैको छैन। फेसबुकको साहु जुके कान्छाले पनि उनीहरूको पार्टीमा गएको अनुभव आफ्नो फेसबुकमा उल्लेख गरेका थिए। उनले एडेर्नोक्रोम पिएको अनुभव बताएका थिए। एडेर्नोक्रोम पिएको अवस्थामा आँखाको तल निकै नै डरलाग्दो कालो धब्बा बन्ने कुरा थाहा हुन आएको छ। र कहिँ कतै शैतानी समुहमा प्रवेश गर्दा पनि आँखामा कालो धब्बा बनाउन पर्ने कुरा बताइएको छ।

यस्तै उनीहरूको अर्को तल्लोस्तरको घिनलाग्दो दानवी अनुष्ठान भनेको बालबालिकासंग यौन करणी गर्ने हो। ती सबै गायब पारिएका बालबालिका उनीहरुले नै आफ्नो अनुष्ठानको लागि प्रयोग गर्छन्। यो समूहमा प्रायजसो सबै उच्च धनाढ्यहरु उच्च ओहोदाका कर्मचारीहरु, नेतृत्व गण नेता तथा अभिनेताहरू छन्। मुख्यतयः हलिउडमा एडेर्नोक्रोमको सेवन गर्ने र यस्ता गतिविधि गर्ने हरूलाई नै सुपरस्टारको रुपमा अगाडि ल्याइन्छ। हलिउडमा इलुमिनाती समूह छ , बिभिन्न गोप्य संकेत दिएर उनीहरु आफ्नो बफादारी झल्काउँछन्। यदि त्यो समूहमा एक चोटी छिरे पछि उम्किन खोजेमा वा त्यस बारे बाहिर उजागर गरेमा उनीहरुलाई मरिन्छ। यसको उदाहरण माइकल ज्याक्सन हुन्। उनले आफ्नो जीवनको अन्तिम पलहरुमा यसबारे अभिव्यक्ति दिंदै हिँडेका थिए र त्यसको केहि समय पछि उनको मृत्यु भयो। पोस्ट मार्टम रिपोर्ट अनुसार उनको शरीरमा मेडिकल मापदण्ड भन्दा धेरै मात्रामा बिभिन्न औषधि थियो र उनको डाक्टरलाई involuntary manslaughter अर्थात गौण तरिकाले वध गरेको मुद्दा पनि चलाइएको थियो। 

बालबालिकाप्रति यौन क्रियाकलापको इच्छा राख्ने समूहको संकेत/चिन्ह हरु पनि हुन्छन्। त्यस्ता व्यक्तिहरुलाई पेडोफाइल भनिन्छ। अर्थात बच्चाहरु बाट यौनआनन्द लिने प्रवृत्ति भएका मानिसहरु। यी संकेत उनिहरूले एकअर्कालाई पहिचान गर्नको लागि प्रयोग गर्छन्। कुनै संकेतले केटा बालक रुचाउने, कुनै संकेतले केटी बालिका रुचाउने र कुनै संकेतले हरेक किसिमका बालबालिका रुचाउने संदेश दिन्छ। त्यस्ता चिन्हलाई विभिन्न कम्पनीको लोगोको रुपमा पनि उनीहरुले प्रयोग गर्छन्। उनीहरुकै प्रभावमा कार्टुन च्यानलहरु चलिरहेका छन्। गुडिया कारखाना पनि उनीहरुकै छ। त्यसैले विभिन्न कार्टुन तथा गुडिया लगायत बालबालिकाले खेल्ने खेलौनाहरूमा त्यस्ता संकेत राखिएका हुन्छन्। यसको भित्री उद्देश्य बालबालिकाले त्यो संकेत रहेको खेलौनासँग खेल्दा ती संकेतलाई सुरक्षित मान्छन् र आफ्नै ठान्छन्। त्यही संकेत देखाएर उनीहरुले बालबालिकालाई अपहरण गर्छन्। ती संकेतलाई आफ्नै ठान्ने मानसिकतामा बालबालिका हुन्छन्। यसलाई अवचेतन मस्तिष्कमा गरिने चलखेल subconscious programming through subliminal message भनिन्छ। उनीहरु सबै मानिसलाई बालबालिका बलात्कार गराउने तरिकाले पनि खेल्दै छन्। विभिन्न संकेत/ ध्वनि/ तरंग आदिको माध्यमले उनीहरुले मानिसको विचारधारा बनाउँछन्, चेतनाको स्तर तुच्छ बनाइदिञ्छन् भन्ने कुरा बिज्ञान प्रविधि वाला एपिसोडमा पनि उल्लेख गरेका थियौं। त्यसै अनुसार उनीहरुले मान्छेको चेतनामा प्रहार गर्दै छन्। यस बारे बिस्तृत बुझ्न इच्छा जागे गुगलमा US Patent 6506148 B2 खोज्नु होला। यसैको उपज हो हाल बढ्दै गरेको बलत्कार। ५/६ बर्षका बालिका बलात्कृत भएको, बाउले छोरी बलात्कार गरेको घटना पनि धेरै सुनिन थालेका छन्।

वेलायतको बकिङ्गह्याम दरवार घुम्न गएका केहि पर्यटकले झ्यालबाट एउटा किशोर पर्दाको माध्यमले तल भाग्दै गरेको भिडियो खिच्न भ्याएका छन्। यसले यो पुष्टि गर्छ कि वेलायती राज परिवारले पनि त्यस्तो अनुष्ठान गर्छ। पेडोफाइल समुहका सबैभन्दा प्रभावशाली व्यक्तिको नाम जेफेरी एप्स्टेइन हो। उनको संगत अमेरिकाका उच्च ओहोदाका व्यक्ति देखि बेलायत एवं युरोपका अन्य राजपरिवार सम्म रहेको र उनको निजि टापुमा बच्चाको बलि दिने, यौन क्रियाकलाप गर्ने, एडेर्नोक्रोम लिने गतिविधि हुने कुरा खुलेको छ। उनको पोल खुले पछि उनलाई जेल चलान गरियो तर २०१९ मा उनि जेल भित्रै मारिए। कुरा लुकाउनलाई उनले आत्मा हत्या गरेको भन्ने रिपोर्ट बनाइएको छ तर कस्तो संयोग !! उनको मृत्यु हुँदा जेल भित्रको क्यामेराले काम गरेन। उनीहरुको अर्को अनुष्ठान हुन्छ जसमा सानासाना बालबालिकालाई पालै पालो यौन करणी गरिन्छ र जसको पालोमा त्यो बच्चाको मृत्यु हुन्छ, उसले त्यो रात शैतानको शक्ति पाएको मानिन्छ। प्राय जसो सबै प्रभावशालि, धनि मानिसहरु यस समुहमा छन्। 

हलिउडमा इलुमिनाती भन्ने समुह निकै नै उच्च कोटिको मानिन्छ। यो समुहमा जुड्न हरेक स्टारको चाहना हुन्छ। यो एलिटहरुकै एउटा साखा जस्तै हो। हलिउडमा सैतानको संकेत निकै नै प्रयोग गरिन्छ। उनीहरूको अवार्ड शो लगायत विभिन्न कार्यक्रमहरुमा शैतानी प्रवृत्तिका संकेतहरु प्रयोग गरेको देखिन्छ। शैतानी संकेतलाई नै फेसनको रुपमा विश्वव्यापी गराइएको छ। आज भन्दा 20 वर्ष अगाडि प्रख्यात वैज्ञानिक मिचिओ काकुलाई प्रयोग गरेर उनीहरुले २०३०मा विश्व के कस्तो हुने ? भन्ने कुरा बारे डकुमेन्ट्री निर्माण गरेका थिए। त्यसमा प्रष्टै भनिएको छ २०३०मा सारा संसारको संस्कार र धर्म भनेको हलिउडको मूल्यमान्यताले निर्धारण गर्छ। उनीहरूको चिन्ह हलिउड देखि लिएर क्रिस्टियन धर्मका पोपले समेत प्रयोग गर्छन्। भ्याटिक्यान चर्च उनीहरुकै अधिनमा छ। भ्याटिक्यान चर्चको सम्पूर्ण व्यवस्थापन हाउस अफ रोथ्चाइल्डले गर्छ। रोथ्चाइल्ड एलिट मध्यको एक परिवार हो। भ्याटिक्यानको पोपले एलिटहरुको हात चुम्छ।  हातको चुम्बन भनेको उच्च सम्मान, भक्ति र गुलामीको प्रतिक हो। बाहिर सुनाउनलाई क्रिश्चियनहरूको चर्च भनिएता पनि भ्याटिक्यान चर्चले शैतान पुजा गर्छ। बाइबलको १४ वटा अध्यायहरू भ्याटिक्यानले लुकाएको छ। बाइबल सबैभन्दा धेरै पटक संस्करण भएको धार्मिक पुस्तक हो। उनीहरुले आफ्नो इच्छाअनुसार बाइबल लेखेका छन् र बाइबलको माध्यमले उनीहरुले गुलामी चलाइरहेका छन्। भ्याटिक्यानको सभाहल सर्पको आकारमा निर्माण गरिएको छ र बाइबल अनुसार सर्प शैतानको संकेत हो। भ्याटिक्यानको दूरबीनको नाम लुसिफर हो र शैतानको नाम लुसिफर पनि हो। बिल गेट्सले बनाउन लागेको भ्याक्सिन मा नेनो पार्टिकल; निकैनै शुक्ष्म आकारको तत्त्व मिसाउने र त्यसमा प्रोग्राम हाल्न सकिने चिप अर्थात नेनो बोट राखिएको हुन्छ। त्यस शुक्ष्म तत्त्वको नाम लुसिफेरेज हो। यसबाट पनि पुष्टि हुन्छ यो भ्याक्सिनको माध्यमले संसारमा शैतानको अनुष्ठान चल्दैछ। शैतान पूजा गर्ने क्रममा मुखमा पट्टी लगाइन्छ र सबै पुजा गर्ने मान्छे ६ फिटको दुरीमा उभिन्छन्। अहिले संसारभरी मान्छेको मुखमा पट्टी लगाइएको छ र ६ फिटको दुरी राख्न निर्देशन जारी गरिएको छ। यो एक किसिमले प्रत्येक मान्छेलाई शैतान पूजा अनुष्ठान गराउँदै गएको संकेत हो। उनीहरूको उद्देश्य संसारमा सबै धर्म नाश गरेर शैतान पुजालाई नै मुख्य धर्मको रुपमा स्थापना गर्नु हो। अब नेपालको मन्दिरहरु पनि खोलाउने कुरा आएको छ।  तर,  त्यँहा यहि छ फिट र मुखमा पट्टि लगाउने नियम राखिएमा बुझ्नु होला हाम्रा मन्दिर पनि उनीहरुले भ्याटिक्यान जस्तै, हेर्दा एकथरिको तर भित्र-भित्र पुजा अर्कैको, गराउने छन्। 

उनीहरुले संसारभरि नयाँ चलनको निर्माण गर्ने उद्देश्यले स्पिरिट कुकिङ्ग,  पिज्जा गेट यी कुराहरुलाई मुलप्रवाहीकरण गर्दै छन्। संसारका सवैभन्दा धनाढ्यहरुले हेर्नै निकै महङ्गो जीवन्त कला र खाना सम्बन्धि गतिविधिलाई स्पिरिट कुकिङ्ग भनिन्छ। मारिना अब्राहमोबिच यो क्षेत्र सम्हाल्दै आएकी छिन्। उनको उमेर ७४ बर्ष हो तर एडेर्नोक्रोमको सेवनले इनि भर्खरकै देखिन्छीन्। उनका कला प्रदर्शनीमा क्यान्निवलिज्म अर्थात् मान्छेको मासु खाने संस्कृति सुक्ष्म तरिकाले चलन चल्तीमा ल्याउने चाल चलींदै छ। बालबच्चाको रगत खाने, मासु खाने, यौन करणी गर्ने गतिविधिको गोप्य शब्दावली पिज्जागेट हो। हाम्रो कुरा आँखा चिम्लेर विश्वास नगर्नु होला,खोज्नु होला अनुसन्धान गर्नुहोला। अहिले संसारभरी त्यस्ता किसिमको गतिविधि फेसनको रुपमा अगाडी ल्याइँदै छ। अमेरिकाको लस् एन्जल्समा एउटा गोप्य रेष्टुरेन्ट सञ्चालनमा छ। जसको नाम क्यन्निबल क्लब हो र यसको वेबसाइट चलेको दशौं वर्ष भइसक्दा पनि यसलाई रोकिएको छैन। यसमा खुलेआम शैतान पूजारीहरुले रुचाउने मान्छेको कलेजोको खाना परिकार, मान्छेको रगत सम्बन्धिका खाना परिकार हरु बेचिन्छ। त्यो रेस्टुरेन्ट कहाँ छ ? त्यसबारे बताइएको छैन तर त्यो वेबसाइटमा गएर एउटा फारम भरेर पठाएमा उनीहरुले लिन आउने र क्लबको सदस्य बनाउने कुरा उल्लेख गरिएको छ।

यी शैतानका भक्तहरुले हरेक चोटी संसारमा आफ्नो इच्छाअनुसारको ठुलो खेला सफल पार्न लाखौँ मान्छेहरुलाई युद्ध, भोकमरी वा रोगको माध्यमले मारेर शैतानलाई भाकल चढाएको मान्दछन्। पहिलो विश्व युद्ध उनीहरुले फेडेरल रिजर्भ बैंक खुलेकोमा शैतान खुसि पार्ने र डलरको माध्यमले संसार कब्जा गर्ने नियतले गराएका थिए। त्यसलगत्तै उनीहरुले सबै देशलाई अधिनमा लिनको लागि लिग अफ नेसन नामको संस्था खडा गरे। दोस्रो विश्वयुद्ध, उनीहरुले इजरायल स्थापना गर्नको लागि चढाइएको भाकल र चालिएको चाल थियो। त्यस लगत्तै लिग अफ नेसनलाई अझै फराकिलो बनाएर सारा संसारको देश कब्जामा लिने उद्देस्यले युएन (संयुक्त राष्ट्र संग)को स्थापना गरे। र अहिले आधुनिक दास प्रथा, एजेन्डा ट्वान्टी वान अर्थात इजरायललाई संसारको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापना गर्नको लागि कोरोना खेला विश्व स्वास्थ्य संगठनको माध्यमले खेल्दै छन्।

उनीहरूको कितावमा लेखेअनुसार मार्क अफ द बिस्ट् अर्थात शैतानको भक्तको चिन्ह, प्रत्येक मानिसलाई लगाउने योजना नै कोरोनाको भ्याक्सिन हो। र भ्याक्सिन प्रमाण पत्रमा 666 अंक सहितको क्रम संख्या अथवा प्रमाणपत्र नम्बर राखिने छ। यो प्रमाण पत्र अर्थात डिजिटल सर्टिफिकेट नदेखाएमा हरेक किसिमको सेवा बाट बन्चित गरिने छ। यहि नै मार्क अफ द बिस्ट् हो। यी कुराहरुलाई पहिला कन्स्पिरेसी थिओरि भनिन्थ्यो तर अहिलेको विश्व परिवेश कन्स्पिरेसी थिओरिस्टहरुले सबैलाई सचेत गराए अनुसार नै बन्दै गएको छ। खोज अनुसन्धान गर्न रुचाउने नागरिकहरू सडकमा आएर ती शैतान पुजारीहरूको विरोध गर्दैछन्। २९ नभेम्बरमा फ्रान्समा रोथ्चाइल्डको बैंकमा आगो लगाइदिएका थिए। विभिन्न देशमा भ्याक्सिन बलपूर्वक प्रत्येक मानिसले लगाउन पर्ने अध्यादेश ऐन कानूनहरु बनाउने योजना चल्दैछ। यो सबै एजेन्डा twenty-one अन्तर्गत पर्दछ। डेनमार्कमा यसको बिरोध गरेर त्यो ऐन लागु हुन दिइएन। जर्मनीमा आन्दोलन चल्दै छ, बेलायतमा पनि आन्दोलन चल्दै छ। तर हाम्रो देश, खोज अनुसन्धान नगर्ने जमातले भरिएको छ। अझै सुतेर बसेमा, सबै मूल धर्महरु मासिने छन्, धर्तीको जनसङ्ख्या ५० करोडमा झारिने छ। भ्याक्सिनको माध्यमले मान्छे मारिने छ, प्रजनन क्षमता ह्राश गरिनेछ। यो अध्यादेशको नाटक मन्चन गरेर अनिवार्य भ्याक्सिन सम्बन्धि ऐनहरु निकाल्ने योजना पनि हुन सक्ने हाम्रो अनुमान छ। एमसीसीको लागि चालेको कदम पनि हुन सक्ने सम्भावना छ। 

गोप्य खुलासा : गुगलको इन्टरनेट ब्राउजरको नाम क्रोम हो र यसको ग्राफिक प्रोसेसिङ्ग युनिट (GPU)को नाम एडेर्नो हो। एडेर्नो + क्रोम, हामी हरुले बिज्ञान प्रविधि वाल लेखमा गुगल उनीहरु कै हो भन्ने कुरा उजागर गरि सकेको थियौं। र गुगल क्रोमको लोगो हेर्नु होला 666 देखिएमा संयोग नहुन सक्छ। 

शिवगौरीदास (अनुप)

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट


Comments

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।