वैश्विक राजनीति र नेपाल। भूराजनीतिक विश्लेषण।


जी ७(जी-सेभेन)को तीन दिने सम्मेलन सकिए लगत्तै वैश्विक राजनीतिमा तरंग पैदा भएको छ। वि स २०७८ जेष्ठ २८,२९ र ३० गते बेलायतमा भएको सो सम्मेलनमा मुख्य विषय: कोरोना भ्याक्सिनको धन्दा, अमेरिकाको युरोपसंग बिग्रिएको आर्थिक कारोबारको सहजीकरण, डिजिटल मुद्रा, हवाई उडान थियो। पश्चिमाको कुनै पनि वैठक, सम्मेलन चिन बारे किचलो, बखडा सृजना नगरी नहुने प्रवृत्तिको सिलसिलाले पनि निरन्तरता पायो। जी-सेभेनले ताइवान लफडा सुल्झाउने कुरा उठान गरे पश्चात चिनले यस पालि आक्रामक शैलीमा जवाफ फर्कायो। लण्डनमा अवस्थित चिनियाँ दुतावासका प्रवक्ताले, "केहि मुट्ठी भरका देशका प्रतिनिधिले दुनियाँको निर्णय लिने र त्यो लागु हुने जमाना सकिईसकेको" अभिव्यक्ति दिए। 

सोहि दिन ग्लोबल टाइम्सले, जी-सेभेनका देशहरु मुर्छा भएको र अन्तिम वैठक बसेको इंकित गर्दै एउटा कार्टुन प्रकाशन गर्यो। सो कार्टुनमा सबै देशलाई तिनको पहिचान बोक्ने जनावरले दर्शाएको थियो। अमेरिकाको चिलले सभा सम्बोधन गरेको देखिन्थ्यो भने जापानले आणविक विकरण युक्त हरियो झोलले प्याला भरेर सेवा गरेको देखाइएको छ। इण्डियालाई गेरु रंगको पगरी सहित भुइँमा बसेको सलाइन पानि चढाइएको रोगि हात्तीले चित्रण गरिएको छ। संगै मध्य भित्ताको माथि क्रिस्टियन सम्प्रदायको क्रस र भुइँमा इण्डिया बिरामी भएको, कमण्डलु र गेरु वस्त्र सहित देखाइएकोले पनि इन्डियन आरएसएसले चलाको अहिलेको सरकार इसाईकै अधिनमा छ भन्ने बुझाउँछ। 

बैसाख १८ २०७८ देखि अफगानिस्तान बाट करीब ११५०० अमेरिकी र नेटो सेना हटेर इन्डो प्यासिफिक समुद्री क्षेत्रमा आएका छन्। अषार ९, २०७८मा रुसी इन्टेलिजेन्सले बताए अनुसार इन्डो प्यासिफिक क्षेत्र र रसिया वरिपरि अमेरिकाको प्रभावमा चल्ने सेनाको संख्या करीब ४ लाख पुगेको छ। हाल सम्म अमेरिकाले गरेको, चलेको, रचेको वितण्डाको मुल्यांकन गर्ने हो भने, अमेरिका एकदम चतुर, चलाख र धोकाले युद्ध आरम्भ गरेर आफु भन्दा धेरै परको देशसंग युद्ध गर्छ र त्यसको लागि सो देशको छिमेकी देशमा आफ्नो सेना उतार्छ। त्यसपछि ती देशहरुमा अस्थिरता उत्पन्न गराएर आफ्नो सेनाले नै सो देश चलाउने माहोल मिलाउँछ। पश्चिमा सेनाले चीनलाई लगभग हरेक दिशाबाट घेरेर बसेका छन्,  केवल नेपालमा मात्र तिनको सेना ल्याउन न भ्याएको अवस्था छ र एमसीसी यसैको कडी हो।

इन्डो-अमेरिकी संयुक्त चाल

नेपालमा गहिरिदै गएको राजनीतिक अस्थिरता, संबैधानिक संकट र अराजकता बिच नयाँ राजनीतिक निकास खोज्न अमेरिका र भारतले छलफल सुरु गरेका छन् । राजदुत -यान्डी बेरी र नेपालका लागि भारतिय राजदुत विनय मोहन क्वात्रा बिच भएका छलफलहरु पछि गत सोमबार, असार ७ २०७८मा भारतीय राजदुत क्वात्रा दुतावासको एक टोली सहित अमेरिका प्रस्थान गरेका थिए । उनी संगै अमेरिकी दुतावासमा अधिकारीहरु पनि अमेरिका गएको बुझिएको छ । राजदुत क्वात्रा असार २२ गते मात्र काठ्माडौं फर्कने बुझिएको छ । निजी सचिव, पोलिटिकल सेक्शनका प्रथम सचिव र भीसा हेर्ने (‘र’ सम्बद्ध) तेस्रो वरियताका कन्सुलर अफिसरसहित राजदूत क्वात्राको चार सदस्यीय टोली अमेरिका उड्नु अघिल्लो रात क्षेत्रपाटीस्थित एक चार तारे होटलमा रात्रिकालीन जमघट चलेको थियो राजदूतको टोली अमेरिका प्रस्थान गर्नुअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का केही मान्छे काठमाडौं ओर्लिएको र म्यारियट होटलमा बसेको तर उनीहरुले को–कोसँग भेटे, के–के कुरा गरे भन्ने विवरण आइनसकेको चर्चा छ । 

त्यस्तै १४ जना चिनियाँ टोलि फास्ट ट्रयाक परियोजना अन्तर्गत तराईमा सडक निर्माणको लागि तीन ओटा टनेल (लगभग ६ किमि)को काम गर्ने भनेर अषार ९ मा नेपाल आएका छन्। यस बिचमा उनीहरु सेना संग पक्कै भेट्ने छन् किनकि फास्ट ट्रयाक नेपाली सेनाले नै गर्दै आएको काम हो। 

अब नेपाल तिर प्रस्थान गरौँ। 

नेपालमा अहिलेको व्यवस्था, संविधान, सरकार सबै अफाप सिद्ध भएको र नेपाली नागरिकले सबै भन्दा तुच्छ शब्द सहित आफ्ना अभिव्यक्ति दिन वाध्य भएको सामाजिक संजाल भरि देख्न सकिन्छ। देशलाई माया गर्ने धेरै नेपालीबाट सेना अगाडी आउन पर्छ भनी, विचार व्यक्त पनि भैरहेको छ। 

हरेक पटक देश खाडलमा फस्ने, देशमा उथल पुथल गर्ने मुद्दाहरु हाम्रा नेताहरुले बक्न, फलाक्न, बतुराउन र खोक्न अगाडी विदेशी जहाज नेपाल आउने चलन रहेको कुरा सबैमा जानकारी छ।  अषार ५ २०७८मा अमेरिका बाट सहयोगको पर्दा ओढेर जहाज आयो र त्यसको तीन दिनमा सर्वोच्च अदालतले ओलीको नवगठित मन्त्रीमंडल खारेज गर्दियो। यो नेपाली जनतालाई अलमल पारिएको अवस्था हो। डाइभर्ट एण्ड प्ले। नयाँ नयाँ काण्ड निकाल्ने भीड बराल्ने र आफ्नो अनुकुल माहोल मिले पछि कदम चाल्ने अमेरिकी दाउ हो। जनता सेना माग्दै छ। तर भदौ २७ देखि अहिलेका सेनापति अवकाश लिने छन् र नयाँ सेनापतिको रूपमा इन्डो प्यासिफिक तालिम लिएका प्रभुराम शर्मा आउने छन्। अमेरिकाको योजना, जनताले सेना अगाडी आउने विन्ती माग्ने माहोल बनाउने र पूर्ण चन्द्र थापाले अवकाश पाउने वित्तिकै प्रभुराम शर्माद्वारा नेपाल इन्डो प्यासिफिक नीति अनुसार चलाउनेमा केन्द्रित छ। त्यसैले भीड बराल्न जातजातिको मुद्दा उछाल्ने प्रपन्च अनुरुप रुपा सुनारको कार्ड फालिएको छ। यसले जनतालाई एकछिन व्यस्त गराउने र  प्रभुराम शर्मा आउने समय सम्म संकटकालको लागि उचित माहोल मिलाउने छ। 

पर्दा भित्रका गतिविधि

नेपालका लागि इन्डियन राजदूत क्वात्रा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी भेट्नु, अमेरिकी दूतावासका ३ जना कर्मचारीसहित क्वात्रा, नेपालको राजनीति भविष्य बारे छलफल गर्ने उद्देश्य सहित अमेरिका भ्रमणमा जानु, त्यसको केहि दिनपछि चीनबाट फास्टट्रयाक को ६ किलोमिटर सुरुङ् बनाउन १४ जना चिनियाँ टोली नेपाल आउनु, नेपालको उत्तरी हिमाली सिमा तिर नेपालले कुनैपनि निर्माणजन्य परियोजना नगर्नु भनेर चीनले बोल्नु,  निर्वासित तिब्बती सरकारका नयाँ राष्ट्रपति पेम्बा छिरिङले यसपालीको दलाइ  लामा  तिब्बतमा आफूहरुले रोज्ने कुरा अगाडी बढाउनु, हालका दलाइ लामा तिब्बत भ्रमण जान इच्छा राख्नु, तिब्बत स्वतन्त्र राष्ट्र हो भनेर अभिब्यक्ति दिनु ! ईन्डियाले एकाएक ५० हजार सेना चीन(तिब्बत) तिरको सीमामा थप्नु ! 

नेपालमा संवैधानिक-राजनीतिक संकटले चरम अवस्था लिनु !

अबको दुई महिनामा सेनाको नेतृत्व हस्तान्तरण गरिने र आउने सेनापति इन्डो-प्यासिफिक थल रणनीतिको तालिम लिइरहेका मान्छे रोज्नु ! नेपालका लागि अमेरिकी सहयोग विगतमा युएसएआईडि र एम्बेसीले गरिएको भनिनु तर हिजो डुंगा हस्तान्तरण गर्दा इन्डोप्यासिफिक कमाण्डले गरेको भन्नु ! के होला ? 

Distract divert and play 

मान्छेहरूलाई दिग्भ्रमित पार्न ज्वाला संग्रौला, रुपा सुनार, नेवा: समुदाय, खुवालुङ्, कालिगण्डकी डाइभर्सन जस्ता काण्डहरु उचालिनु भनेको माथि उल्लेख गरिएको मूल मुद्दा सम्म नेपालीको नजर नपुगोस भन्नको लागी दिग्भ्रमित पारिएको हो ! 

यस बारे कुनै अभियन्ता, संगठन, संस्था नबोल्नु बरु राजा आउछन भन्दै अर्को विषयान्तर गराउन नयाँ नयाँ पात्र बोल्नु भनेको मानसिक ढक्कन हुन् ! 

यो कुरा बुझ्नु ! सबैलाई बुझाउन सहयोग गर्नु ! 

जिज्ञाशा 

नेपालको सैन्य कानूनले यस बारे के भन्छ ?

संकटकाल लागेको अवस्थामा, सेनाप्रमुख फेरिन्छ वा नेतृत्व हस्तान्तरण स्थगित हुन्छ ? 

पूर्ण चन्द्र थापाको अवकाश पछि आउने प्रभुराम शर्मा अमेरिकी रोजाई हो ! 

इन्डोप्यासिफिक थल सैन्य तालिम लिएर तयार राखिएको छ ! त्यस अघि संकटकाल भए, हस्तान्तरण रोकिएला वा अमेरिकी सेनाको ताण्डव सुरु होला ? यसको समाधान  सुरुको प्रश्नले निर्धारण गर्छ ! 

कृपया हजुरले चिने जानेका संविधानविद् , कानूनविद् सम्म पुराउन सहयोग गर्दिनु होला !

असंलग्नताको नीति भएको देशको बलाध्यक्ष रथिले किन इन्डोप्यासिफिक  सैन्यगुटको तालिम लिन परेको? यसले अलिक डरलाग्दो अवस्था इङ्गित गरेर हामीले यस्तो धारणा राखेको हो ! 

देशको लागि राम्रो गर्दिए त सबै ठिक हुन्थ्यो ! हाम्रो अनुमान गलत भैदियोस् , प्रभुराम शर्माले इन्डोप्यासिफिक संयुक्त तालिमको नाममा अमेरिकी बेस ल्याउन चलखेल नगरुन् !  यहि छ कामना !


नेपाल आमाको जय 

जागुन् राष्ट्रिय गाथा।  

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)





Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।