Posts

Showing posts from March, 2021

जन गणना २०७८ मा निहित षड्यन्त्र भाग १: परिचय र समाधानको बहस आरम्भ ।।

Image
माओवादी प्रयोग गरेर यँहाको धार्मिक आस्था, राष्ट्रप्रेम र मनोविज्ञान विक्षिप्त पार्दै राष्ट्र खण्डिकरण हुँदै विसर्जनको योजना सहित चलिएको प्रपन्च बारे अघिल्लो ३ लेखहरुमा उजागर गरि सकेका थियौं। आज जन गणना २०७८ मा निहित षड्यन्त्र बारे केहि बताउने जमर्को गरेका छौं।  माओवादीले डर हावी गराएर राखेको नेपाली समाजमा धर्म संस्कृति, पहिचान, आफ्नोपन, इतिहास, पुर्खाका वैभव विरासतको खोजि बढेको छ। अझ भन्ने हो भने आफ्नो मूल बाट छिन्न भिन्न भएका नेपालीले अहिले आफ्नो राष्ट्रिय, सांस्कृतिक, सामाजिक मूल्य मान्यताको जगेर्णा गर्ने र खोजि गर्ने गतिविधिले तिब्रता पाएको छ। यसै बीच नेपालमा हिन्दुत्वको नारा निकै आक्रामक शैलीमा गुञ्जिन थालेको छ। २०४७को संविधान र तत्कालिन व्यवस्था अनुसार नेपाललाई हिन्दु राष्ट्रको पहिचान दीएको भएता पनि यँहाको मूल धर्म बौद्ध, किराँत र बोनले पनि उचित संरक्षण पाई रहेका थिए। नेपाली मुसलमानलाई पनि हज जाने सुविधा, दरबार अगाडी मस्जिद र अन्य सहुलियत एवं संरक्षण प्राप्त थियो। कसैले पनि कसैको धर्मको विरोध, निषेध र परिवर्तन गरेको इतिहास छैन। सबैले आ-आफ्नो चाड पर्व आफ्नै कुल पद्दति, मूल परम्पर

महाभारत युद्ध: आधुनिक प्रविधिको कोणबाट हेर्दा।।

Image
  "महाभारत" कसैको लागी यो मिथक, कसैको लागी इतिहास, कसैको लागी भगवान श्री कृष्णको लिला त कसैको लागी यो ज्ञान, प्रेरणा र नवनिर्माणको भण्डार। यो यथार्थ घटना न भएर कपो कलिप्त हो भन्ने हरुलाई पनि आजको लेखले कसरी त्यो बेलाका मान्छे अझ उनीहरुकै भाषामा भन्नु पर्दा ढुंगे युगका मान्छेले आधुनिक विज्ञानलाई प्रेरणा दिएको छ भन्ने बारे बताउने चेष्टा गर्ने छ। यस लेख को पहिलो खण्डमा महाभारत युद्धमा प्रयोग भए का हात हतियार बारे उल्लेख भएका जानकारी राखिएको छ; जसको खोज संकलन र नेपाली अनुवाद आचार्य रामचन्द्र ले गर्नु भएको छ भने दोश्रो खण्डमा सोहि हतियारहरु आधुनिक शैन्य प्रविधि संग कसरी जुडेका छन् र प्रयोगमा आएका छन् भन्ने बारे शिवगौरिदास-अनुप ले उल्लेख गरेका छन्। समग्रमा भन्नु पर्दा प्राचिनमा प्राचिन सनातनदेखि नविनमा नित्य नुतन वर्तमानसम्म नाम फरक, प्रयोगकर्ता फरक, माध्यम फरक होला तर प्रविधि एकै, विनासकारी नतिजा एकै। शस्त्र/हतियार/ विपन .   पहिलो खण्ड   १-आग्नेयाश्त्र (विपन अफ फायर) सत्रूकाे सेना(जल, थल, मरु वा गगन) जुनकुनै ठाउमा भए पनि तत्काल आगाे उत्पन्न गरेर आगोको मुस्लो, राप्को, विकिरण र ता

जातीय मुद्दाको यथार्थ।। को दोषी? कसको खेल ? भिडिओ सहित।

Image
सामाजिक संजाल भरि जातको नाममा निकै घृणा, गालि गलौजले भरिएको अभिव्यक्ति देख्न सकिन्छ। झल्यास्स हेर्दा देशको बागडोर सम्हाल्ने प्राय जसो बाहुन क्षेत्री थर परेका, हिन्दु धर्म मान्ने परिवारमा जन्मिएका छन्। तर सोंच्न जरुरि छ, अपराधीको कुनै जात हुँदैन। जुन नेतालाई बाहुन भनेर भनिन्छ, के तिनीहरूले बाहुन भन्ने कुनै पनि संस्कार अनुशरण गरेका छन् ? न जनै लगाउँछन्, न आमा-बाबा लगायत आफन्तको किरिया बस्छन्, न नुन छोड्छन् न केहि बार्छन्। मृत्यु संस्कार त डामाडोल पारेका छन्, छालाको जुत्ता सहित दागबत्ति दिन्छन्। न कुनै दैनिक पूजापाठ नै गर्छन्, न कुनै आस्था नै राखेका छन्। त्यस्तालाई बाहुन भन्न मिल्दैन, बाहुन थर परेका अपराधीहरूले देश बिगारेका हुन्। ओली बेला न को बेला किन पशुपति गएर पुजा गरे भनेर हल्ला गर्ने पनि होलान्। यो पुजा उसले कुनै विधि अनुसार गरेको होइन भोट लतार्न नयाँ नाटक गरेको हो। देशको जनसंख्या सबैभन्दा धेरै बाहुन क्षेत्रीकै भएकाले सबै ठाउँमा लुटेराको रुपमा ती थर परेका देखिएका हुन् तर हरेक थरबाट अपराधिहरु छन्। चुरो कुरो खोताल्ने हो भने, बाहुन थर परेका विदेशीका गुलामले देश बर्बाद पारेका हुन्। लगभग

खुवालुङ फोड्ने नियतको नालीबेली । मिसिनरि योजना! विकास वा मूल धर्म बिनास?

Image
खुवालुङ फोड्ने नियतको नालीबेली  संसद बिघटन पश्चात २०७७को माघ र फाल्गुन महिनामा नेपाल कम्युनिष्ट पार्टीको आमसभा, शक्ति प्रदर्शन अथवा हड्डी, झोल र नोट फालेर बेरोजगार थुपार्ने प्रतिस्पर्धाको निकै ठुलो होड चलेको थियो। कुन गुटले धेरै मान्छे थुपार्न सक्छ भनेर, "मेरो गुटमा धेरै झोले छन्, मलाई आशिर्वाद दिनु, मलाई कुर्सीमा चडाइदिनु" भन्ने बिदेशी मालिक रिझाउने नाटक र नौटंकी मात्र थिए, ती सबै तथाकथित आमसभा। देशमा स्वतः स्फ्रुत रूपमा युवापिडि अहिलेको तन्त्र, व्यवस्था, सरकार,  संविधानले देश झन् ठुलो खाडलमा खस्ने अवस्था देखेर यसको बिकल्पमा राजतन्त्र चाहियो भन्दै सडकमा निस्की रहेका थिए। त्यो भीडमा कसैको लगानी छ कि भनेर खोजि पनि भए। तर त्यो भीड यथार्थमा स्वतः स्फ्रुत रहेछ भन्ने चाल पाए पछि, डा बाबुरामले युवापिडिलाई, “गणतन्त्रको भात पाक्न ढिला भयो भनेर राजतन्त्रको गोबर नखाऔं” भन्ने अभिव्यक्ति सामाजिक संजालबाट व्यक्त गरेका थिए। कमल थापाले यहि दाउमा आफ्नो रोटि सेक्न निकै कसरत पनि गरेका थिए। तर उनको दोगला चरित्र बुझिसकेका युवा जमातले, "उनको पार्टीको झण्डा सहित त्यस प्रदर्शनमा घुसपैठ भयो, रा

माओवादी प्रायोजनको नालीवेली भाग-३ : कमजोर राष्ट्रियता, राष्ट्र विखण्डन हुँदै राष्ट्र विसर्जन।

Image
कालान्तर देखि सबैको एकत्व सहित चलिआएको नेपाल देशमा देश,राष्ट्र र राज्य भनेको पर्यायवाची शब्द हुन्। अर्थात नेपालको हरेक भाषा, चलनचल्ती, जीवन पद्दतिमा देश,राष्ट्र र राज्य शब्दले एउटै अर्थ बोकेको छन्। अझै पनि राष्ट्र प्रेम र देश प्रेम एउटै मानिने देशमा राष्ट्रियताको गलत परिभाषा सहित देश फुटाउने कुनियतले नेपाल टुक्रा पारेर आफ्नो इच्छा अनुसार प्रयोग गर्ने उद्देस्य सहित पश्चिमाहरुले आफ्नो प्रणाली अनुसारको राष्ट्र भन्ने शब्दजाल माओबादिको माध्यमबाट अगाडि सारे। त्यसपछि सुरु भयो जातीयताको आधारमा देशको खण्डीकरण।  नेपाल देशभित्र सधै एउटा मात्र राष्ट्रियता थियो त्यो हो नेपाली। माओवादी प्रायोजन संगै "फुटाउ र राज गर" सिद्धान्त अनुसार विश्वव्यापी फूट ल्याउँदै युद्ध, हिंसा गराएर सबैलाई कमजोर बनाई आफ्नो आधिपत्य जमाउने साम्राज्यवादीहरुले निर्माण गरेको राष्ट्रियताको परिभाषा नेपालमा पनि लाद्न सुरु भयो। बाबुराम, प्रचण्डले आफ्नो सत्ता प्राप्तिको महत्त्वकान्क्षा पुरा गर्नको लागि सहिष्णुता, सद्भाव र सर्वैकत्त्वको सुत्रलाई जीवन सुत्र मान्दै आएको नेपाली समाजमा जातको आधारमा राज्य बाँढ्ने भनेर बिभिन्न जा