२०३० नेपाल हिन्दु राष्ट्र वा इन्डियन प्रान्त ??



२०३० नेपाल हिन्दु राष्ट्र वा इसाई राष्ट्र वा इस्लाम राष्ट्र वा इन्डियन प्रान्त ?? वा पश्चिमी सेनाको अखडा ??


कुरा बाहिरी सतहबाट जे जस्तो देखिन्छ भित्री रहस्य निकै नै ठूलो गहिरो र भयावह किसिमको छ। नेपालमा जुन नियत र उद्देश्यले गणतन्त्र, धर्मनिरपेक्षता लादियो, त्यसको हालसम्म एक चौथाइ जति मात्र काम कुरा भएका छन्। तर नेपालीहरु सचेत हुँदै आएका कारणले विदेशी शक्तिहरूले नयाँ रणनीति अपनाएर ती उद्देश्य हासिल गर्न विभिन्न चलखेलहरु चल्दैछन्। विभिन्न किसिमका पार्टी/ अभियान/महाभियान पनि खुलाइएको छ। बिदेशीको बुइ चढेर पावरमा पुग्ने मनोरोग अझै पनि नेपालका नयाँ-नयाँ खुल्दै गरेका पार्टीमा व्याप्त छ। अब बताइने एजेण्डाहरु नेपालमा निकै प्रखर शैलीमा सक्रिय छन्। राजाहरु(महेन्द्र, बिरेन्द्र) मारिनु, मदन भण्डारी-जीवराज जस्ता नेता डुबाइनु, ज्ञानेन्द्र छँदा राजतन्त्र फालिनु, गणतन्त्र लादिनु अनि धर्मनिरपेक्षता घुसाइनु। यी सबै उही एजेण्डाहरु कै उपज हो। अब विषय तर्फ प्रस्थान गरौँ। 

लेखमा सबै कुरा एकै चोटी बताएमा लेख निकै लामो बन्ने भएकाले मुसलमानी एजेन्डा, भ्याटिक्यान एजेन्डा, पश्चिमा एजेन्डा, र विविध गरी शृंखला अनुरुप आउने छ।।  आज:


भाग १: २०३० नेपाल हिन्दु राष्ट्र वा इन्डियन प्रान्त ?


इन्डियन एजेन्डा: 

मधेस मुद्दा

अलिकति इन्डियाको पानि एजेण्डा अर्थात् मधेस मुद्दाबारे बुझौँ। वैज्ञानिकहरूको जनसंख्या प्रक्षेपण अनुसार सन् २०२७/२०३० सम्म इंडिया संसारको सबैभन्दा ठूलो जनसंख्या भएको देश बन्नेवाला छ। (सीएनएन, एल्ला हुर्वोर्थ, जुन २० २०१९) र त्यो ठूलो जनसङ्ख्याको करिब आधा जनसंख्या सँग दैनिक उपभोगको लागि पानी नहुने अवस्था पनि भूगर्भविद्हरूले उल्लेख गरेका छन।(एनडिटिभी जुन २० २०१९) समुद्रको पानीलाई प्रशोधन गरेर दैनिक त्यत्रो जनसङ्ख्याको उपभोगको लागि पानी पुर्याउन इंडियाको बजेटले भ्याउँदैन। त्यसैले नेपालबाट तराई लिन सक्ने हो भने इंडियाको पानी समस्या समाधान हुने कुनियत इंडियाले राखेको छ। जवाहरलाल नेहरूको पालाबाट नेपाललाई आफ्नो अधीनमा लिने इन्डियाको दीर्घकालीन योजना हो। तर बढ्दै गरेको पश्चिमाको सामरिक गतिविधिले गर्दा नेपाललाई सिक्किमीकरण गर्ने उद्देश्य स्थगित गरेको छ। तैपनि पश्चिमाकै मतियारको रुपमा उनीहरूको एजेन्डा पूरा गर्ने तर आफूले पानी उपभोग गर्न पाउने सहमतिमा इन्डियाले पश्चिमाहरूको हरेक गतिविधिमा मद्दत गर्दै आएको छ। इन्डियाको अहिलेको मुख्य स्वार्थ तराई अलग्याउनेमा केन्द्रित छ। नेपालका सबै हिमाल, पहाड बाट आउने नदी-नालाहरु तराईमा गएर बिशाल सप्तकोशी, नारायणी, त्रिवेणी, महाकालीको रुप लिन्छन। ती नदीका पानीहरुलाई साधारण किसिमको प्रसोधनले नै पिउन उपयुक्त बनाउन सकिन्छ। अझै पनि नदी किनारका समुदायहरुले सोही नदीको पानीले नै आफ्नो जीवन यापन गरिरहेका तथ्य सबैमा अवगत नै होला। ती सबै विशाल नदीको पानीलाई चेनेलाइज(नहरिकरण) गरेर इन्डियाको सुख्खा खडेरी भएको ठाउँसम्म लाने र आफ्नो अवस्था अनुरक्षण गर्न यस्ता खेलहरु इन्डियाले रच्दै छ। जुन भूभागलाई मधेस नामकरण गरिएको छ, त्यसलाई नियाल्ने हो भने इंडियाको चाँसो र समर्थन प्रष्ट हुन्छ। मधेस अर्थात इंडियाको “पानि एजेन्डा”। 


सन् २०१९मा दिल्लीमा बिजेपीको चुनाव प्रचारमा सन् २०२५ भित्र, सके सम्म सारा नेपाल नभए मधेस आफ्नो बनाउने कुरा बिजेपी कार्यकर्ताहरुले खुलेआम बोल्दै हिड्छन्, भन्ने खबर दिल्लीमा बसोबास गर्ने एक नेपाली मित्रले बताएका थिए। त्यसैले होला इंडिया हिन्दु राष्ट्रको पक्षमा भएता पनि आफ्नो पानि एजेण्डाको कारण नेपाली संबिधानमा धर्म निरपेक्षता सामिल गर्नमा अग्रसर रह्यो। तर हाम्रा देशका नेताहरु पश्चिमाहरुले हात लिगी सकेको चाल नपाएर उसको मधेस मुद्दा सम्बोधन भएन । त्यसैले संबिधान जारि हुन साथ् नाकाबन्दि लगाएको, सबैलाई स्मरण नै होला। सन् २०३० अर्थात अबको १० बर्ष भित्र तराई अलग्याएर इंडियामा गाभ्ने योजना छ। रअका पूर्व निर्देशक आरके यादवले मिसन रअ पुस्तकमा, पाकिस्तान बाट बंगलादेश छुटाए पछि नेपालको तराई टुक्य्राउने इंडियाको योजना रहेको कुरा प्रष्ट रूपमा व्यक्त गरेका छन्। त्यहि कुनियत अनुसार नेपालमा छोटा पाकिस्तानको एजेन्डा सहित मुसलमान पनि छिराइएका थिए । नेपालमा मधेस भन्ने शब्द पनि त्यस पछि स्थापित गरिएको हो। 

नेपालमा सदियौं बाट रहँदै आएका मूल तराईबासी थारु, मैथल, अवध आदि हुन्। तर नेपालमा आफु अनुकुलको सरकार (दलालले मालिक रिझाउने भाषा अनुसार “कम्फ़र्टेबल सरकार”) बन्ने बित्तिकै तराईमा इंडिया बाट मान्छे झिकाउँदै नागरिकता बाडिए तर यथार्थका मूल तराईबासी अझै पनि नागरिकता बाट बन्चित छन्। कसको सरकार हुँदा नागरिकता बाडियो ? अनि तराईमा एक्कासी जनसंख्या बढ्यो ? इतिहास केलाउन सक्नेले सहजै बुझ्ने छन्। त्यही नागरिकता बाँडिएको आधारमा अहिले मधेसवादी नेताहरु उत्पन्न भएका हुन् जसको इन्डियन नागरिकता, बिहारमा घर जग्गा र सम्पति भएको तथ्य पनि खुली सकेका छन्।

सिके राउत पनि देशको बिखन्डन गराउनका लागि अग्रसर भइरहेका छन्। सन् २०१७को अक्टोबरमा मधेस भनेर एउटा छुट्टै देशको लागि यु.एन.पी.ओ. मा दर्ता गरि सकेका छन्। हाम्रो देशको पाठ्यक्रममा समेत आइ.एन.जी.ओ हरुको ठाडो हस्तक्षेप छ। चार कक्षाको नेपाली पुस्तकमा पहाडीको को बिपरितार्थ शब्द मधेसी भनेर पढाउन सुरु गरिसकिएको छ। यसले ती कलिला मस्तिष्कमा डर लाग्दो प्रभाव (mental programming) बनाउँछ। घृणाको बिषको बिजारोपण भइसकेको छ, यसले ठुलो भयावहको स्थिथि सृजना गर्ने प्रबल सम्भावना राख्छ। 


यु.एन.पी.ओ नामको संस्थाले नै अधिकारको नाममा देश टुक्राउने आधार दिन्छ। सिके राउत को भाषणमा उनले प्रष्ट भनेका छन्, नेपालबाट अलग्गिन जमीन, जनता, चुनाव र सरकार चाहिन्छ। अब मधेस प्रदेश बनाएर आफ्नो सरकार बनाउने अनि इथिओपियामा टिग्रे प्रदेश र केन्द्रिय सरकारको सेना विच युद्ध चले जस्तै नेपालमा युद्ध हुने नियति देखिन्छ। सिके राउत र ओली विच भेटवार्ता पश्चात २४ फाल्गुन २०७५मा सिके राउतले दिएको मन्तव्यमा ओली मधेस मुद्दामा जनमत संग्रहको लागी तयार रहेको कुरा बोलेका छन्। त्यसैले सिके राउत अहिले मौन छन्। योजना बनिसकेको छ, नागरिकता सके सम्म बाड्ने अनि जनमत संग्रह बाट तराई टुक्राउने। सिके राउतले तराईमा युवा लडाकु दस्ता पनि तयार राखेका छन्। २०७७ अषाढ ७ मा नेपाल सरकारले नागरिकता सम्बन्धि, "विदेशी महिलाले नेपालमा बिहे गरेर आएमा ७ वर्ष पछि मात्र नागरिकता पाउने" भन्ने विधेयक पास गरे पश्चात मधेसवादी उर्लेको स्मरण होला ? हरेक पटक माओवादी सरकारमा पुग्दा इन्डियन झिकाउँदै नागरिकता वितरण गरेको स्मरण होला। माओवादी कालमा इन्डियाले नै माओवादीका टाउकेलाई संरक्षण दिएर राखेको थियो। नेपाली-सेना सम्म आउने हातहतियार के कस्ता हुन्छन इन्डियालाई पहिले थाहा हुन्थ्यो र त्यसलाई काउन्टर(निस्तेज) गर्ने हैसियतको हतियारहरु माओवादीलाई इन्डो-पश्चिमाले नै प्रदान गर्थ्यो। २०४७ को संविधान बनेर बहुदल आए पश्चात पनि नागरिकता बाढिएको स्मरण होला। तराईका पिछडिएका, गरीव समुदायले अझै नागरिकता पाएका छैनन् तर इन्डियन झिकाउँदै नागरिकता बाढिनुले सन् २०३० सम्म इंडियाले कोरेको योजना सफलता तिर उन्मुख भएको छर्लंग देखिन्छ। संघियतालाई टेकेर, जनमत संग्रहबाट पारित गराएर सिके राउत, र मधेसवादीको प्रयोगबाट इंडियाले आफ्नो मधेस एजेन्डा साकार गराउने नियत राखेको छ।



इंडियाको हिन्दुत्वको मुकुण्डो : मुखमा राम राम बगलीमा छुरा 

आधुनिक नेपालका निर्माणकर्ता राजा पृथ्वी नारायण शाहले त्यो बेलानै चिनेका दक्षिणको अलि चतुर छ, सावधान रहनु भन्ने दिव्योपदेशको वाक्यांशले इन्डियन तुच्छ चरित्र सदियौं बाट के कस्तो थियो झल्काउँछ। हुन त त्यो वाक्य इस्ट इंडिया कम्पनिलाई भनिएको होला, तर त्यहि कम्पनीको गुलाम इंडियाको लागि पनि सो कुरा लागु हुन जान्छ। मालिकले जे दिमागमा भर्दियो त्यहि नै त दासले गर्ने हो; अहिलेका हाम्रो नेता जस्तै। इंडियाको घटियापन्ती वा चातुर्य बारे धर्मको खोलबाट चलिएको प्रपन्च बुझौँ। 

इण्डियाको भाजपा अखण्ड भारत को मुद्दा लिएर अघि बढ्दैछ, जसको उद्देश्य नेपाली भूमिलाई इण्डियामा गाभ्नु हो। र हरेक इन्डियन चुनावमा नेपालमा रहेको मुक्तिनाथ देखि पशुपतिनाथ सम्म इंडिया भूमि बन्ने प्रतिबद्धता दिएर इन्डियन हिन्दुहरूको भोट लिने गरेको खुलासा हाम्रा दिल्लीमा बसोबास गर्ने साथीले पनि गरेका थिए । भाजपाको पितृ संगठन आरएसएस हो। 


आर एस एस 

आर एस एस भनेको पश्चिमाकै गोटी हो। इंडियामा हिन्दुवादी संगठनको रुपमा स्थापित आरएसएस अंग्रेजहरुले नै सन् १९२५ मा स्थापना गरेको संगठन हो। आरएसएस धार्मिक संगठन नभई लण्डन स्थित रोयल सेक्रेट सर्विस ( RSS) द्वारा संचालित आइएनजीओ हो। आरएसएस ले धर्ममा लगानी गरि, धार्मिक संगठनहरु मार्फत धार्मिक र जातिय दङगाहरु भडकाउछ। मुख्यतः अंग्रेजले १९०६मा मुस्लिम लिग खोलाए पछि, हिन्दु मुस्लिम कित्ताकाट गरि इंडियामा फुटाउ र राज गर को नयाँ बिउको रूपमा यसको विजारोपण गरिएको थियो। यसको काम मुसलमान संग दंगा फसाद सृजना गर्ने र अंग्रेजको आज्ञा सिरोधार गर्ने हो। आरएसएसका पहिलो प्रमुख हेग्देकरले आत्मकथामा बताए अनुसार गान्धीले जब अंग्रेज विरुद्धको प्रदर्शनी दांडी मार्च/पदयात्रा(दांडी सत्याग्रह) को आयोजना गरे, हेग्देकरले सो अंग्रेज विरोधी पदयात्रामा आरएसएसले सहभागी नजनाउने संदेश हरेक सदस्यलाई पठाएको भनि उल्लेख गरेका छन्। १९४०मा "अंग्रेज इंडिया छोड" सत्याग्रह निकै आक्रामक र बृहद बन्दै गएको थियो। इस्ट इंडिया कम्पनीको गृह विभागको ऐतिहासिक दस्तावेज अनुसार आरएसएसका शिर्ष नेता संग इस्ट इंडिया कम्पनीको गृह सचिवालयमा वैठक भएको थियो जसमा आरएसएसका सदस्यलाई अंग्रेज प्रहरीको सहयोगी(सिभिक गार्ड)को रूपमा परिचालन गर्ने सहमति भएको थियो। यस्तै इंडियन इतिहासको अन्य अंग्रेज विरोधी आन्दोलनमा आरएसएस अंग्रेजको दास नै रहेको खुल्न आएको छ। (पवन कुल्करनी, द वायर अनलाइन )

यँहा बाट प्रष्ट हुन्छ आरएसएस; हिन्दु, हिन्दुत्वको आडमा मुसलमान संग झगडा गर्ने, इंडियामा रडाको मच्चाउने तर इसाईको फैलावट बारे केहि न बोल्ने एवं भविष्यमा अस्थीरता निम्त्याउने प्रायोजनको लागी खोलिएको संस्था हो। आरएसएसले नेपालमा आफ्नो साखा खोलेको छ। करीब एक दर्जन पार्टी पनि खोलेको छ। नेपालीको धार्मिक मनोविज्ञानलाई कुनै दिन हतियार बनाउन पर्छ भनेर यो रणनीति अपनाइएको छ। कत्ति नेपालीमा यो मनोविज्ञान सृजना भएको पनि देख्न सकिन्छ। बरु इंडियाले बचाइदियोस तर हिन्दु धर्म बचोस। आरएसएस जस्तै संस्था नेपालमा खुलोस भन्ने विचार व्यक्त हुन थालेका छन्।  यो इन्डियनहरुको सफलताको द्योतक हो। 

आरएसएस मुसलमानलाई गालि गर्ने तर क्रिस्टियन गतिविधि बारे नबोल्ने गरि चलाइएको छ। इंडियामा हुने हिन्दु मुसलमानको दंगा, झगडाको प्रतिकार, विरोध गर्न यसका कार्यकर्ता खटाइएका छन् तर नेपालमा भै रहेको इसाईकरणको मुद्दामा खासै चाँसो दिएको पाइन्न। त्यस्तै इंडियामा गजबा-ए-हिन्दको लागी पनि पश्चिमाले मुसलमान पालेको छ। इनिहरु हिन्दु र मुसलमान अयोध्या, गुजरात काण्ड गर्ने गर्छन् तर चर्चमा कहिल्यै केहि गर्ने आँट आउन्न। नेपालमा पनि सोहि डिजाइन चल्दै छ। हिंशा, दंगाको लागी लडाकु दस्ताको संगठन पनि निर्माण भएका छन्। बेला बेला सडकमा परेड खेलेर इंडियालाई आफ्नो गतिविधि बारे जानकारी दिने र हड्डी लुछ्ने काम पनि भै रहेका छन्। 

नेपालमा धेरै अघि बाट सहिष्णुताको साथ्, जिहादी(आक्रमणकारी) चिन्तनलाई जितेर, सर्वैकत्त्व भाव अपनाएर नेपाली मुसलमान नेपालको मूल धर्मावलम्बीहरु संग मिलेर रहँदै आएका छन्। तर मिलनसार हुन न दिन एवं इस्लामको गलत प्रायोजन गर्न इंडिया-पाकिस्तान र पाकिस्तान-बंगलादेश छुटिदा हजारौंको संख्यामा “छोटा पाकिस्तान”को लक्ष सहित मुसलमान घुसाइको छ। तिनीहरुको प्रयोग गरेर नेपालमा हिन्दु मुसलमान दंगा गराउने डिजाइन अन्तर्गत इंडियाले हिन्दु संगठनमा पनि लगानी गर्ने, साखा विस्तार गर्ने गरेको छ। अब छिट्टै दुर्घटना निम्ताउने छन् भन्ने कुरा हामीले एमसीसी बारेको लेखमा उजागर गरि सकेका छौं। यसको संकेत स्वरूप कोरोनाको नक्कली महामारीको समयमा अर्थात १० अप्रिल२०२०(चैत्र २८ २०७६) मा इंडियाले नेपालबाट "कोरोना बम" अर्थात कोरोना बोकेर मान्छे पठाउँदै छन् भनेर पत्र पत्रिका देखि इन्डियन टिभी मेडिया मा फुक्न लगाइयो। इंडियामा लक्डाउन चल्दा चल्दै लखनउ, दिल्ली बाट पैदल दर्जनौंको संख्यामा नेपाल सम्म आउँदा तिनको गुप्तचरले देखेन तर नेपालको मस्जिद भित्र भएको तब्लिकी जमातको कार्यक्रममा कोरोना निर्माण गरेर इन्डियनले बोकेर इंडिया लैजान लागेको उसको गुप्तचर संस्थाले देख्छ। यसले त्यो सबै प्रोपोगाण्डा(नियोजित भ्रम निर्माण गर्ने खेला) हो भन्ने कुरा प्रष्ट हुन्छ। त्यस बेला सम्म नेपालमा कोरोना भन्ने नक्कली रोग देखिएको पनि थिएन। टेस्ट गर्दा समेत इंडिया बाट आएका मुसलमानमा त्यो देखियो र उनिहरुकै कारणले नेपालमा कोरोना फैलियो भन्ने आधार पनि त्यस घटनाले दिन्छ। 

त्यस प्रोपोगाण्डाको भित्रि नियत नेपालमा हिन्दु मुसलमान दंगा/युद्ध निम्त्याउने हो। मोदीले गुजरातमा गराएको दंगा जस्तै तराई अस्थिर बनाउने नियत छ। उपेन्द्र, महन्त, राजेन्द्र आदि लाई प्रयोग गरेर तराईमा गाडी जलाउने, मान्छे मार्ने, बन्द हड्ताल गर्ने गरेर एउटा फोरम नामको एनजीओलाई पार्टी बनाएर अहिले देशको तेश्रो ठुलो पार्टीको रूपमा स्थापित गराइएको छ। फोरम जस्तै हिन्दुवादी आवरणमा इन्डियन प्रयोजनको लागी संस्थाहरु छन् अब फेरी झडप, दंगा गरेर फोरम कै शैलीमा धर्मको आडमा पार्टी खुल्ने छन्, जसको लगानी,नीति, शैली इंडिया बाट नियोजित हुनेछ। फाल्गुन १७ २०७७ मा इंडियाको अयोध्या बाट नेपाली मुलका मोहम्मद शलिम नामका व्यक्ति पक्राउ परेको भन्दै इंडियाले फेरी झुटो समाचार पनि प्रकाशन गरेको छ। यसले पनि यो जनगणना पछि केहि प्रपन्च सक्रिय गर्ने गन्ध दिन्छ। 

फाल्गुन ९ २०७७मा आरएसएस प्रमुख मोहन भागवतले इन्डियन इतिहास नयाँ ढङ्गबाट लेख्नुपर्ने कुरा व्यक्त गरेका छन्। अहिलेसम्मको इतिहास पुरातात्विक प्रमाणलाई आधार बनाएर लेखिएका छन् तर इतिहास लेखनलाई पुराण, रामायण र महाभारतमा आधारित बनाउनुपर्ने कुराको उठान भएको छ। गुरु-शिष्य परम्परामा चल्ने यो इन्डियन संस्थाको राजनीतिक पार्टी पनि छ, जसले अहिले इंडियामा सरकार चलाउँदै छ। मोहन भागवतले बोले पछि भाजपाको कार्य नीति त्यहि बन्छ, अर्थात अब मोदीले इतिहास लेखनको काम अगाडी बढाउने छन्। अघिल्लो लेखमा हामीले नयाँ राजनीतिक अवधारणा सभ्यतागत राज्यको बारे चर्चा गरेका थियौं, सोहि अनुसार अखण्ड भारतको खेला अब आरम्भ हुने छ। 


अखण्ड भारत

अखण्ड भारत भनेको, १९४७मा इन्डिया ब्रिटिश साशनबाट स्वतन्त्र भए लगत्तै गान्धी, नेहरु र राहुल सांकृत्यायन मन्सुरीको होटेलमा तीन दिनसम्म गोप्यरुपमा, हिमालयदेखि समुन्द्रसम्म नै अखण्डभारत थियो भनी आसपासका स्वतन्त्र देशहरूको इतिहास मेटाउने, षड्यन्त्र हो। राजा महेन्द्रको राज्याभिषेक पश्चात महेन्द्र इंडिया भ्रमणमा जाँदा, नेहरुले नेपाल र इंडियाको संस्कार एकै छन् त्यसैले एकै देश बनाउन पर्छ भनेर राजा सामु प्रस्ताव राखे। राजा महेन्द्रले पनि हुन्छ त्यसो भए, लाल किल्लामा आजै त्रिकोणात्मक चन्द्र-सुर्य झण्डा फहराईदिउँ भन्दिए। नेहरु केहि बोल्न सकेनन्। वि स  २०१२ मा नेपालले राष्ट्र संघको सदस्यता पाएको थियो। त्यसबेला राष्ट्रगुरु योगी नरहरिनाथले संकलन गरेको प्राचिन दस्तावेजले नै नेपाल एक मौलिक देश रहेको, इंडियाको प्रान्त कहिल्यै नरहेको पुष्टि गर्यो। तर पनि इंडियाले रसिया मार्फत नेपाललाई राष्ट्र संघको सदस्यता रोक्न भिटो लगाउन राझी गराएको थियो। अनि वि स २०१५ मा योगी जी बस्दै आएको मृगस्थली आश्रममा इंडियाका दलाल प्रयोग गरेर नेपाल प्रहरीद्वारा आगो लगाइएको थियो। सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास)का कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीका अनुसार इंडियाले राजा वीरेन्द्र संग पनि अखण्ड भारतको चर्चा गर्दा, नेपाल भारतवर्षमा नभई हिमवत् खण्डमा पर्ने उत्तर बिरेन्द्रले सुनाइदिएका थिए, भन्ने प्रसंग मणि दाहालले फाल्गुन ५ २०७७ मा नेपालखबरमा, “राजा वीरेन्द्रले अस्वीकार गरिसकेको अवधारणामा टेकेर अमित शाहले किन गरे नेपालमा भाजपाको सरकार बनाउने भ्रामक दाबी?”, शिर्षकको लेखमा उजागर गरेका छन्। विरेन्द्रले हिमवत खण्डको विरासत उल्लेख गरे पछि, सिंहदरबारमा आगो लागेको थियो, जसमा योगी नरहरिनाथले संकलन गरेका हजारौं ऐतिहासिक दस्तावेज जलेका थिए। इंडियाले नेपालको इतिहास गुमनाम गर्न धेरै हद सम्म सफल भै सकेको छ।   

नेपाली राजसंस्थाले इंडियाको एकलौटी र अधिनस्त नेपाललाई हुन नदिने भएकाले नै नेपाल बाट राजसंस्था हटाइयो। तर यसको लागी पश्चिमाले लगानी गरेकाले हिन्दु राष्ट्रको पहिचान पनि गुम्यो। जनरल बक्सिले अन्तर्वार्तामा, “नेपाल बाट राजतन्त्र हिन्दु राष्ट्र डिस्ट्रोय(ध्वस्त) गर्न माओवादीलाई पालेको, तालिम देखि हतियार दिएको” भन्ने अभिव्यक्तिले पनि यो कुरा पुष्टि गर्छ। 

यी सबै चलखेल पश्चात अब फेरी अखण्ड भारतको लागी नेपालमा हिन्दुत्वको मुद्दा अगाडी सारिने छ। फाल्गुन २, २०७७मा इंडियाको त्रिपूरा राज्यका मुख्यमन्त्री विप्लव देवले  केहि वर्ष अगाडी गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भारतीय जनता पार्टी (भाजपा) को सरकार गठन गर्ने योजना बताएको स्मरण गर्दै मन्तव्य दिएका थिए। रेशम चौधरीलाई आजीवन जेलको सजाय सुनाए लगत्तै हामीले बताएको विश्लेषण अनुरुप नै अहिले रेशम चौधरी रिहाईको प्रकरण चल्दै छ। थारुहटले एक मधेस एक प्रदेश स्वीकार न गरेकाले रेशम चौधरीलाई थुन्ने निर्णय बन्यो तर भित्र भित्र थारुहटका लहानु चौधरी र अन्य शिर्ष नेतासंग इंडियाको वार्ता चल्दै छ। रेशम चौधरी छुट्नु भनेको इंडियाले थारुहटलाई एक मधेस एक प्रदेशको सहमतिमा ल्याई सकेको अवस्था हो। 

श्रीमती हत्यारा रंजनलाई अनेकन बहाना देखाएर अदालतले माफी दिन्छ, सबै पुष्टि भएर आजीवन कारागारको सजाए सुनाइएको ढुंगेल छुट्छ, विप्लवले अस्तिमात्र शिक्षक हत्या गर्दा उसलाई अबीर दलिन्छ तर रेशम चौधरी छुट्दैन ! किन थाहा छ ? किनकि उनि "एक मधेस एक प्रदेश"को विरोधी हो। 

उनले पहाडीया मुलका नेपाली बाट भएको विभेदको विरोध गर्दा गल्ति गरे, यो सत्य हो। अहिले सम्म हामीले मुल्यांकन गर्दा उनी इंडिया परस्त होइन, नेपाल प्रेमी नै हो। नेपाल राष्ट्र प्रति उनी निष्ठावान छन्। त्यसैले उनी कारागार मै छन्। इंडियाको एक मधेस एक प्रदेशको मागमा सहमति नहुँदासम्म  उनी जेलमा नै रहनेछन् । सबै नेपालीले विगतमा तराईवासी प्रति भएका सबै विभेदहरुलाई आत्मसाथ गर्दै क्षमायाचना माग्नुपर्छ र आइन्दा त्यस्तो व्यवहार नगर्ने एवं भएको देखेमा नसहने (त्यसलाई निरुत्साहित गर्ने, वहिष्कार गर्ने) प्रतिबद्धता दिन सक्नुपर्छ। स्मरण रहोस् नेपालको सिमावर्ती क्षेत्रमा दिनहुँ इन्डियन सेनाको ज्यादती, मिचाहा, हेपाहा व्यवहार सहेर देशको सिमा बचाउनेहरु हुन्, सच्चा तराई वासी। तिलाठीमा भएको घटनामा कोही मधेसवादी नेता रगताम्मे थियो ? दसगजा मिच्दा समेत आपत्ति जनाउन न सक्ने मधेसवादी नेता हरु बेलैमा चिन्नु। इन्डियनलाई नागरिकता सहजै दिन पर्छ भन्दै रडाको मच्चाउने को मधेसी नेता हो ? चिन्नु ! एकाएक अन्य पार्टीका(मधेसवादी बाहेकका) तराईमा रहेका प्रभावशालि नेता जति जेल जाने क्रम बढ्ने छ। या त एक मधेस एक प्रदेशमा उभिन पर्छ या मधेसवादी पार्टीमा प्रवेश गर्न पर्छ या जेल जाने क्रम बढ्ने छ। त्यसलाई इंडियाको मधेस खेला आक्रामक ढंगमा चर्किने संकेत स्वरूप बुझ्न पर्छ। 


अब इंडियाले जसपा, संग अन्य देश भडुवाको एकजुट गराउने छ। एमएनओ, जसपा, वैज्ञानिक समाजवाद, दलित आत्मरक्षा, पुरानो माओवादी र एमालेका केहि मान्छेलाई एउटै हलोमा राखेर जोताउने डिजाइन चल्दै छ। इनलाई धर्म विरोधी कित्तामा उभ्याएर हिन्दु धर्मको नेपाली भावनालाई सम्बोधन गर्ने गरि इन्डियन, आर एस एस शैलीका पार्टीलाई उफारिने छ। धर्म विरोधी पनि उही मालिककै इशारा र धर्मवाला पनि त्यहि ठाउँबाट स्थापित गर्ने डिजाइन बुझ्न नसकेमा, देश विगत ७० वर्ष बाट कम्युनिष्ट, कांग्रेस, “यो वा त्यो ! तर दुइटै उही विदेशीका प्यादा” को भूमरी, गोलचक्कर, भुल भुलैयाँ, गन्जागोल, धराप, पासा, जालोबाट उठ्न सक्ने छैन। 


अलिकति तितो यथार्थ र आक्रोश व्यक्त गर्यौं।। 


राजतन्त्रको लागी इंडियाले समर्थन गरे जस्तो देखिने भ्रम पैदा गरेर, राजा ल्याउने तर तराई खाने योजना छ। राजा आएमा देशमा ३ तिर बाट आगो सल्काउने डिजाइन छ। हामीलाई हिन्दुको राजा चाहिन्न भनेर मुसलमान, र उस्तै परे हामीलाई पहाडीको राजा चाहिन्न भनेर प्रदेश २(मधेसवादी) उफारिने छ। साथमा एमएनओ, खम्पा, तिब्बती शरणार्थी एवं क्रिस्टियनहरु धर्मको नाममा उफारिने छ। नेपालको सबै भन्दा ठुलो पास्चर केबी रोकाय एका एक हिन्दु राष्ट्र घोषणा गराउन पर्छ भनेर किन बोल्न थाले होला ? सहजै अनुमान लगाउन सकिन्छ। नेपाल विघटन गर्ने अन्तिम तयारी चल्दै छ। सेना, प्रहरी र शसस्त्र एक जुट नभएमा देश रहने छैन। देश बचाउने वा देशमा वितण्ड सृजना हुन दिएर शान्ति सेनाको डलर संग देश साट्ने ? बेलैमा निर्णय गर्न सक्न पर्छ। 


नयाँ संविधानमा धर्म निरपेक्षता लेख्दा, अहिले हिन्दुत्त्वको वकालत गर्ने ज्यूँदो लास कता थिए ? देश धर्म निरपेक्षता बनाएर संसद, सभासद बनेर भत्ता पचाउने, विदेशीले फालेको हड्डी चुस्ने नेताहरु अहिले एकाएक हिन्दु राष्ट्रको मुद्दा उठाउन कसले चावी घुमाइदियो ? कांग्रेस, एमाले, राप्रपाको दोगला चरित्र बुझौं। एक पोका रक्सि, २ चोक्टा हड्डी सहितको मासुमा बिक्ने ती सबै ज्यूँदो लासमा अहिले प्राण कसले फुक्दियो ? र त्यो प्राणको भाउ कसले पेल्दिएको छ ? किनकि ६२/६३ आन्दोलनमा सडकमा ती ज्यूँदो मसान नचाउने धामी पनि विदेशी नै थियो। अहिलेको मर्कट्टा कसको ढ्याङ्ग्रोको धुनमा उफ्रिदै छन् ? देशमा हिन्दु र अहिन्दु भनेर ठुलो कित्ताकाट बनि सकेको छ। घृणाको रुख हुर्की सकेको छ, युद्ध रूपी फल दिने तयारी अवस्थामा छ। जातीयताको नाममा युद्ध चलाउन नसकेकाले, नेपालको मूल धर्म संस्कार बाट सबैलाई च्युत गर्दै लगिएको छ। एवं परिवर्तन गरेर, नागरिकता बाँढेर, शरणार्थी थुपारेर नेपाल विरोधी तत्त्वको जमात थुपारिएको छ। सबैलाई एकैचोटी नचाउने डिजाइन बनि सकको छ, बहाना जे पनि बन्न  सक्छ। बहुआयाम बाट खेला चल्दै छ। हामीले एमसीसीको ठगि इतिहासको पर्दाफासमा सबै बताएका थियौं। सेना, प्रहरी, शसस्त्र, अझै पनि उङ्ग्दै, मासुभात र शान्ति सेनाको आशमा छन्। उनीहरुको त्यो इच्छा अब नेपाल भित्रै पुरा हुने अवस्था छ। आफ्नै देशमा शान्ति सेना बनेर डलर घिच्नु।  देशलाई नेताले त लुछ्दै छन्, अब तिमीहरुले कोपार्ने वा बचाउने ? सीआइए, युएन, रअको आदेश बिना आफ्नै मस्तिष्क बाट निर्णय लिनु ।


सन् १९६० तिर बाट बनाइएको नेपाल टुक्राउने प्रपन्च अहिले पानिको कारण २०३० सम्म सम्पन्न गर्ने नियत इंडियाको छ। हिन्दुवादी खोल ओढेर भाजपाको पितृ संगठन आर एस एस को हाँगा खुलेका छन्। मुसलमानलाई प्रदेश २ मा थुपार्ने पनि इंडिया, हिन्दु उफार्ने पनि इंडिया, पहाडी नेता नचाउने पनि इंडिया इन्डियनलाई नागरिकता दिलाएर मधेसी नेता जन्माउने पनि इंडिया। यी सबैलाई उफार्ने जमर्को चल्दै छ। अबको जनगणना पश्चात त्यसको खेला सडक देखि सदन, पत्रिका देखि पुस्तक, र फोन देखि टिभीमा आक्रामक शैलीमा देखिन सुरु गर्ने छ। 


कसरी चिन्ने त आर एस एस शैलीका र अन्य इन्डियन मतियार ?

१ इन्डियनको गल्ति ढाक छोप गर्दै इन्डियन रिझाउने प्रयत्न गर्ने आचरण त छैन ?

२ आफ्नो बौद्धिकता, वर्चस्व र इन्डियन सम्बन्ध बारे इन्डियनले राम्रै प्रचार गर्देको त छैन ?

३ नेपालका भाषा, संस्कार, संस्कृति भन्दा हिन्दि भाषा, इन्डियन रितिको प्रवर्द्धन गर्दै त छैनन् ? 

४ नेपाल जस्तो देशमा राज्य निरिह, कम्जोर अवस्थामा हुँदा समेत संघियताको मलजल गर्ने नियत त छैन ? 

५ हिमवतखण्ड भन्दा धेरै भारतवर्ष र त्यसको संस्कृति भन्दै अखण्ड भारतको खाका अनुरुप लेख, भाषण, मन्तव्य त अभिव्यक्त भएका छैनन् ?

६ कार्यक्रमका शैली, संगठनका तौरतरिकाले कतै अमित शाहले इंगित गरेको, आरएसएसको छायाँ, गन्ध, छाप, प्रभाव त देखिन्न ? 

७ नेपाल र नेपालीको सुख भन्दा इंडियाको सुविधा, आराम(कम्फर्ट) प्राथमिकतामा त छैनन् ?

८ राजनीतिक र सांस्कृतिक भिन्नताको नाममा राज्यको सिमाना गौण राख्दै संस्कृति बचाउने राज्य त इंडियाले चलाए पनि हुन्छ भन्ने विचारको  घुमाउरो शैलीमा पक्ष पोषण भएका त छैनन् ?

९ देशको आन्तरिक समस्या सुल्झाउन छोडेर इंडियाको काखमा गएर सुत्ने, इन्डियनको खुट्टामा लम्पसार पर्ने, रोगको नाटक गर्दै इंडिया भ्रमण गर्ने चरित्र त छैन ?

१० मोदी/भाजपा भक्त आरएसएस परस्त इन्डियन प्राध्यापकलाई अतिथि/ वक्ताको रूपमा निमन्त्रणा गरिएको त छैन ?

११ आरएसएसको सभा हलमा गएर आफ्नो बौद्धिकताको सगुन टक्राएको त छैनन् ?

१२ इन्डियन दुतावासका कर्मचारी संग आफ्नो इन्डियन सम्बन्धको ध्वाँस लगाउने र तराईलाई मधेस भन्न रुचाउने त छैनन् ?

१३ इन्डियनले आयोजना गराएको बौद्धिक/प्रबुद्ध समुह गोष्ठीमा बोल्न जाने, सहभागी हुन रुचाउने त छैनन् ? 

१४ इन्डियन र अन्य बाह्य सम्बन्ध उजागर न होउस् भनेर कतै एकाएक सामाजिक संजालका खाता बन्द गरिएका त छैनन् ?

विचार गरौँ, खोजौं। शब्दजाल केलाएर, घोत्लिएर हेर्ने गरौँ। 

देश बुझौँ, देश बोलौं, देश बचाऔं।। 


र अन्त्यमा……

नेपाललाई नेपालको धर्म सापेक्ष राष्ट्र, नेपालको आफ्नै तन्त्र अनुरुपको देश घोषणा गर्न सबै नेपाली स्वतः स्फ्रुत रूपमा आफैं उठ्न पर्छ र संगठित हुन जरुरी छ। मोटरसाइकलमा तेल, हड्डी सहितको मासु, बियर र ठर्रा अनि हजारको नोटमा बिकेर सडकमा थुप्रने टट्टूहरुले जुन सुकै व्यवस्था ल्याए पनि त्यसमा लगानी हाल्ने, हड्डी फाल्ने विदेशी नै हो र त्यो देशको हितमा हुने छैन। त्यसैले आफु भित्रको स्वाभिमान जगाएर देश बचाउन सबै एकजुट हुन जरुरी छ। आफ्नो गाउँ बाट उठौं, आफ्नो ठाउँ बाट उठौं, कसैले पैसा पाइन्छ जाम र्यालीमा भन्यो भने त्यो र्याली विदेशीको टट्टूको हो भनेर बुझौँ। 


नेपाल आमाको जय। 

जागुन् राष्ट्रिय गाथा।। 


 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास(अनुप)

भाग २: २०३० नेपाल इसाई राष्ट्र वा पश्चिमी सेनाको अखडा ??

जन गणना २०७८ मा निहित षड्यन्त्र भाग १: परिचय र समाधानको बहस आरम्भ ।।


मस्टो, बानियाँ र सुरेन्द्र केसी ! इतिहास र बर्तमानका अन्धाहरु।


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।