Posts

Showing posts from April, 2021

इंडियामा चलेको महामारीको रहस्य खुल्यो।

Image
  इन्डियन कोरोना र नेपाली लक्डाउन कोरोनाको भूत देखि भविष्य, यसको प्रायोजन र विविध आयामबाट करीव दर्जन लेख भिडिओ प्रकाशन गरि सकेका थियौं। आज यसै शृंखलाको नयाँ कडी बारे अध्यावधिक(अपडेट) लिएर आएका छौं। करीब छ महिना अगाडी कोरोना भ्याक्सिन बारे जान्नै पर्ने तथ्य नामक लेख बाट हामीले बताउँदै आएको कुरा अहिले सत्य सावित बन्दै गएको छ। हामीले सतर्कता गराउँदै आए सरि वैश्विक खेला चल्दै गएका हुनाले अब बताइने कुराहरु आँखा चिम्म गरेर नपत्त्याउनु होला। निर-क्षीर विवेक अपनाएर पढ्नु होला, खोज्नु होला। अब विषय तिर प्रस्थान गरौँ।  वैसाख २०७८को पहिलो हप्ता देखि इंडियामा कोरोनाको ठुलो लहर फैलिएर मान्छे पोल्ने समसानमा ठाउँ खचाखच भएको तस्विर जता ततै देखिएको छ। २०७६ को जाडोमा दुरुस्तै अवस्थामा इटाली भन्ने देशलाई देखाइएको थियो। त्यहि इटालीको हस्पिटलमा खिचिएका भिडिओलाई आधार बनाएर कोरोना भन्ने रोगलाई महामारीको नाममा स्थापित पनि गराइयो। तर अहिले यो पुष्टी भै सकेको छ, कि त्यो समय जति पनि मृत्यु इटालीमा भएका थिए ती सबैको कारण कोरोना थिएन। इटालीको सरकारले  त्यो मिडियाबाजीको केहि महिनापछि बल्ल आफ्नो तथ्यांक सार्वजनिक गर

अदालत बाट भ्याक्सिनमा रोक लगाउन सकिने आधार।

Image
इंडिया बाट आएको भ्याक्सिनमा चिम्पान्जीमा हुने एडेनोभाइरस र मान्छेको किड्नीको कोशीका मिसाएको छ। पोलीसर्बेट ८० पनि मिसाइएको छ, बिभिन्न अध्ययन अनुसार यसले क्यान्सर निर्माण गर्ने पुष्टि पनि भएको छ। इडिटिए डाइसोडिअम साल्टले पाचन प्रणाली कम्जोर गराउँछ। म्याग्निसिएम क्लोराइडले स्वास प्रस्वासको समस्या निम्त्याउँछ। यी मध्ये कुनै पनि तत्त्वको एलर्जी भएकाले यो खोप न लगाउन भ्याक्सिन निर्माण कम्पनि सेरम इन्स्टिच्युटले समेत  बताएको छ।  नेपालमा चलेको अर्को भ्याक्सिन चिनबाट आएको छ। यसमा अल्मुनियम हाइड्रोअक्साइड मिसाइएको छ। अल्मुनियमले मानिसलाई कति असर गर्छ खोज्नु होला। यदि अल्मुनियम रगतमा मिसिएमा सिधै मस्तिष्कमा गएर परत निर्माण गर्ने सम्भावना राख्छ। अल्मुनियम तत्त्वले किड्नीमा नराम्रो असर गर्छ। क्यान बियर, कोला, इनर्जी ड्रिंक अल्मुनियमको डब्बामा राख्नुको पछाडी येइ मान्छेको किड्नी फुस्काउने अनि लुट्ने योजना अन्तर्गत हो। यसले हड्डी, मासु सम्बन्धि विभिन्न रोग निम्त्याउन सक्छ। मिर्गी, प्यारालाइसिस, सुस्त मनस्थिति अमेरिकामा २५ % बाल बालिकामा देखिन्छ। यो सबै भ्याक्सिनले हो। कुरा सिधै न पत्त्याउनु !! चिल्ड्र

राजसंस्था: सत्ताविहिन तर पनि शक्तिशाली !!

Image
हामी देश देख्छौं अनि देश लेख्छौं। कसैको चित्त बुझे सहि हो नत्र गणतन्त्रवादी, राजावादी, बाहुनवादी, जनजातिवादी आदि ठप्पा न लगाउनु। हाम्रो कुराले अहंकार घोंचेमा देशको पक्षमा उभिनु हामीलाई आफ्नो छेवैमा पाउनु हुनेछ।  नोट : भाग १ नपढी यो बुझ्न गाह्रो पर्न सक्छ। भाग १ को लिंक लेखको अन्त्यमा दिइएको छ। सुरु गरौँ।।  कुम्भ मेला आज महाकुम्भ मेलामा नेपाली राजालाई गरिएको सम्मान र त्यस पछाडीको इन्डियन बाध्यता एवं नेपालले लिन सक्ने फाइदा बारे चर्चा गरौँ।  इन्डियाले विगतमा भएका सबै गल्तीहरुको लागि क्षमा माग्न सक्छ? त्यो मोदीले भुकम्पले थला परेको बेला लगाएको नाकाबन्दी सम्झेर आफ्नो गल्ति नस्वीकार्दा सम्म उसले देखाएको हिन्दु सम्राटको सम्मान “ललीपप”मा भुल्नु भनेको देश दुखाउनु हो। आफूलाई कथित बौद्धिक भन्ने स्वघोषितहरु मोदीको पक्ष पोषणमा लागेको देख्दा देशले, “कस्ता कपुत मेरो नागरिक बनेर जन्मिन्छ “ भन्दै बिरहमा डाको छाड्छिन्। एक बर्ष पनि बितेको छैन, लिपुलेकमा सडक उद्घाटन गरेको। देशको छातीमा कोपरेको सजिलै बिर्सिने अथवा बिर्सन लगाउने कथित बौद्धिकहरु इन्डियन ललिपपको स्वादमा अलमलिनु। हामीलाई त्यो तितो घटना आँखा अ

इंडियाले नेपाल माथी गरेको ज्यादतीको नालीबेली।।

Image
  गजिनी राष्ट्रियता   short term memory loss लेकको खेतमा काँडेतारले घेर्दियो ! डोजर दौडाएर बाटो संगै  महल ठडायो ! फेदीको खेतमा कब्जा जमायो, अनिकाल जस्तै माहोलमा बाटो छेक्दियो ! हजुरबुवालाई बोलाएर दौसल्ला ओढाइदियो, नाति मन्दविष वाला ललिपपमा रमायो ! बुझ्नेलाई ठिकै छ, न बुझ्नेलाई आजको यस लेख छ। हामी देश देख्छौं अनि देश लेख्छौं। कसैको चित्त बुझे सहि हो नत्र गणतन्त्रवादी, राजावादी, बाहुनवादी, जनजातिवादी आदि ठप्पा न लगाउनु। हाम्रो कुराले अहंकार घोंचेमा देशको पक्षमा उभिनु हामीलाई आफ्नो छेवैमा पाउनु हुनेछ।  सुरु गरौँ।।  इन्डियन ललिपप इन्डियाले अहिले देखाएको ललीपपमा रमाउने गजनी जस्तो १५ १५ मिनेटमा स्मृति गुमाउने बालकहरुलाई केहि स्मरण गराउन चाहन्छौं। लिपुलेक लिम्पियाधुराको नक्सा, संविधानमा उसको धारा चाहियो भनेर लगाएको नाकाबन्दी कसलाई याद छ ? नागरिकता विधेयकमा विरोध जनाएको कसैलाई याद छ ?  किन याद गर्ने ? गजिनी पो हो त। ललिपप देखायो गमक्क पर्दिने। क्षणिक, लहरे, बर्षे भेल जस्तो गजिनी राष्ट्रियता। नक्शा प्रकरणमा भाजपाका युपी मुख्य मन्त्रि आदित्यनाथले थर्काएको याद छ? हामीले उनको शैली र शब्द बुझे अनुस

विक्रम संवत लाई वि. स. बाट विष बनाउने प्रपञ्चको पर्दाफास।

Image
विक्रम संवत लाई वि. स. बाट विष बनाउने प्रपञ्च चल्दैछ। इसाईहरूको संवत जिससको जन्म संगै तयार पारिएको इस्वी संवतलाई नेपालमा लाद्ने षड्यन्त्र चल्दैछ। हरेक वर्ष बाबुराम भट्टराई नेपाल राष्ट्रका कट्टर विरोधीको रुपमा आफ्नो नेपाल सिध्याउने मिसन(उद्देश्य) अझै बाँकी छ भन्दै आफ्ना विदेशी मालिक(आका) हरु सामु बफादारीको सगुन टक्र्याउँछन् । कहिले राष्ट्रिय पोशाक खारेज हुन्छ त कहिले उनको श्रीमतिबाट नेपाल राष्ट्रलाई खारेज गरौ भन्ने वाक्य उजागर हुन्छ, त कहिले उनीहरुद्वारा सामूहिक रूपमा, "विक्रम संवत हटाएर इस्वी संवत लागु गरौँ "। भन्ने अभिव्यक्ति आउँछ। जनता समाजवादी पार्टीको नाममा खुलेको इन्डो-पश्चिमाको हड्डीमा कुर्लने, देश टुक्राउने, राष्ट्र विघटन गर्ने झुण्डहरु यही प्रपञ्च स्थापित गर्न लागिपरेको देखिन्छ। आङ् -काजि नाम गरेका अर्का राष्ट्र बिरोधि तत्त्व समाज भाँड्ने, हिंशा फैलाउने, जात जाति लडाउने र गोरु जुधाई जस्तो रमिता हेर्ने उद्देश्य सहित विदेशी मालिकले दिएको आदेश बमोजिम कहिले एकता दिवस त कहिले दशैं तिहार त कहिले नयाँ वर्षको उपलक्षमा आफ्नो वफादारी झल्काउँछन्। अब विषय तर्फ प्रस्थान गरौँ। विक्