Posts

Showing posts with the label mental illness

राजनीति देखी अभियान सम्म मानसिक रोगीको बिगबिगी।।

Image
  धृतराष्ट्र सिण्ड्रम जसले अरु भन्दा आफ्नो निकम्मा सन्तानलाई नै दक्ष देख्छ त्यस्तोलाई धृतराष्ट्र सिण्ड्रम भन्न मिल्छ। महाभारतमा दुर्योधन जत्तिको मुर्ख, रिसाहा, डाइलो पुरुष अर्को छैन। त्यस्तालाई शासन सत्ता सुम्पिनको लागि धृतराष्ट्रले अन्य सबैको सल्लाह, सुझाव, बेवास्ता गरेको पाइन्छ। यो हेर्दा एकै परिवारको सदस्य, पिताको सन्तान मोह मात्र देखिएला तर यो प्रवृत्ति रगतको नाता भन्दा टाढा सम्म फैलिन्छ। आफुले खोजेको रोजेको पात्र चाहे केहि नजानेको होउस्, दक्ष होउस् या न होउस् उसलाई जिम्मेवारी दिलाउने, पदमा राख्ने समग्रमा भन्नु पर्दा नालायक व्यक्तिलाई पदमा राख्ने नातावाद \कृपावाद यस किसिमको मनोरोगमा पर्छ। नेपालका प्राय सबै नेता, अभियन्तामा यो मनोरोगको समस्या छ। केपी ओलीका साला नेपाल विधुत प्राधिकरणका प्रमुखमा रोजिनु, शेर बहादुर देउवाको सासु राजदूत नियुक्त हुनु र काम नलाग्ने पंगुहरु महत्त्व पूर्ण पदमा नियुक्त हुनु, सचिव, आयुक्त, समानुपातिक आदिमा दिमागमा गिदीको साटो लिदी भरिएका चयन हुनुको पछाडी, चयन गर्ने मान्छे धृतराष्ट्र सिण्ड्रम भन्ने मनोरोगी भएकाले हो। छोरी जिताउन मतपत्र च्यात्न लगाउने प्रचण्...