इंडियाले नेपाल माथी गरेको ज्यादतीको नालीबेली।।
लेकको खेतमा काँडेतारले घेर्दियो ! डोजर दौडाएर बाटो संगै महल ठडायो !
फेदीको खेतमा कब्जा जमायो, अनिकाल जस्तै माहोलमा बाटो छेक्दियो !
हजुरबुवालाई बोलाएर दौसल्ला ओढाइदियो, नाति मन्दविष वाला ललिपपमा रमायो !
बुझ्नेलाई ठिकै छ, न बुझ्नेलाई आजको यस लेख छ।
हामी देश देख्छौं अनि देश लेख्छौं। कसैको चित्त बुझे सहि हो नत्र गणतन्त्रवादी, राजावादी, बाहुनवादी, जनजातिवादी आदि ठप्पा न लगाउनु। हाम्रो कुराले अहंकार घोंचेमा देशको पक्षमा उभिनु हामीलाई आफ्नो छेवैमा पाउनु हुनेछ।
सुरु गरौँ।।
इन्डियन ललिपप
इन्डियाले अहिले देखाएको ललीपपमा रमाउने गजनी जस्तो १५ १५ मिनेटमा स्मृति गुमाउने बालकहरुलाई केहि स्मरण गराउन चाहन्छौं। लिपुलेक लिम्पियाधुराको नक्सा, संविधानमा उसको धारा चाहियो भनेर लगाएको नाकाबन्दी कसलाई याद छ ? नागरिकता विधेयकमा विरोध जनाएको कसैलाई याद छ ? किन याद गर्ने ? गजिनी पो हो त। ललिपप देखायो गमक्क पर्दिने। क्षणिक, लहरे, बर्षे भेल जस्तो गजिनी राष्ट्रियता। नक्शा प्रकरणमा भाजपाका युपी मुख्य मन्त्रि आदित्यनाथले थर्काएको याद छ? हामीले उनको शैली र शब्द बुझे अनुसार उनको आशय यस प्रकार थियो। "इंडियाले जे जे गरे पनि चुप लागेर बस्नु, नत्र तिब्बत बन्ने छौ। घुमौरो शैलीमा या सिक्किम या तिब्बत मध्ये एक रोज अरु केहि हुन दिन्नौं हामी इन्डियनहरु। “
एकै छिन नेपाली गजिनीहरुलाई स्मरणको कोर्रा बर्साउन चाह्यौं।
१) इन्डिया ब्रिटिश साशनबाट स्वतन्त्र भए लगत्तै गान्धी, नेहरु र राहुल सांकृत्यायन मन्सुरीको होटेलमा तीन दिनसम्म गोप्यरुपमा, हिमालयदेखि समुन्द्रसम्म नै अखण्डभारत थियो भनी आसपासका स्वतन्त्र देशहरूको इतिहास मेटाउने, षड्यन्त्र बुनेका थिए। (योगी नरहरिनाथ नभएको भए अहिले नेपाल इंडियाको प्रान्त हुन्थ्यो।)
२) त्यसको करीब ढाई वर्षमा राहुल सांकृत्यायनले फर्जी इतिहास तयार गरे। त्यसैको आधारमा सन् १९५० १७ मार्चमा नेहरुले इन्डियन संसदमा यस्तो अभिव्यक्ति दिए। among the other country there is Nepal, almost geographically a part of India, though an independent nation
अनुवाद: “अन्य देशहरु मध्ये एउटा छ नेपाल, जुन स्वतन्त्र भनिएता पनि, भौगोलिक रूपमा इण्डिया नै हो।” नेपालको सार्वभौम स्वीकार नगरेको भनेर बुझ्दा हुन्छ। सर्दार बल्लभ भाई पटेलले इंडियाको हैदराबाद र कश्मिर जस्तै गरी नेपाललाई अब इन्डिया अधिनस्त गर्न पर्छ भन्नुले पनि इन्डियन कुनियतको पुष्टि गर्छ।
३) त्यो अभिव्यक्ति पछाडिको इन्डियन नियतको आँकलन गर्दै श्री ३ मोहन शम्शेर जङ्गबहादुर राणाले त्यसको ४ महिना २ हप्ता पश्चात नेपाललाई स्वतन्त्र, सार्वभौम देशको अस्मिता कायम राख्दै सन् १९५० को सन्धि गराए। नेपाली राणाको ब्रिटिश संग राम्रो सम्बन्धको कारण मोहन शम्शेरको कुटनीतिक प्रभावलाई निस्तेज पार्न इण्डियाले नेपालमा स्वतन्त्रताको नाममा इन्डियन तुरुप कोईराला कार्ड फाल्न कांग्रेस निर्माण गरायो।
४) वि स २००७ सालमा प्रजातन्त्रको नाममा भएको स्वतन्त्रता क्रान्ति वास्तवमा छद्म स्वतन्त्रता रहेछ यथार्थमा त्यो इन्डियन उपनिवेशीकरण रहेछ।
नेपालको संसदको हरेक बैठकमा इन्डियन प्रतिनिधि उपस्थित रहनै पर्ने। नेपालले इन्डियन पैसा चलाउन पर्ने। नेपालको हरेक निर्णयमा इन्डियन हस्तक्षेप हुने किसिमको सरकार बनाइयो कांग्रेसको माध्यम बाट।
६) वि स २००९ सालमा आफ्नो टट्टू मात्रिका प्रसाद कोइरालालाई प्रधानमन्त्री बनाई इंडियाले नेपालको १८ ठाउँमा आफ्नो सैन्य टुकडी(चेक पोष्ट) निर्माण गरायो। त्यस पल बाट इंडियाले नेपाल आफ्नो सुरक्षा छातामा रहेको व्यवहार गर्न सुरु गर्यो। विषयान्तर नहोउस् तर प्रसंग अनुरुप उल्लेख गर्न चाह्यौं। सन् २००० सेप्टेम्बर २८मा बिबिसी वर्ल्डले नेपाल गरीब छ र इंडिया संग धर्म संस्कार मिल्छ त्यसैले इंडियाको सुरक्षा छाता (सेकुरिटी अम्ब्रेला)मा राख्न ठिक होला भनेर नेपालको सार्वभौमसत्ता माथि प्रहार गर्दै सर्भे र बहस कार्यक्रम गराएको थियो। जसबेला विवेकशील साझाका रविन्द्र मिश्र त्यहि बिबिसीमा बिबिसी नेपालका निर्माता थिए। (रविन्द्र एण्ड कम्पनिको पर्दाफास)
७) वि. स. २०१२ सालमा संयुक्त राष्ट्र संघमा नेपाललाई एक सार्वभौम राष्ट्रको रूपमा दर्ता हुन केहि मापदण्ड पुरा गर्न पर्ने थियो। त्यस बेला राजा महेन्द्रले राष्ट्र गुरु योगी नरहरि नाथको सहयोगमा सबै मापदण्ड पुरा गरेर दर्ताको लागी दस्तावेज पेश गराए। नेपालका दलाल नेता र इंडिया मिलेर नेपाललाई संयुक्त राष्ट्र संघमा इंडियन प्रान्तको रूपमा राख्ने कुचेष्टा गर्दै थिए । इन्डियाले रुसलाई नेपाल स्वतन्त्र देश होइन भन्दिनु पर्यो भनेर भनेपछि चार पटक सम्म रुसले नेपाल स्वतन्त्र देश होइन ,त्यसैले राष्ट्र संघको सदस्य दिनु हुदैन भन्यो। तर राष्ट्र गुरु योगी नरहरिनाथको ऐतिहासिक ज्ञान र तथ्य पूर्ण दस्तावेज संकलनको आधारमा सबै मापदण्ड पुराउन सफल भएकाले नेपालले सार्वभौम राष्ट्रको रुपमा राष्ट्र संघमा सदस्यता पायो। (योगी नरहरिनाथ नभएको भए अहिले नेपाल इंडियाको प्रान्त हुन्थ्यो।)
८) राजा महेन्द्रले त्यस लगत्तै चिन संग सन्धि गरे एवं चिनले नेपाललाई सहयोग स्वरूप १ करोड पच्चीस लाख डलरको परियोजना एवं पैसा उपलब्ध गरायो। नेपाल आत्म निर्भर बनोस् भनेर उद्योगहरु त्यहि समयबाट र त्यहि लगानीबाट सुरु भएको थियो। तर त्यसलाई पनि इण्डियाले आफ्नो प्रभाव र दवाबको माध्यमले सबै बन्द गरायो। त्यसले नै नेपालमा बेरोजगार उत्पादन हुन सुरु गर्यो। अहिले नेपालीजति विस्थापित गरेर नागरिकताको खेलाले नेपाललाई सिक्किम जस्तो शैलीमा जनमत संग्रहबाट निल्ने तुच्छ उद्देश्य अनुसारको काम इण्डियाले गर्दै छ।
९) चिन भ्रमणको २ वर्ष पछि सन् १९५८मा राजा महेन्द्रले इन्डियन सेखी झार्न रुस भ्रमण गरे। रुसले नेपाललाई ५० शैया अस्पताल, चुरोट कारखाना, चिनि मिल, जलबिद्युत परियोजना र पूर्वपश्चिम राजमार्ग पनि निर्माण गरिदिने सहमति भयो। पूर्वपश्चिम राजमार्ग असफल पार्न इन्डियाले त्यो बेला नेपालका भुमिगत दल जो अहिले सत्ता र प्रतिपक्षमा छन्, उनिहरुलाइ हात लिएको थियो। राजमार्ग नबनाए आफ्नै भुमीमा आवातजावत गर्न पनि इन्डियाको भुमी प्रयोग गर्नु पर्थ्यो। (सीआइएको दस्तावेज)
१०) योगीजीको संकलनले नेपाल इंडिया अधिनस्त हुन पाएन। त्यसैले विसं २०१५ सालमा मृगस्थलीको प्रांगणमा तत्कालीन इन्डियन दलालको सरकारले (पंचायत सुरु भै सकेको थिएन) प्रहरी खटाएर आगो लगाइयो। जसका कारण हप्ता दिनसम्म पनि मृगस्थली क्षेत्रमा धुवाँको राग गन्हाइरहेको थियो। (आगो लगाइएको प्रसंग बारे सौरभको लेख हेर्न सकिन्छ)। त्यस पछि गोर्खा काण्डको निहुमा योगीजीलाई जेल पनि हालियो। त्यहि नेपालको प्राचिन ऐताहासिक दस्तावेज नष्ट पारेर इंडियाले वैदिक तथ्यहरु तोडमोड गर्दै सबै आफ्नै पोल्टामा हाल्दै छ। विक्रम संवत, राम जन्म भूमि, ४ धाम एवं विविध विषय बारे धार्मिक डकैत भएको छ। जुन हाल सम्म पनि निरन्तर चल्दै छ। बैसाख १० २०७८मा साउदी अरब सरकारले रामायण र महाभारत पाठ्यक्रममा समावेश गर्ने भन्ने समचार छाह्यो। तर इन्डियन पत्रिकाले इन्डियन संस्कारहरु साउदीको विद्यालयमा पढाई हुँदै भन्ने कुरा उल्लेख गरेर समाचार बनायो। पहिलो कुरा रामायण महाभारत मात्र होइन वैदिक वांगमय देखि व्याकरण सबै नेपाल भूमिमा तयार भएका हुन्। आयुर्वेदको प्रवर्द्धन, योगको प्रणेता सबै नेपाल भूमीको देन हो। तर इंडियाले हिन्दु वा वैदिक संस्कृति नभनेर इन्डियन संस्कृति भन्नु भनेको त्यो इंडियाले गरेको डकैत हो। यस बारे बोल्ने कोहि देखिन्न किन कि धर्म र मौलिकताको कुरा गर्ने धेरै तप्का इन्डियन आशिर्वाद बाट चलेका छन्।
११) सन् १९६०मा राजा महेन्द्र इंडिया भ्रमणमा गएका थिए। इन्दिरा गान्धीले आफ्नो स्वीकृति बिना किन राजमार्ग निर्माण गरेको भन्दै नेपाल इंडियाको सुरक्षा छातामा छ भन्दै निहु पनि खोजिन्। आफ्नो देशमा सडक बनाउन पनि इंडियाको अनुमति माग्न पर्ने कति गिरेको चिन्तन छ इन्डियनको, मनन गरौँ। इंडियाले सोझो साझो नेपालीको दिमाग भुट्दिएर राजा महेन्द्रलाई सन् १९६२मा जनकपुर भ्रमणमा जाँदा बम हानेर मार्ने प्रयास गरायो। २१ बर्षिय दुर्गानन्द झाले यहि कसूरमा मृत्यु दण्ड भोग्नु पर्यो। महेन्द्र रसिया र चिन संग नजिकिन थालेकोले अमेरिकी डाहमा इन्डियन मिलेमातोले त्यसको १० वर्ष पछि सीआइए एजेन्ट र इन्डियन डाक्टरको माध्यम बाट मारिए।
१२) राजा वीरेन्द्रलाई पनि भारतवर्षको कथा सुनाएर फुस्लाउने कोशिस भयो। तर योगीजीको हिमवत खण्डको आधार अनुरुप राजाले जवाफ फ़र्काइदिए। त्यस पछि फेरी विसं २०३० सालमा सिंह दरवारमा आगो लगाएर योगीजीको संकलन जलाइयो। "पञ्चायत सरकारले अर्कै प्रसंगमा भए पनि कोपदृष्टि राखेपछि उनी(योगीजी) गोरखपुरको आश्रममा पाहुना लाग्न गए। भनिन्छ, त्यहाँ उनलाई तीन महिनासम्म बन्दीजस्तै बनाए मठाधीश अवैद्यनाथले। त्यो अवधिमा ब्लेडले छाला चिरेर नुनचुक लगाइयो। अरू केहीका भनाइमा मलद्वारमा खुर्सानीको धुलो भरियो ।" असहमति ३, पृष्ठ १६७ -सौरभ
यस बाटनै यो सबै इण्डियाको प्रपन्च थियो भन्ने कुरा पुष्टि हुन्छ। नाथ सम्प्रदायका एक विशिष्ठ व्यक्तित्व राष्ट्र गुरु योगी नरहरिनाथलाई गोरखपुरकै नाथ सम्प्रदायका कथित महन्तले त्यस्तो तुच्छ यातना दिनुको कारण उनीहरुको अखण्ड भारत र नेपाल खाने उद्देश्य चकनाचुर भएर हो।
१३) वीरेन्द्रले नेपाललाई युद्धको लागि प्रयोग गरिने विदेशी रणनीति चिर्न शान्ति क्षेत्रको प्रस्ताव गरे, लगभग सबै देशले समर्थन गरेको यस प्रस्ताव इण्डियाले समर्थन गरेन र रुसले सुरुमा गरेको समर्थन पनि फिर्ता लिग्यो। यसमा इण्डियाकै चलखेल थियो। त्यस लगत्तै नेपालमा आफ्ना प्रभावबाट चल्ने पार्टीलाई इण्डियाले प्रयोग गरेर, नेपाल अस्थिर बनाई राजा विरेन्द्रको शान्ति क्षेत्रको सपना तुहाइदियो।
१४) शान्ति क्षेत्रको प्रस्ताव उठाएको निहुमा राजसंस्था फाल्न इण्डियाले सेना र हतियार दिने संदेश सहित नेपालका दलाल नेता सामु प्रस्ताव गरेको थियो। २०४६ साल फागुन २० र २१ गतेको तत्कालीन मालेको केन्द्रिय समितिको बैठकमा माधवकुमार नेपालले इंडियाका एउटा अत्यन्त जिम्मेवार व्यक्तिबाट नेपालमा राजसंस्था हटाउन हातहतियार सहितको इन्डियन सेना पठाउने प्रस्ताव आएकोले सो प्रस्तावलाई स्वीकार गरेर नेपालमा गणतन्त्र स्थापना गर्ने प्रस्ताव राखेका थिए । (राधाकृष्ण मैनाली)
१४) माधव नेपाललाई इण्डियाले माथिको कर्तुत जसरी पनि सफल गराउन दवाब दिएको हुन पर्छ। त्यसैले इन्डियन सेना उतारेर राजसंस्था हटाउने प्रस्ताव उनले बारम्बार गरेका रहेछन्। मदन भण्डारीले हरेक पल्ट अस्विकार गर्दिएकाले उनी मारिएका हुन् भन्दा गलत नहोला। र संयोग, भण्डारीको हत्या पश्चात माधव नेपालको राजनीतिक उचाई हर्लक्क बढ्यो।
१५) एमसीसीको विरोधमा रहेका माकुने र बिपक्षमा संसद चल्न नदिने ओलीलाई रअका उपप्रमुख चन्द्र शर्माले भेटे लगत्तै एमसीसीमा सबै सहमत भएकाले इण्डियाले अमेरिकी योजनाको लागि धेरै अघि देखि काम गरेको र नेपालमा इसाईकरण गर्ने माओवादी पालेको देखि माकुनेलाई सैन्य सहयोगको कुरा उठाउन लगाउनेले सबै प्रष्ट पार्छ।
१६) नेपालमा अशान्ति मच्च्याउन माओवादी पालेर नेपालको पूर्वाधार भत्काइयो, कृषि सकाइयो र मानव श्रोतलाई विदेश विस्थापित गरियो। कृषि अझै निर्मुल नै पार्न प्रचण्ड पुत्री(इन्डियन बुहारी)को माध्यमबाट धुर्मुस सुन्तलीलाई पिउसा सरह प्रयोग पनि गरेर नेपालको एक विशाल कृषि अनुसन्धान केन्द्र तहस नहस पार्ने कामको थालनी गराइयो। यसले नेपाल भविष्यमा पनि कृषिमा आत्म निर्भर नबन्ने अवस्था आउने छ।
१७) राज संस्था हटाउने योजना अमेरिकी सीआइए संग मिलेर दरवार हत्याकाण्ड गरायो। यसको लागि तत्कालिन रअ प्रमुख पिके हर्मिज थराकान नेपाली सेनाका कर्णेल दिलीप समशेर जबराको विशालनगरको घरमा बसेको कुरा पत्रकार शरोजराज अधिकारीले जासुसीको जालोमा सार्वजनिक गरेका छन् । २०५७ जेठमा शेर बहादुर देउवा नेतृत्वको राज्य व्यवस्था समितिबाट नागरिकता विधेयकलाई अर्थ विधेयकमा घुसाएर पारित गर्ने प्रपन्च चल्यो। तर राजा विरेन्द्रले सर्वोच्च अदालतबाट सो विधेयक गैरसंवैधानिक घोषित गरि खारेज गरिदिए । त्यस्तै २०५७ मा, नेपालले ‘अल्ट्रा मोडर्न’ हतियार हेक्लर एण्ड कोख्(एचके) जी–३६ राइफल किन्ने प्रक्रिया अगाडि बढाइरहेको थियो । यो हतियार नेपालमै ‘एसेम्बल’ गर्ने र दक्षिण एसियाली मुलुकमा बेच्ने समेत योजना थियो । तर एचके जी–३६ राइफल खरिद गर्ने र नेपालमै ‘एसेम्बल’ गर्ने योजना इंडियालाई मन परिरहेको थिएन । किनभने इंडियाले इन्सास राइफल(5.56 mm) बेच्ने योजना गर्दै थियो। तर राजाले माओवादी उतै बाट परिचालित भएको सुइँको पाई सकेकाले त्यसलाई निस्तेज गर्न युरोप तिर बाट आधुनिक हतियार किन्ने प्रयास गर्दै थिए। राजाले सुन्दरीजलमा एसेम्बल(हतियार जडान) गर्ने भनेर सबै रुप रेखा तयार पारि सकेका थिए। नेपालमा हतियार जडान गरेर दक्षिण एसियामा बेच्ने कारखाना खोलेमा, नेपाल शक्तिशालि बन्ने भएकाले पनि त्यो हुन नदिन इण्डियाले पश्चिमा संग हात मिलायो। नेपाल विघटनको लागि नागरिकता प्रयोग गर्ने इन्डोपश्चिमा शक्तिको ब्रह्माश्त्र रोकेकाले पनि हत्याकाण्ड घटाइएको थियो।
१८) राजा ज्ञानेन्द्रलाई आफ्नै पाल्तु बाबुराम प्रयोग गराएर बद्नाम गराइयो। विभिन्न आरोप लगाएर जनताबाट राजसंस्था प्रति हेय, घृणा, वितृष्णा पैदा गराउँदै लगियो। ज्ञानेन्द्रले चीनलाई पनि सार्कमा ल्याउन सके इन्डियन दवदवा हट्ने बुझेर सो प्रस्ताव गरे। त्यस पछि नेपालबाट राज संस्था हटाइयो। यी सब घटनामा मुख्य खेल अमेरिकाले खेले पनि साथ् समर्थन इंडियाको पनि उत्तिकै थियो। अन्य पनि धेरै छन्, सिमा, नदीनाला, संविधानमा त्यसको धारा, नाकावन्दी आदि।
इन्डियाले आफूले विगतमा गरेका सबै गल्तीहरु बुझेर क्षमा याचना सहित आगामी दिनमा दख्खल नदिने प्रतिबद्धता गर्छ भने इन्डियाले अहिले दिएको राजकीय सम्मान स्वीकार्य हुन्छ होइन भने बाख्रालाई काट्न अगाडी घाँस भनेर बुझ्न जरुरी हुन्छ। इन्डियाले अहिले देखाएको ललिपपमा लुकेका कुराहरु बुझ्न इच्छा जागेमा यो लेख पढ्नु होला।
२०३० नेपाल हिन्दु राष्ट्र वा इन्डियन प्रान्त ??
आगामी भागमा हालको राजकीय सम्मान दिन इंडियालाई के बाध्यता आइ लाग्यो ? एवं राज संस्था सत्ता विहिन भएता पनि शक्तिशाली कसरी छ ? एवं वैश्विक भूराजनीतिको अवस्था समेटेर आउने छौं।
नेपाल आमाको जय
जागुन् राष्ट्रिय गाथा।
सर्वैकत्त्व भवतु :
अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट
Comments
Post a Comment