Posts

Showing posts with the label geopolitics nepal

नेपालमा युद्धको बिउ रोप्ने र स्रोत लुट्ने अर्को कदम । वैश्विक भूराजनीति र नेपाल।

Image
वैश्विक भूराजनीतिबारे बुझ्नको लागि केहि आधारभूत विषय बुझ्न अत्यावश्यक हुञ्छ। र ती मध्ये पहिलो हुञ्छ, वास्तवमा भूराजनीति के हो ? यसको हाल सम्म मानिएको परिभाषा अनुसार विशेषगरी राष्ट्रको परराष्ट्र नीतिमा भूगोल, अर्थत्नत्रको माध्यमले राजनीतिमा पारिने र पर्ने प्रभाव वा असर भन्ने छ।   तर, यथार्थमा भूराजनीति शब्द कमजोर, गरिब र पिछडिएका देशहरूको शब्दकोशमा प्रयोग हुँदैन । शक्तिशाली राष्ट्रहरुले भूगोलमा कसरी आफ्नो आधिपत्य जमाउने ? कसरी आफ्नो वर्चस्व कायम राख्ने? यस बारेमा चाल्ने कदमहरु नै भूराजनीति  हुन् । संक्षिप्तमा भन्नु पर्दा ठूला शक्तिशाली राष्ट्रहरुले आफ्नो प्रभाव हाबी राख्नको लागि छुट्टाईएको भूगोलको अखडालाई भूराजनीति भनेर बुझ्दा हुन्छ । पहिलो विश्वयुद्धपछि यो शब्दको प्रयोग बढ्न थालेको हो । मुख्यतयः एउटा शक्तिशाली देशले अर्को शक्तिशाली देशलाई धरासयी पार्नको लागि र आफ्नो शक्तिको प्रभाव, आफ्नो प्रतिद्वन्द्वी देशको वरिपरि कायम गर्नको लागि खेलिने चालको शब्दजाल नै भूराजनीति हो । यसमा जमिन लगायत सामुन्द्रीक क्षेत्रहरुलाई कसरी आफ्नो पकडमा लिने भन्ने दाउ पेचहरु चलिन्छ । एउटा देशले छेक्ने ...

वैश्विक राजनीति र नेपाल। भूराजनीतिक विश्लेषण।

Image
जी ७(जी-सेभेन)को तीन दिने सम्मेलन सकिए लगत्तै वैश्विक राजनीतिमा तरंग पैदा भएको छ। वि स २०७८ जेष्ठ २८,२९ र ३० गते बेलायतमा भएको सो सम्मेलनमा मुख्य विषय: कोरोना भ्याक्सिनको धन्दा, अमेरिकाको युरोपसंग बिग्रिएको आर्थिक कारोबारको सहजीकरण, डिजिटल मुद्रा, हवाई उडान थियो। पश्चिमाको कुनै पनि वैठक, सम्मेलन चिन बारे किचलो, बखडा सृजना नगरी नहुने प्रवृत्तिको सिलसिलाले पनि निरन्तरता पायो। जी-सेभेनले ताइवान लफडा सुल्झाउने कुरा उठान गरे पश्चात चिनले यस पालि आक्रामक शैलीमा जवाफ फर्कायो। लण्डनमा अवस्थित चिनियाँ दुतावासका प्रवक्ताले, "केहि मुट्ठी भरका देशका प्रतिनिधिले दुनियाँको निर्णय लिने र त्यो लागु हुने जमाना सकिईसकेको" अभिव्यक्ति दिए।  सोहि दिन ग्लोबल टाइम्स ले, जी-सेभेनका देशहरु मुर्छा भएको र अन्तिम वैठक बसेको इंकित गर्दै एउटा कार्टुन प्रकाशन गर्यो। सो कार्टुनमा सबै देशलाई तिनको पहिचान बोक्ने जनावरले दर्शाएको थियो। अमेरिकाको चिलले सभा सम्बोधन गरेको देखिन्थ्यो भने जापानले आणविक विकरण युक्त हरियो झोलले प्याला भरेर सेवा गरेको देखाइएको छ। इण्डियालाई गेरु रंगको पगरी सहित भुइँमा बसेको सलाइन पान...