Posts

Showing posts with the label MCC

एमसीसी आफ्नै नियमलाई लात हान्दै नेपाल पसेको रहेछ। ११ तथ्य सहित।

Image
एमसीसीले कस्तो देशमा जाने/नजाने त्यसको मुल्याङ्कन गर्ने विधि, थ्रेस्-होल्ड अर्थात सूचक मापदण्ड राखेको छ। जसले त्यो मापदण्ड पुरा गरेको छ उसलाई मात्र एमसीसी परियोजनाको लागि छनौट गरिने प्रावधान छ। जस अनुसार स्थिर सरकार, लोकतान्त्रिक अधिकार, भ्रष्टाचारमा नियन्त्रण, व्याप्त गरिबी र माथि उठ्ने चाहना, राजनीतिक अधिकार, सुचनामा स्वतन्त्रता, सरकारको प्रभावकारिता, सामाजिक स्वतन्त्रता, कानूनको शासन, मानव अधिकार र महिला अधिकार अमेरिकाले सोचेको स्तरमा हुन पर्ने हुन्छ। उसको मापदण्ड अनुसार नेपालमा एउटा मात्र सूचक परिपुरक थियो/छ। अन्य सबै नेपालमा हाल सम्म पनि छैन। त्यो एउटा हो व्याप्त गरिबी र माथि उठ्ने चाहना। तर अमेरिकाले नेपाललाई चिन विरुद्ध प्रयोग गरेर ध्वंश गर्ने धेरै अघिको प्रपञ्च अनुसार एमसीसी भित्राइएको रहेछ।  तथ्य, सत्य र विश्लेषण १) एमसीसीले आफ्नो कथित अनुदान(बल्छी)को लागि नेपाललाई रोज्ने समयको मुल्यांकन गरौँ। वि स २०६८ माघ ५ जति बेला नेपालमा संविधान पनि थिएन, स्थिर सरकार हुने त कुरै भएन, देश कुन तरिकाले चल्ने भन्ने संविधान नबन्दै आफ्ना एजेन्डा अनुरुप नै संविधान बन्ने पक्का पक्कि भएको विश्...