मस्टो, बानियाँ र सुरेन्द्र केसी ! इतिहास र बर्तमानका अन्धाहरु।



'महारानी' मदन पुरस्कारको लागि मनोनीत भए लगत्तै चर्चामा आएका चन्द्र प्रकाश, मदन पुरस्कार जितेपछि नेपालको बौद्धिक वर्ग देखि साधारण उपन्यास पाठक सम्म छाएका थिए। तर मदन पुरस्कार जिते भन्दा अझै धेरै चर्चा, उनले मस्टो धर्मलाई अलग धर्मको रूपमा आगामी जनगणनामा राख्ने कुरा उठे बाट पाएका छन्। उनलाई विश्व मस्टो धर्म महासंघको सल्लाहकार राखिएको छ। उनी जस्ता मान्छे प्रयोग गरेर नेपालमा सनातन देखि चलि आएका हरेक पूजा-अनुष्ठान लाई छुट्टै धर्मको रुप दिएर व्याख्या गर्न लगाउने र यँहाको कुनै पनि मौलिकताको बहुलता नरहने अवस्था सृजना गरेर  अन्तिममा अतिक्रमणकारी इसाई/इस्लामी संस्कृतिलाई नै यँहाको पहिचान बनाउने उद्देस्य त होइन भन्ने आशंका पनि उत्तिकै छ। यसरी नै नेपालको सबै जात जातिका कुल संस्कारलाई नयाँ धर्मको रूपमा स्थापित गर्दै गएमा,आउँदो साल कोही उपन्यास लेख्ने मान्छेले देश भाड्ने तरिकाले छड्के टिका लगाउने छुट्टै धर्म हो, सिधा टिका लगाउने अलग धर्म हो, एकाहा गर्ने छुट्टै धर्मको परम्परा हो, सप्ताह गर्ने छुट्टै धर्म हो, गेरु रङको वस्त्र लगाउने छुट्टै धर्म हो, सेतो रंग वाला छुट्टै धर्म हो र कालो लगाउने त झन् छुट्टै धर्म हो भनेर अभिव्यक्ति दिएमा मदन पुरस्कार जित्ने सम्भावना प्रबल रहने त होइन ? देशमा चल्दै गरेको अनुक्रम नियाल्दा अहिलेको जल्दो-बल्दो दावेदार सुरेन्द्र केसी हुन्।अबको केहि वर्ष भित्र सुरेन्द्र केसीले कुनै उपन्यास वा पुस्तक निकालेमा, त्यो पुस्तक मदन पुरस्कारमा मनोनित हुन्छ उस्तै परे जित्नेछ। 

नेपालको धर्म संस्कृतिबारे विदेशीले खोस्टो अनुवादको भरमा लेख्दिएको पुस्तक पढेर त्यसलाई नै सत्य मानेर बोल्ने जमात देख्दा उद्देक लागेर आउँछ। नेपालको मूल धर्महरु फुटाउँदै गएर जनसाङ्खिक्य (डेमोग्राफिक्स)मा गर्न लागिएको चलखेललाई मद्दत मिल्ने गरी दीइएको हजुरहरु(बानियाँ/केसी)को अभिव्यक्ति सबैले बुझिसकेका छन्। 



मस्टो धर्मको बारे हाल कतारबाट मधुसुदन रेग्मी कौशिकका केहि प्रश्नको पनि सम्बोधन गर्ने हो कि ? 

१. तिमिहरु अहिन्दु वा अवैदिक हौ भने सोह्र संस्कार कसरी गर्छौ ? कुन कुन बिधि बाट गर्छौ ?

२. पितृको किरिया को बाट गराउछौ ?

३. पितृको श्राद्ध को संग गराउछौ ?

४. खसको पुरेत को हो ?

५. कुनै पनि संस्कार गर्दा गराउदा पढ्ने मन्त्र के हो ?

६. छोराछोरीको बिबाह कुन पद्धति अनुसार गराउछौ ?

७. तिमिहरुको धर्मग्रन्थ के हो ?

८. खश भाषा संस्कृत भाषाकै भगिनी भाषा हो , संस्कृत वैदिक भाषा हो अब भन तिमिहरु कुन भाषा प्रयोग गर्छौ , तिम्रा भाषाको मुल के हो ?

९. तिमिले पुज्ने कुलदेवता र ब्राह्मणले पुज्ने कुलदेवता एउटै छन् भने तिमी कसरी अहिन्दु अवैदिक ?

१०. नेपालमा आर्य भनेर छुट्याउन सकिने थर कुन हो ? आधार के हो ?

११. क्षेत्री मात्र मस्टो पुजक खश भए शिल्पि समुदाय को हुन् ?


वैदिक धर्मको बारे खुलेका फेसबुक ग्रुपमा हजुरहरुलाई क्रिप्टो क्रिश्चियन भनेर पनि सम्बोधन गरिन थालेछ।  (नबुझेकाहरुको लागि) क्रिप्टो क्रिश्चियन भन्नाले आफू सोझै क्रिश्चियन भएको दाबी नगर्ने तर भित्रभित्र क्रिश्चियनकै सहयोग, समर्थन लिएर क्रिश्चियनको आदेश बमोजिमका गतिविधिहरु गर्ने अथवा बाहिर घोषणा नगर्ने तर भित्रभित्र क्रिश्चियन भइसकेको अवस्था हो। 'लालबुझक्कड' केसी ज्यु क्रिप्टो क्रिश्चियन हुन् वा होइनन्, यो उनले नै जानुन्। तर नेपालको संस्कृति भाँड्नको लागि परिचालित होकी भन्ने गन्ध उनका अन्तर्वार्तामा डुङ्ग-डुङ्गति गनाउँछ । लेखक/विश्लेषक पेसलकुमार निरौला र अर्जुन ज्ञवालीका अनुसार नेपालको सबै भन्दा ठुलो पास्चर केबी रोकाया संग केसीको आन्द्रा जुडेको छ। "व्यथा मेरो कथा देशको" नामक पुस्तकमा केसीले आफ्नो इसाई प्रतिको बफादारीको सगुन टक्राएका छन्।  उपनिषद्, वेद भरि पाइने सर्वे भवन्तु…... भाव उनले केबी रोकायलाई खुशी पार्न बाइबल उद्घृत गरेर लेख्ने प्रयास गरेका छन्। 

तथ्य भन्दा पनि अनुमान र सम्भावनाको आधारमा तयार पारिएको मानिसहरूको उत्पत्ति बसाईसराई सम्बन्धीका पुस्तकहरू पढेको आधारमा नेपाल भूमिमा सबै मान्छेहरु बाहिरबाट आएको भन्ने किसिमले बोल्दैछन् हाम्रा लाल्बुजक्कड़ (बानियाँ/केसी/शाक्य )हरू। अलिकति तपाईंहरुकै सर्वेसर्वा सत्य ग्रन्थ बाइबल सिकाउने चेष्टा गर्यौं। । 

क्रिश्चियनको विस्वास अनुसार नोहाको डुङ्गाको कथा अर्थात अगिल्लो प्रलय अनुसार आज भन्दा ५००० बर्ष पहिले धर्तीमा अधर्मी, पापी, अविश्वासीहरु मात्र भएकाले धर्ति सफा गर्न प्रभुले १८ दिन सम्म मुसलधारे पानि पारेका थिए। जस कारणले धर्ती पुरै डुबेको थियो। नोहा मात्र धार्मिक मानिस रहेकाले उनलाई प्रभुले धर्तिको सबै प्राणीको जोडी एउटा ठुलो डुंगा बनाएर राख्न पुर्व आदेश दिएका थिए।  त्यसै अनुसार अहिलेको सभ्यता सबै ५००० बर्षमा सिमित गर्न चलखेल हुँदै छ। र त्यस्तो चलखेल पुरा गर्न डा. पदवी प्राप्त गरेका र अन्य दिग्गज कहलाइएका मनुवा प्रयोग गरिन्छ। 

लाल बुजक्कड़का श्रोत अनुसार मानवहरु हालको मध्य पूर्वी क्षेत्र (मेसोपोटामिया) बाट चहर्दै/चाहर्दै हालको रुसको युराल पर्वत शृंखला हुँदै अफगानिस्तानको हिमाली क्षेत्र आइपुगे।  त्यँहा बाट केहि समूह गङ्गा मैदान तिर लागे त केहि हिमाल हुँदै कश्मिर हुँदै कुमाउ गडवाल हुँदै हालको कर्णाली क्षेत्र आए। यी सबै घटना ४००० बर्ष अगाडी तिर भएका मानिन्छन्। अझ इरानी भगवान मज्दा नै अपभ्रंश हुँदै मस्टा/मस्टो बन्यो भन्ने मस्तिष्कमा ढक्कन लागे सरहको तर्क पनि केसी र बानियाले दिएको पाइयो।  कठै बरा !! आफ्नो धर्म संस्कृति र इतिहासको धरातलबाट तपाईहरु बिमुख भइसकेको प्रस्ट छ। हजुरहरु जस्तो महाज्ञानी महापुरुषलाई केहि बताउने चेष्टा गर्दैछौं। नेपालको मुस्ताङ्गमा अवस्थित गुफा वस्ती १४ हजार बर्ष पुरानो मानव निर्मित भनेर तथ्य आइरहेको छ। यसको बारे पनि आफ्नो ज्ञान र सुचनाको परिधि फराकिलो पारि खोज्ने जाँगर गर्दिनु होला। 

डी एन ए टेस्टको खोक्रो ध्वाँस पनि आएका छन् बजारमा।  मुसा, चिम्पान्जी, बोनोबो बारे पनि बुझौं।  जेनेटिक एविडेन्स बारे हल्ला गर्ने हो भने २००१मा क्रायग भेन्टरको सोध अनुसार जुनसुकै नश्ल, जात वा भूगोलको मान्छे हौस ९९.९% दुरुस्त जिन हुन्छ भन्ने निस्कर्षमा पुगे। यसले लालबुझक्कड ज्युको इविडेन्स पनि गर्ल्याम गुर्लुम्म भयो। तर यहि नै सर्व सत्य भने होइन, आगामी दिनमा अरु अनुसन्धान आउलान्, र अन्त्यमा मानव जाति हालको नेपाल भूमिको पहाड र हिमाली क्षेत्र बाट विश्व ब्यापी फैलिए भन्लान वा सबै किसिमका मान्छे सबै ठाउँमा पहिले नै थिए भन्ला वा अनुमान र कल्पना भन्दा धेरै टाढाको कुरा आउला।  यसको प्रतीक्षामा नै छौं र हामीलाई खासै धेरै आउँदैन। तर मनपरी बोलेर आफुलाई ठुलो भन्ने मान्छेलाई सहि तरिकाले खोज अध्ययन गरि बोल्न आग्रह गर्दछौं। 

अनुमान कै भरमा दिमाग प्रयोग गर्ने हो भने पहिलो मानव अफ्रिकामा हुन पर्छ भन्ने अनुमान छ। जस अनुसार केन्यापिथेकस १ करोड ४० लाख बर्ष पुरानो मानिछ। तर नेपालको तिनाउँ नदि किनारमा फेला परेको रामापिथेकसको अवशेष १ करोड ७० लाख बर्ष पुरानो मानिएको छ। पिथेकसलाई सबै एप (वानरहरु)को पुर्खा मानिएको छ। र एपलाई मानव पुर्खा मानिन्छ। यस आधारमा नेपाल भुमिबाटै मानवरुपी उद्विकास (इभोलुसन) सुरु भएको मान्न सकिन्छ। यसलाई आधार मान्ने हो भने मान्छेहरु नेपालबाट विश्वभरी छरिएको हुन पर्छ। नेपालका कथित बुद्धिजीवी, इतिहासकार सबै, विदेशी जिवनशास्त्री (एन्थ्रोपोलोजिस्ट)हरुले खोस्टो अनुवादको भरमा लेखेको कुरालाई नै नेपालको यथार्थ इतिहास मान्ने, आफुले खोज नगर्ने, सेता रंगवाला नै सर्वे सर्वा ठान्ने हिनताले ग्रसीत मानसिकता (इन्फ़ेरिओरिटि कम्प्लेक्स) मा रहेका छन्। अझ लालबुझक्कड ज्युले त मैले सबै पढेको छु।  इविड़ेंस(सबूत) सहित जरा देखि टुप्पा सम्म मै ज्ञाता,  मै जान्नी भनेको पाइयो।  कठै बरा, डुनिङ्ग  क्रुगर इफेक्ट बारे पनि पढ्दिनु हुन अनुरोध छ। 

नेपालमा नेपाललाई नै सापेक्ष राखेर अनुसन्धान गर्ने कोही पनि भएनन्।  यँहाको पुरातात्विक विभाग त केवल नामको लागि र बजेट पच गर्ने कामको लागि अस्तित्वमा छ। नेपालको बिभिन्न ठाउँमा पुरातात्विक महत्त्वका संरचना, पुस्तक, गुफा, मुर्ति, भवन आदिका भाग्नावेष छन्। स्थानियहरुलाई त ज्ञान भएन संरक्षण गर्दैनन्। अज्ञानमा भएका गल्ति छुट छ। तर पुरातात्विक बिभाग, अध्येता, अनुसन्धाता र आफुलाई बुद्धिजीवी भन्न रुचाउने लाल्बुजक्कड़हरु आफ्नो ज्ञानको आफै उपहास गर्दै छन्।

नेपालको धर्म संस्कृति इतिहास बारेमा अध्ययन गर्दा नेपालको भाषा नै नजानेकाले खोस्टो अनुवादको भरमा तयार पारेका शोधपत्रलाई नै सर्वेसर्वा ठानेर आफैंले अन्वेषण, अध्ययन र पुनर्लेखन गर्न अल्छि गरेर, तलव भत्ता पचाउन पल्केका कतिपय डाक्टरहरुलाई यो चुनौती दिन चाहन्छौं। सक्छौ भने नेपाल सापेक्ष भएर शोध अनुसन्धान गर्नु। अहिलेसम्म नेपालको इतिहास नेपालकै नजरबाट लेख्ने करिब २४ वटा भन्दा बढी भाषाका विज्ञ व्यक्तिले तयार पारेको/ संकलन गरेको दस्तावेजहरुलाई आधार बनाएर पुनः अध्ययन, पुनर्लेखन कोसिस गर्नु। त्यो व्यक्तिको बारेमा बताउन थालेमा शब्द कम पर्छ। राष्ट्रगुरु योगी नरहरि नाथ ,  शब्द अपार, नेपालको बारेमा जान्न इच्छा जागेमा यो व्यक्ति सम्म नपुगे नेपाल जान्ने अभिलासा अपूर्ण रहन्छ । उँहाको प्रत्येक लेखमा नेपालीपन गुञ्जिञ्छ।  ५७२ भन्दा धेरै पुस्तक र अनेकन दस्तावेज, लेख, रचना छन् जसको नेपाल र नेपालीलाई चाँसो छैन। 

यदि ती दस्तावेज जतन भएन र त्यसको आधारमा सोध अध्ययन भएन भने नेपालमा खोस्टो अनुवादलाई नै सर्वे सर्वा ठानेर भ्रम पेल्ने र आफ्नो गौरवपूर्ण इतिहासलाई थुक्ने बनाउन लाल बुजक्कड़ तथा कथित बुद्धिजीवीहरु परिचालित हुनेछन् । 

एकपटक सबैलाई नेपाल सापेक्ष इतिहास बुझ्न, खोज्न र योगीजी को पुस्तक, लेख, रचना बचाउन प्रयत्न गरौँ भन्ने आग्रह गर्न चाहन्छौं। 

नेपाल आमाको जय। जागुन् राष्ट्रिय गाथा।। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)

नोट: जनगणनामा फारम भर्दा गल्ति हुन सक्छ भन्ने बहानामा सिसाकलम(पेन्सिल)ले भर्ने र पछि मेटाएर चलखेल गर्ने योजना चल्दै छ। सतर्क रहौं।

२०३० नेपाल इसाई राष्ट्र वा पश्चिमी सेनाको अखडा ??

जन गणना २०७८ मा निहित षड्यन्त्र भाग १: परिचय र समाधानको बहस आरम्भ ।।



Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

कोरोना: फैलाउने योजना धेरै अघि तय भएको थियो। प्रमाण सहित।

२०३० नेपाल हिन्दु राष्ट्र वा इन्डियन प्रान्त ??