Posts

Showing posts from May, 2021

दरबार हत्याकाण्डमा संलग्न बाह्य शक्ति। भिडिओ सहित।

Image
दरबार हत्याकाण्डको २ दशक बिति सकेको छ। यस बिचमा धेरै कुराहरु सुनिए, धेरै कुराहरु पढिए र भिडिओहरु पनि हेरिए। त्यसैको आधारमा विभिन्न जानकारी संकलन गरेर केहि वैश्विक चलखेलको मध्येनजर गरेर अनुमान,सत्य, तथ्य सबैको मिश्रण गरेर यस कार्यक्रम तयार पारिएको छ।  दरबार हत्याकाण्डको चुरो कुरो बुझ्न दरबार र विदेशी टकराव बुझ्न जरूरी हुन्छ। त्यसैले, आजको एपिसोडमा थोरै भूमिका सहित राजा महेन्द्र प्रति विदेशी मनमुटाव बारे उजागर गर्ने छौं। केहि हप्तामा राजा विरेन्द्रको वंश देखि नेपाल बाट राज संस्था नामेट पार्न चालिएका प्रपन्च लिएर आउने छौं। नेपालमा राजसंस्था सबै भन्दा शक्तिशाली संस्थाको रूपमा रहेको थियो भन्ने कुरा सबैलाई अवगत नै छ। नेपाल भित्र बाट मात्रै त्यसलाई कमजोर पार्न र विस्थापन गर्न असम्भव थियो। त्यसैले विदेशी चलखेलमा नेपालीको सहयोगबाट त्यो घटना( राजाहरुको हत्या ) घटाइएको थियो। प्रसंग सुरु गरौँ, राजसंस्था र विदेशी शक्ति विच उत्पन्न मनमुटाव र टकराव बाट।  तत्कालिन इस्ट् इंडिया कम्पनिको नजर नेपाल माथि थियो। अंग्रेजको पञ्जा बाट नेपाली मूल धर्म बचाउन एक जना रक्षक(बडा महाराज पृथ्वी नारायण शाह) जाग्यो। गुर

भ्याक्सिन र पिसिआर बारे सनसनी खुलासा। करोडौंको प्रलोभनमा जीवन।

Image
  लेखमा निलो अक्षरहरु स्रोत हुन्। क्लिक गरेर जाँच गर्न सक्नु हुनेछ।  अमेरिकामा कोरोनाको नयाँ नयाँ खेला चल्दै छ। भ्याक्सिनको कारण ६ महिनामा करीव २ लाख मान्छेको स्वास्थ्यमा सामान्य असर देखि गम्भीर स्वास्थ्य समस्या एवं दैनिक ३० जनाको मृत्यु भएको छ। यो रिपोर्ट टकर कार्ल्सनले आफ्नो टिभी कार्यक्रममा पनि उजागर गरेका छन्। भ्याक्सिनको कारण नकारात्मक असर बारे चर्चित टिभी प्रस्तोताले सो रिपोर्ट प्रस्तुत गरे पछि अमेरिकी नागरिकमा भ्याक्सिन प्रति अविश्वास जागेको छ। त्यसैले अमेरिकाको ओहियो राज्यले चिट्ठा प्रणाली लागु गरेको छ। १२ मे २०२१(बैसाख २९ २०७८)मा ओहियो राज्यका गभर्नर(राज्यपाल) माइक दे वाइनले अबको २ हप्तामा ५ जना भ्याक्सिन लगाएकाले चिट्ठा मार्फत १० लाख अमेरिकी डलर( करीव १२ करोड नेपाली रुपैयाँ ) जित्ने अवसर पाउने भनेर घोषणा गरे। मे २६, बाट ५ हप्ता सम्म हरेक हप्ता एक जना मान्छे १० लाख डलर बिजेता हुनेछन् भनेर भ्याक्सिन लगाउन आकर्षित गर्न, लोभ, मोह, प्रलोभनबाट पनि खेला चलेको बुझ्न सकिन्छ। त्यस्तै भ्याक्सिन लगाएमा मास्क लगाउन नपर्ने घोषणा पनि चल्दै छ। इज्राएलमा कोभिड पास (हेल्थ पास) भएकाले मास्क नल

नागरीकता अध्यादेश खारेज हुने ! सर्त र अवस्था। भिडिओ सहित।

Image
केपी ओलीको सरकार ढल्ने, ढाल्ने वा टिक्ने एवं नेकपा नामको झुण्ड मिल्ने, फुट्ने वा जुट्ने यी वाइयात विषयमा देश रोमलिएको ३ वर्ष बिति सक्यो। देश र जनताको मुद्दा कहिल्यै पनि एजेन्डामा न पर्ने।  पार्टीको वैठक देखि मन्त्रि परिषदको छलफल सधैं जनतालाई छल गरेर फल खाने, देश खाडलमा हाल्ने, विदेशीको चाँसो नै प्राथमिकतामा पर्ने गतिविधिमा केन्द्रित रहेको कुरा गँवार देखि पढेलेखेका, सहरी बजारिया देखि गाउँ एवं देश देखि विदेशसम्म सबैले बुझी सकेको अवस्था छ। प्रकृति विनाश गरेर सिमेण्टको रुख बनाउने, मन्दिरको जमिन हडप्ने, कृषि योग्य भूमि घटाउने, सांस्कृतिक सम्पदा फुटाउने र चर्च बनाउनेमा नै इनिहरु आत्मरतिमा अल्झेको देखियो। चाहे कांग्रेस, वा राप्रपा वा एमाले वा माओवादी वा मधेशवादी सबै यी यस्ता देश मेटाउने, ऋण बढाउने काममा सहमतिमा जुट्ने गरेको कुरा पनि छर्लंग छ। एमसीसी र नागरीकता जस्तो देश पराधिन हुने वा विघटन हुने वा अस्तित्व विलिन बन्ने मुद्दामा यी हुँडारहरु विदेशीले देशको मासु लुछेपछि बच्ने हड्डी चपाउन लामवद्ध छन्। आज नागरीकता अध्यादेश बारे केहि लेख्ने छौं।  ब्रेकिंग पोइण्ट / टुक्रिने विन्दु अहिलेको नागरीकता

भाग ३: २०३० नेपाल इस्लाम राष्ट्र वा पश्चिमी सेनाको अखडा।

Image
  २०३० नेपाल हिन्दु राष्ट्र वा इसाई राष्ट्र वा इस्लाम राष्ट्र वा इन्डियन प्रान्त ?? वा पश्चिमी सेनाको अखडा ?? कुरा बाहिरी सतहबाट जे जस्तो देखिन्छ भित्री रहस्य निकै नै ठूलो गहिरो र भयावह किसिमको छ। नेपालमा जुन नियत र उद्देश्यले गणतन्त्र, धर्मनिरपेक्षता लादियो, त्यसको हालसम्म एक चौथाइ जति मात्र काम कुरा भएका छन्। तर नेपालीहरु सचेत हुँदै आएका कारणले विदेशी शक्तिहरूले नयाँ रणनीति अपनाएर ती उद्देश्य हासिल गर्न विभिन्न चलखेलहरु चल्दैछन्। विभिन्न किसिमका पार्टी/ अभियान/महाभियान पनि खुलाइएको छ। बिदेशीको बुइ चढेर पावरमा पुग्ने मनोरोग अझै पनि नेपालका नयाँ-नयाँ खुल्दै गरेका पार्टीमा व्याप्त छ। अब बताइने एजेण्डाहरु नेपालमा निकै प्रखर शैलीमा सक्रिय छन्। राजाहरु(महेन्द्र, बिरेन्द्र) मारिनु, मदन भण्डारी-जीवराज जस्ता नेता डुबाइनु, ज्ञानेन्द्र छँदा राजतन्त्र फालिनु, गणतन्त्र लादिनु अनि धर्मनिरपेक्षता घुसाइनु। यी सबै उही एजेण्डाहरु कै उपज हो। अब विषय तर्फ प्रस्थान गरौँ।  मुसलमानी एजेण्डा नेपालमा मुसलमानको इतिहास नेपाल एकीकरण संग जोडिन्छ। पृथ्वी नारायण शाह स्वयम् इल्लाह्बाद (प्रयाग) जाँदा लखनउ बाट गोला-ब