"नेपालीलाई नेपाल चिनाउने चेष्टा" भाग ३: निर्माण, वास्तुकला, शिल्पकला । । भिडिओ सहित। ।

नेपालको वैभव विरासतको गाथा बताउने योजनाले तयार पारिएको , "नेपालीलाई नेपाल चिनाउने चेष्टा" को तेस्रो भागमा नेपालले इञ्जिनियरिङ्ग, डिजाइन र कस्नट्रक्सन(निर्माण, वास्तुकला, शिल्पकला) को क्षेत्र मा के कस्ता योगदान संसारलाई दिएको छ ? हाम्रो भूमिमा प्रतिपादन गरिएको वास्तुकलाको आधारमा कति देशहरुले गर्वान्वित मान्ने धरोहरहरुको निर्माण भएका छन् ? विश्व गुरु नेपाल भूमिको कला, शिल्प र निर्माणका योगदान, ज्ञान एवं पहिचान बारे आजको लेख छ। "नेपालीलाई नेपाल चिनाउने चेष्टा" भाग ३ निर्माण वास्तुकला शिल्पकला इञ्जिनियरिङ्ग, आर्किटेक्चर र क्र्याफ़्ट्म्यान्शिप हालको यूरोप अमेरिकातिर मान्छेहरु सभ्य नहुँदै हाम्रो देशमा विभिन्न भौतिक पूर्वाधारहरूको निर्माण एवं निर्माणसम्बन्धी विस्तृत तथा सुक्ष्म अध्ययन र प्रयोग भइसकेका थिए। प्रसंग सुरु गरौँ, वेद वास्तु शास्त्रबाट। नेपालीलाई नेपाल चिनाउने चेष्टाको पहिलो भागमा बोटे आमाका छोरा जन्मले सीमान्तीकृत दलित कृष्ण द्वैपायन वेदव्यास दमौली जिल्लाका व्यक्तिको बारेमा उल्लेख गरेका थियौं। उनले लेखेको/संकलन गरेको बहुसंख्यक पुस्तकहरु मध्ये करिब आठ वटा...