Posts

Showing posts with the label सर्वैकत्त्व

माओवादी प्रायोजनको नालीबेली भाग २: मनोवैज्ञानिक चलखेल

Image
मनोवैज्ञानिक चलखेल(साइकोलोजिकल अपरेसन) डर हावी राख्ने खेला कालान्तर देखि यो देश कहिल्यै पनि कसैको गुलाम रहेन। सधै सार्वभौम, स्वतन्त्र, अडिक, अचल, वीरता र साहसको गुञ्जन बोकी आएको यो देशका नागरिकहरूमा आत्मसम्मान, गौरव, निष्ठा, इमान र देशभक्ति निकै उच्च थियो। झुक्दै नझुक्ने नेपालको छोरो, मागेको धोतिले मेरो लाज छोपिन्न, खोसेको रोटीले मेरो पेट भरिन्न, खोले सिस्नु खाएर बाँच्छु तर आफ्नो स्वाभिमान बेच्दिन भन्ने नैतिकता, निष्ठा र आत्मसम्मान लिएर हिँड्ने नेपाली जनमानसलाई यी कुराबाट च्युत नगरेसम्म विदेशीहरूको चलखेल अगाडि नबढ्ने देखेर नै माओवादीलाई नेपालीहरूको त्यो भावना, मनोविज्ञान तुहाउन/हटाउन साइकोलोजिकल अपरेसन( मनोवैज्ञानिक चलखेल ) को रूपमा पनि अगाडि सारिएको हो। नेपालीहरूमा रहेको निष्ठा, स्वाभिमान, देशप्रेम, सर्वैकत्त्व, सहिष्णुता, अनेकतामा एकता यी गुणहरु यहाँका मूल धर्म-संस्कार संस्कृतिको माध्यमले नेपालीहरूको प्राणमा, साँसमा, रगतमा भरेको थियो। त्यसको विस्तृत व्याख्या पहिलो भागमा बताइसकेका छौं। आज धर्म संस्कार खलल गर्दै मनोविज्ञान विक्षिप्त पार्ने डिजाइन(कुचेष्टा)को उजागर गर्दैछौं। कांग्रेसको...

तपाईं भित्रको नेपाली जीवित छ भने एक पटक पढ्नु होला।।

Image
ढुंगामा इश्वर देख्न सक्ने आँखा भएकाको संस्कृति हो नेपाली संस्कृति। "जँहा ढुंगा ढुंगामा देवताको बास छ त्यो देश मेरो हो" भन्दै, गाउँदै, रमाउँदै पाखा पहरामा स्वर्गको आभास लिने जाति हो नेपाली। नेपालको हरेक धर्म संस्कार,संस्कृति, रिति रिवाज, चाल चलन परम्परामा यो लागु हुन्छ। बिचमा कम्युनिष्ट आन्दोलनको नाममा माओवादी प्रयोग गरेर नेपालको सबै धर्म संस्कार दुषित पार्ने, मेटाउने, हटाउने, नेपालीलाई नेपालीपनबाट छुटाउने काम भयो। येति मात्र होइन, नेपालीको एकता, सहिष्णुता टुटाउने काम पनि भयो। कहिले जातिय राज्य, त कहिले पहिचान आदिको नारा उछालियो तर पहिचान भनेको केहि विदेशीको एजेन्डामा काम गर्ने नयाँ झुण्डको कुर्सी प्राप्ति हो रहेछ। माओवादी प्रयोजनको नालीबेली नामको शृंखलामा अन्य बताउने छौं। आजको लेखको मूल विषय तर्फ प्रस्थान गरौँ।  ढुंगा कहीं देवताको स्वरूप सहितको ढुंगा पुजिन्छ त कहीं प्राकृतिक अवस्थामा रहेको ढुंगा। कहीं कल्पनामा बसेको आकार कुँदिएको ढुंगा त, कहीं कुनै पनि मानविय कल्पनाले आकार दिन नसक्ने विश्वास एवं आस्था बोकेको ढुंगा। कहीं बेनी, कहीं शिला, कहीं शालिग्राम त कहीं खुवालुङ्ग। भाषा...

निकै तितो यथार्थ खोल्दै छौं।

आज निकै तितो यथार्थ खोल्दै छौं। बिगत केहि बर्ष यता बाट नेपाली समाज, सामाजिक संजाल, धार्मिक गतिविधि, राजनीतिक गतिविधि, अभियान, अभियान्ता एवं समग्र नेपालीको मानसिकताको अवलोकन, अध्ययन, अभिव्यक्त हुने विचारको गहन चिन्तन, विश्लेषण गरेर यी कुरा उजागर गर्दै छौं। नेपाल देशलाई माया गर्नेलाई कहीं कतै तितो लाग्न सक्छ, कसैलाई डर लाग्ला, कसैलाई पीर त कसैलाई निराशा भने नेपाल राष्ट्र भन्दा आफ्नो व्यक्तिगत स्वार्थ ठुलो मान्नेलाई,  खुसि, हर्ष र रीस पनि जाग्न सक्छ।  नेपालीलाई नेपाल चिनाउने चेष्टा गर्दै छौं। नेपालमा सर्वैकत्त्वको भाव बुझ्ने, बुझाउने प्रयास गर्दै छौं। विभाजनमा नै रमाउने कित्ताकाट गरेर आफु ठुलो बन्न रुचाउनेलाई सत्मार्ग प्राप्त होउस् भनेर प्रार्थना गर्दछौं।  विश्व भरिका मानिसलाई टुटाउने, फुटाउने, लडाउने, जुधाउने र एकता कम्जोर बनाएर आफुले राज गर्ने नियत पालेका साम्राज्यवादीले ओच्छ्याएको जालो, पासा, फन्दा, धरापमा नेपाली फँस्दै गएका छन्। उपनिवेशवादीहरुले तयार पारिदिएका पाठ्यक्रम र शिक्षा नीति, दुषित गरिदिएका धार्मिक शास्त्र र ग्रन्थहरु, डिजिटल प्रविधि र विभिन्न आधुनिक यंत्रबाट गर...

विश्व शान्तिको लागी नयाँ दर्शन।। युग सापेक्ष दर्शन। no more clash of civilization

Image
“सृष्टि-अस्तित्वको सार्थकतामा पृथ्वी जगतका चर/अचर सबैको समान भूमिका रहेको हुन्छ’’, भन्ने कुरालाई मध्यनजर गर्दै, सनातनदेखि चलिआएका (नामाकरण भैसकेका वा नभएका) सबै धर्म, जीवनपद्धति, रितिरिवाज, परम्परा, पूजा/अनुष्ठान, संस्कृति, सभ्यता आदिका सम्पूर्ण अवयवलाई हालको मानसिक चिन्तन एवं समाज संचालनका निमित्त अपरिहार्य व्यवहार/विचार (practicality) लाई मध्यनजर गर्दै यो दर्शन /सिद्धान्त/ नीति/ मूल्यमान्यतालाई प्रकटीकरण गर्नु नै यस शोध,अनुसन्धान, अध्ययन, चिन्तनको मूल आशय हो। मानिसको मनको शान्ति, आत्मसन्तुष्टिको बृहत एवं सुक्ष्म सम्बोधन र सुनिश्चितता नै समाज तथा राज्य संचालनको प्रमुख मार्गदर्शक रहनेछ । सो क्रममा मानिसबाहेक अन्य सबै मानव समाजमा रहने जीव प्राणी श्रोतको संरक्षण लगायत भावनात्मक सुख/दुःख आदि बारे चिन्तन प्रणालीको परस्पर अवधारणा रहनेछ । वन/प्रकृति अथवा मानव समाज भन्दा पर रहने श्रोत, संसाधन, प्राणी, खनिज, सजीव / निर्जीव को पनि समान अस्तित्व छ र सबैको उत्तिनै महत्व छ भन्ने मूल अभिप्राय रहने छ। ‘सृष्टिको उत्पत्ति नै त्यहि एउटै मूल उर्जाको प्रकटीकरण हो’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अस्तित्वम...